बढ्दो सडक दुर्घटना : कारक छाडा चौपाया
३० साउन २०७७
•
३ मिनेट पाठ
बढ्दो सडक दुर्घटना : कारक छाडा चौपाया
अत्तरिया बजार क्षेत्रमा छाडा चौपायाका घाँटीमा रिफ्लेटिभ स्टीकर बाँध्दै प्रहरी र स्थानीय । तस्बिरः नागरिक
घटना–१  




गत असार १३ गत धनगढी उप–महानगरपालिका–१३, का ३० वर्षीय महेश भट्टले चलाइरहेको मोटरसाइकल एक्कासि गाईमा ठोक्किन पुग्यो । सडकमा छाडा छोडिएको गाई मोटरसाइकलसँग ठोक्किएपछि दुर्घटना भयो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा चार दिनपछि मृत्यु भयो ।  

घटना–२

साउन १७ गते घोडाघोडी नगरपालिका–१० का प्रमेश चौधरीले चलाइरहेको मोटरसाइकल छाडा चौपायामा ठोक्किन पुग्यो । छाडा चौपायासँग ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भए । घाइते मध्ये प्रमेशको उपचारका क्रममा निधन भयो ।  

...

यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समयमा सडक दुर्घटनाको प्रमुख कारक छाडा चौपाया बन्न थालेका छन् ।  रातिको समयमा हुलमा छाडा चौपाया सडकमै बास बस्ने भएकाले पनि दुर्घटना बढ्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए । उनले भने,‘पछिल्लो समयमा दुर्घटनाको प्रमुख कारक छाडा चौपाया नै हो ।’ 

छाडा चौपाया ट्राफिक जामको प्रमुख चुनौतीका रुपमा पनि देखिएको उनले बताए । ‘बजारमै छाडा चौपाया निर्धक्क हिँडिरहँदा ट्राफिक प्रहरीलाई सवारी साधन व्यवस्थित गर्ने कि चौपाया धपाउने भन्ने समस्या पर्ने गरेको छ,’ उनले भने,‘मुख्य सडक तथा बजार क्षेत्रमा छाडा चौपायामुक्त गर्नका लागि स्थानीय तहले सहयोग गर्नु जरुरी छ ।’ उनले  स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गरिदिए दुर्घटना कम हुने र ट्राफिक जामको समस्या हट्ने बताए । 

पछिल्ला दिनहरूमा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सबैभन्दा बढी छाडा चौपाया हुने भएकाले दुर्घटना पनि बढ्दै गएको उनले बताए । चालू आर्थिक वर्षको पहिलो महिनामै मात्रै अहिलेसम्म छाडा चौपायाका कारण पाँच वटा दुर्घटना भइसकेका छन् । ५ वटा दुर्घटनामा ८ जना घाइते हुनुका साथै एक जनाको मृत्यु भइसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा छाडा चौपायाका कारण १० वटा दुर्घटना भएको बताउँदै उनले भने,‘अघिल्लो वर्षमा १० वटा दुर्घटना भएका थिए,तर चालू आर्थिक वर्षको पहिलो महिनामै मात्र ५ वटा दुर्घटना भइसकेका छन् ।’ छाडा चौपायाको विगविगीका कारण पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएको उनले बताए ।  

छाडा चौपायाले रातिको समयमा बढी दुर्घटना गराउने गरेको पनि उनले बताए । ‘सडकमै छाडा चौपाया बस्दा दुर्घटना बढ्ने गरेको छ,’ उनले भने,‘रातिको समयमा गाई गोरु सडकमा बस्दा सवारी चालकले नदेख्ने र ठोक्किएर दुर्घटना हुने गर्छ ।’ छाडा चौपायाका कारण सबैभन्दा बढी अत्तरिया, लालपुर, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनिया तथा लम्कीमा दुर्घटना हुने गरेका छन् । त्यो पनि रातिको समयमा पूर्वपश्चिम राजमार्गमा हुल बाँधेरै छाडा चौपाया बस्दा दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरी बताउँछन् ।  

छाडा चौपायासँग सवारी साधन ठोक्किएर दुर्घटना बढ्न थालेपछि यसको व्यवस्थापनका लागि स्थानीय तहसँगको सहकार्यमा व्यवस्थापन गर्नुपर्ने बताउँदै एसपी श्रेष्ठले भने,‘हामीले यहाँका स्थानीय तहलाई छाडा चौपाया नियन्त्रणका लागि सहयोग गर्न भनेका छौँ, कोरोनाका कारण केही ढिला भयो ।’

गाईको घाँटीमा रिफ्लेटिभ स्टीकर  

अत्तरिया क्षेत्रमा छाडा चौपाया बढ्दै जान थालेको र दुर्घटना पनि बढ्न थालेको भन्दै स्थानीयले छाडा गाईको घाँटीमा रिफ्लेटिभ स्टीकर लगाउन थालेका छन् ।

