तनहुँको भानुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पाखरामा गरिएको परीक्षणमा भानु नगरपालिका–२ का ३० वर्षीय र ४ का ६१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये एक जना भानुका वडाध्यक्ष हुन भने अर्का निर्माण व्यवसायी भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
संक्रमित दुबैजनालाई जीपी कोइराला स्वाश्वासप्रवास उपाचार केन्द्रमा लैजाने तयारी भइरहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराई जानकारी दिए। शुक्रबार मात्र भानुका २० जना समुदायका व्यक्तिमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको थियो। गत सोमबार भानु १ का स्थानीय एक निर्माण व्यवसायीमा संक्रमण पुष्टि भएपछि उनका सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरी एक २२ जनाको स्वाब परीक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो।
खानेपानी योजना बनाउन हेटौडाबाट ठेकेदारले एक जना मजदुर ल्याएको र उक्त मजदुरबाट नै समुदायस्तरमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। भानुको भन्सारका स्थानीय, भानु नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी लगायत गरी एक सय २२ जनाको स्वाब संकलन गरेको थियो। समुदायस्तरमा कोरोना देखिएपछि भानु नगरपालिका सिल गरिएको छ। समुदायस्तरमा थप संक्रमण फैलिन नदिनका लागि भानुको सीमा बन्दीपुर गाउ“पालिका वडा १,४र५ का राजमार्ग क्षेत्रमा सिल गरेको छ।
त्यस्तै व्यास नगरपालिका १ की एक ६९ महिलामा कोभिड १९ संक्रमण पोजेटिभ देखिएपछि उक्त वडा शुक्रबारबाट सेवा बन्द गरिएको वडा सचिव सावित्री आर्चायले जानकारी दिइन्। जिल्लामा हालसम्म संक्रमितको संख्या २ सय १२ जना पुगेको छ। संक्रिमतमध्ये एक सय ८० जना संक्रमण मुक्त भएका छन् भने ३२ जना आइसोलेसनमा छन्।