एकपछि अर्कोमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुर सदरमुकाम त्रियुगालगायत ३ नगरपालिकामा निशेधाज्ञा जारी गरिएको छ । पछिल्लो दुई सातामा ५० भन्दा बढी संक्रमित पाइएपछि थप संक्रमण फैलिन नदिन त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा निशेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तथा संकट व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले जिल्लामा पछिल्लो समय लगातार संक्रमितहरु फेला पर्दै गएको तथा २७ गते एकैदिन ६ जना राष्ट्रसेवक कर्मचारीसहित १५ जना संक्रमित पाइनुले कोभिड प्रभावित ३ नगरपालिकाका सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बुधबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लागू हुने प्रशासनले जनाएको छ । निशेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक कसैलाई घरबाहिर ननिस्कन आग्रह गर्दै निस्कनै परे मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र सेनिटाइजर प्रयोगजस्ता सुरक्षाकवज अपनाउन भनिएको छ ।
वैशाख पहिलो सातादेखि एक महिनासम्म ३२ संक्रमित भेटिएको उदयपुर देशकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो । असार तेस्रो सातासम्म नयाँ संक्रमित नदेखिएपछि भाइरस नियन्त्रोन्मुख पाइएको निश्कर्ष निकालिएको थियो । तर, सरकारले विदेशमा बस्ने नेपालीको उद्वार गरी स्वदेश भित्र्याउन थालेपछि भारतबाट आएकाहरुमा धमाधम संक्रमण देखिदै गएको थियो । यसै क्रममा पहिल्लो समय आधा दर्जन बढी कर्मचारीमा पनि संक्रमण देखिएपछि कोरोना समुदायस्तरमा फैलिइसकेको निश्कर्षसहित निशेधाज्ञा जारी गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए ।
सुबेदीका अनुसार त्रियुगामा मालपोतका ७ कर्मचारी र उनीहरुको परिवारमा संक्रमण पाइएको, चौदण्डीगढीका एक कर्मचारीको श्रीमतीमा र बेलकाको रामपुर बजारका सर्वसाधारण व्यापारीको परिवारमा ३ जनासम्म संक्रमित पाइनुले कोरोना समुदायस्तरमा फैलिइसकेको निचोड निस्कन्छ । यसरी जताततै फैलिइसकेको संक्रमणलाई थप फैलिन नदिन निशेधाज्ञा जारी गर्नुपरेको उनले बताए । प्रशासनले त्रियुगाका १६ वडा, चौदण्डीगढीका १० र बेलकाका ९ गरी ३५ वडामा निशेधाज्ञा जारी गरेको छ ।
उदयपुरमा हालसम्म १ हजार ५ सय ५२ महिला र ४ हजार ४ सय ६३ पुरुषको स्वाब परीक्षण भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३० महिलासाहित १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमिमध्ये ८५ जना निको भएर डिस्चार्ज भईसकेका छन् भने नयाँ १५ बाहेक १ महिलासहित ४ जनाको उपचार भईरहेको छ । मंगलबार भेटिएका १५ संक्रमितलाई चौदण्डीगढी नगरपालिका ६ बेलटार सातधारेस्थित नवस्थापित ‘उदयपुर कोभिड अस्पताल’ कोभिड अस्पताल पठाइएको छ ।
जिल्लामा सबैभन्दा बढी त्रियुगा नगरपालिकाका १६ महिलासहित ५९ जना संक्रमित भेटिएका छन् । त्यस्तै बेलकामा ९ महिलासहित ३१ जना संक्रमित पाइदा कटारी नगरपालिकामा ३ महिलासहित ७ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति (फोकल पर्सन) लौकाजी राईले बताए । उनका अनुसार चौदण्डीगढी नगरपालिकामा १ महिला १ पुरुष, उदयपुरगढी गाउँपालिकामा २ पुरुष तथा ताप्ली गाउँपालिकामा १ महिला र २ पुरुषमा संक्रमण भेटिएको छ । रौतामाई र लिमचुङुङ २ गाउँपालिकामा अहिलेसम्म संक्रमित नभेटिएको स्रोतव्यक्ति राईले बताएका छन् ।