रातिको समयमा सडकमै बस्ने छाडा चौपायाका कारण दुर्घटना बढ्न थालेको भन्दै चौपायाको घाँटीमा टाढैबाट चम्कन रिफ्लेटिभ स्टीकर लगाइएको मालाखेती इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । उनले भने,‘रातिको समयमा सडकमा रहेका छाडा पशुचौपायबाट हुने दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले गाई गोरुको घाँटीमा रिफ्लेटिभ स्टीकर लगाउने अभियान थालेका हौँ ।’ 

अत्तरिया क्षेत्रमा पशु चौपायाका कारण सडक दुर्घटना बढ्न थालेको भन्दै स्थानीय शिवम् अटो ह्वील्सका प्रोप्राइटर कमल ओझाले रिफ्लेटिभ स्टीकर प्रहरीलाई सहयोग गरेका हुन् । ओझाको सहयोगमा स्थानीय युवा र प्रहरी मिलेर छाडा चौपायाको घाँटीमा स्टीकर बाँध्न थालेका हुन् । हरेक दिन बेलुकी पाँच बजेबाट बजार क्षेत्रमा आउने चौपायाको घाँटीमा रिफ्लेटिभ स्टीकर बाँध्ने गरिएको ओझाले बताए । रातिको समयमा सडकमा बसेका छाडा चौपायालाई सवारी चालकले टाढैबाट देखून् भन्ने  उद्देश्यले घाँटीमा स्टीकर बाँधिएको बताउँदै उनले भने,‘दुर्घटना न्यूनीकरण गर्न हामीले यो अभियानको सुरुवात गरेका हौं ।’
अर्को समाचार
लागुऔषध नियन्त्रण गर्न सवारी चालकको पिसाब जाँच्दै प्रहरी
२४ असार २०८०
•
१ मिनेट पाठ
लागुऔषध नियन्त्रण गर्न सवारी चालकको पिसाब जाँच्दै प्रहरी
लागुऔषध प्रयोग गरे/नगरेको थाहा पाउन पिसाब जाँच गर्ने कीट।
सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन प्रहरीले अभियान थालेको छ। लागुऔषध प्रयोग परीक्षण गर्न प्रहरीले मेची राजमार्गका इलाम र फिक्कलमा सवारी चालकको पिसाब जाँच्न थालेको हो।




मेची राजमार्ग भएर झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ आउ–जाउ गर्ने सार्वजनिक सवारीका चालक र सहचालकले लागुऔषध प्रयोग र कारोबार गर्ने गरेको ‘सूचना’ प्रहरीलाई छ। कोशी प्रदेश सरकारले प्रदेशभर सवारी चालकको मादक पदार्थ र लागुऔषध प्रयोग गरे/नगरेको जाँच्ने कार्यक्रम ल्याएका बेला इलाममा चाहिँ मेची राजमार्गमै यो जाँच केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चालकले लागुऔषध प्रयोग गरे÷नगरेको परीक्षण गर्न एक प्रकारको ‘¥यापिड टेस्ट कीट’ प्रयोग गर्न लागिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए। ‘शंका लाग्नेबित्तिकै चालकको पिसाब यो कीटमा हालेर जाँच गरिन्छ,’ उनले भने, ‘यसरी जाँच गर्दा उसले लागुऔषध प्रयोग गरे/नगरेको तुरुन्तै थाहा हुन्छ।’ तर, सुरुमा इलामका लागि २० कीटमात्रै आएकाले २ ठाउँमा मात्र जाँच गरिनेछ।  

यसअघिसम्म मादक पदार्थ प्रयोग गरे/नगरेको जाँच गर्न ‘ब्रेथलाइजर’ प्रयोग गरिन्थ्यो। तर, प्रहरीका अनुसार चालकले लागुपदार्थ प्रयोग गरेको प्रमाणित गर्ने आधार थिएन। ‘चालकले लागुपदार्थ प्रयोग गरेको लक्षण देखिएपनि प्रमाणित गर्ने उपाय थिएन,’ उनले भने, ‘अब शंका लागेका चालकबाट नमुना लिएर परीक्षण गरी तत्कालै थाहा पाउन सकिने भएको हो।’

प्रहरीले ‘ट्राफिक सप्ताह’ चलिरहेका बेला मादक पदार्थ र लागुऔषध जाँच पनि सुरुआत गरेको हो। कीटको उपलब्धताअनुसार यो जाँचको संख्या बढाउने प्रहरीले जनाएको छ। ‘सार्वजनिक सवारीका चालकले लागुऔषध प्रयोग गर्नेगरेको सूचना बेला–बेला आउनेगरेको छ,’ एसपी घिमिरेले भने, ‘लागुऔषध प्रयोग गरी सवारीका साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको छ।’  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस