म्याग्दीको सदरमुकाम बेनीबजारबाट एकाएक छाडा पशुचौपाया हराउन थालेका छन्। बजारको मुख्य चोक र भित्री गल्लीहरुमा समेत पशुचौपाया बाक्लै देखिने छाडा पशुचौपाया बजार क्षेत्रबाट विस्तारै हराउन थालेपछि रातको समयमा पशुचौपाय चोरीमा गिरोह नै सक्रिय रहेको अनुमान गरिएको छ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लामो लकडाउन यता छाडा चौपायाको संख्या घट्न थालेपछि मासुजन्य प्रयोजनका लागि चोरी हुन थालेको हुनसक्ने बजारबासीको भनाई छ। ‘छाडा पुशचौपाया फाटफुट देखिन्छ,‘पुराना छैनन्, नयाँ केही देखिन्छन्’ बेनीकी सिर्जना भट्टचनले भनिन्।
उनले समूहमा हिड्ने पशुचौपाया केहीदिन यता फाटफुट देखिने गरेको बताउँदै चोरी निकासी गरी लैजाने गरेको हुनसक्ने बताईन्। बजार क्षेत्रबाट साना बाच्छाबाच्छी भएका गाई समेत देखिन छोडेका छन्। लकडाउनको अवधिमा रोग र भोकले एउटा गोरू र तीनवटा गाई सडकमै मरेका थिए। मुख्यगरी विरेन्द्रचोक, न्यूरोड, संगमचोक, क्याम्पसचोक, कालिपुल लगायत बजार आसपासका क्षेत्रका बजार, सामुदायीक वनमा करिब तीन दर्जनको हाराहारीमा देखिने गाईको संख्या निकै कम देखिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।
उनले बेनीबजारबाटै गाईको मासुसँगै बेनी नगरपालिका–६ अर्थुङेका ४८ वर्षीय बिरबहादुर किसान, बेनपा–८ खैरेनीका ६३ वर्षीय चन्द्रे दर्जी, मालिका गाउँपालिका–५ घरभई कालिपुल बस्ने ३५ वर्षीय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ वर्षीय राजु विकलाई पक्राउ गरेको बताए।
पक्राउ गरिएकालाई पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) मा मुद्धा दर्ता गरिएको छ। पक्राउ परेका बाहेक पनि गाईगोरु खोजीखोजी काट्ने गिरोह सक्रिय रहेको हुनसक्ने भन्दै प्रहरीले कडाई गरेको छ। दूध दिने दिनसम्म पाल्ने त्यसपछि ग्रामिण क्षेत्रबाट बजारमा ल्याएर छोड्ने गरिएको थियो। डेढ दशक यता बजारमा छाडा चौपाया ब्यवस्थापनमा निकै चुनौती भइरहेको थियो। बेनी नगरपालिकाले समेत छाडा पशुचौपाया ब्यवस्थापनको योजना बनाइएको भएपनि अहिले कुनै योजना कार्यान्वयनको अवस्थामा नभएको बताएको छ।
त्यस्तै भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले बजार क्षेत्रमा रहेका पशुचौपाया केही रोगी अवस्थामा भेटिएपछि लकडाउनकै अवधिमा औषधि उपचार गरिएको जनाएको छ। म्याग्दीमा पछिल्लो समय गौंवध हत्यामा संलग्नको संख्या बढ्दै जान थालेको अवस्थामा पशुचौपाया पाल्न नसक्नेले दुईतिन सय रुपैयाँमै बिक्री गर्ने गरेका छन्।