‘कोरोनाको बुटी छ भन्थे, कोरोनाले ज्यान लियो’
२५ साउन २०७७
•
४ मिनेट पाठ
‘कोरोनाको बुटी छ भन्थे, कोरोनाले ज्यान लियो’
कोरोना भाइरस महामारीले गरिएको लकडाउन जारी रहँदा पनि धर्म प्रवद्र्धक पोखरा महानगरपालिका–१९ का एकजना ६२ वर्षीय पुरुष समाजमा निस्फिक्रि हिडडुल गर्दथे । आफूलाई कोरोना पुष्टि हुने दिन (साउन १७) अघिसम्म पनि उनले घरमै सच्चाई कार्यक्रम चलाउँदै आएका थिए । साप्ताहिक रुपमा प्रत्येक शनिबार १५–२० जनासम्म अनुयायीलाई घरैमा भेला पार्थे र प्रवचन दिन्थे । यहि क्रममा उनी स्याङ्जा समेत पुगेर आए ।




कोरोनाको लक्षण मिल्ने गरि एकाएक बिरामी परेपछि उनी सुरुमा आफै उपचारका लागि अस्पताल गएका थिए । अस्पतालमा उनको कोरोनाको आशंकामा स्वाव टेस्ट गरियो । स्वाब टेस्टमा पोजेटिभ रिजल्ट आयो । रिपोर्ट पोजिटिभ आएपनि उनले भने झुक्किएर अर्कैको रिपोर्ट लिएर घर फर्के, जसमा नेगेटिभ रिपोर्ट थियो । अर्कैको रिपोर्ट लिएर घर गएपछि अस्पतालमा उनको सोधिखोजी भयो । सम्बन्धित वडाध्यक्ष शोभामोहन पौडेल मार्फत उनको खोजी भयो । वडाध्यक्ष अलमलमा परे । अन्ततः उनी फेला परे ।  

यतिञ्जेलसम्म ती सच्चाई गुरुलाई संक्रमणले च्याप्दै लगेको थियो । संक्रमणले च्याप्दै गएपछि उनी सुरुमा लामाचौरका मेडिकल हुँदै ओम हस्पिटलमा आएर भर्ना भए । वडाध्यक्ष सहितको टोलीले उनलाई ओम हस्पिटलबाट बल्ल साउन १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको कोभिड–१९ हस्पिटल पठाउन सफल भएको थियो । साउन १७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भई आईसीयुमा उपचार गराईरहेका थिए । त्यही उपचारको क्रममा शनिबार राति उनको मृत्यु भयो ।  

मृतक ती पुरुष ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’का प्रमुख थिए । उनी आफूलाई शक्तिशाली ठान्थे । त्यहि भएर पनि उनले कोरोना महामारीका बिच पनि सच्चाई कार्यक्रम निरन्तर चलाएका थिए । उनी आफ्ना भक्तहरुलाई आफूले कोरोनाको समेत उपचार गर्ने बताउने गरेको स्थानीयको भनाई छ । उनलाई उद्धृत गर्दै एक स्थानीयले भने, ‘मसँग कोरोना भगाउने तागत छ, एउटा वुटी छ त्यसले काम गर्छ भनेर भन्नुहुन्थ्यो ।’ पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले पनि त्यसलाई पुष्टी गर्दै भने, ‘हामीले पनि मृतकले आफूसँग कोरोना भगाउने तागत छ भनेर भन्नुभएको हल्ला सुनेका हौं । तर, उनकै मुखबाट मैले सुनेको भने होइन, अरुबाटै थाहा पाएको हुँ ।’  

तर स्वयं सच्चाईमा संलग्न भएकाहरु भने गुरुले भने झै कोरोनाको बुटी रहेको कुरा हल्ला मात्र भएको बताउँछन् । ‘हामीले त गुरुले कहिल्यै त्यस्तो भनेको सुनेनौं, ती पुरुषले चलाएको सच्चाई कार्यक्रममा सहभागी एक अनुयायीले भनिन्, ‘अहिले मरेपछि नचाहिने हल्ला त गर्नु भएन नि ।’

कोरोना संक्रमणका कारण अरुतिर ठुलो आकारको जमघट हुने सच्चाई बन्द भएपनि मृतकले भने कम संख्यामा घरमै भेला गराएर सच्चाई संचालन गरेका थिए । उनको सच्चाईमा आसपासका गाउँ पुरुन्चौर र हेम्जाबाट समेत अनुयायी आउने गरेका थिए । त्यसबाहेक सच्चाईकै क्रममा अन्यत्र गाउँमा पनि जाने गरेका थिए ।  

‘मृतकले साह्रै नै हेलचेक्रयाँइ गरेको देखिएको छ । उनकै कारण केही आफन्त पनि संक्रमित भएका छन,’ एकजना स्थानीयले भने, ‘अरुलाई पनि संक्रमणको जोखिम बढाएका छन् ।’ ती स्थानीयका अनुसार मृतकले सच्चाईमा भेला भएका अनुयायीमाझ आफुसँग कोरोना भगाउने बुटी रहेको बताउने गरेका थिए । ‘मसँग कोरोना भगाउने बुटी छ भनेर अनुयायी समक्ष बताउने गरेको सुनेका छौ,’ उनले भने ।

स्याङजा गएको र घरमै अनुयायी बोलाएर धर्म प्रर्वद्धकको काम गर्दा उनी संक्रमित भएको आशंका गाउँलेको छ । स्याङजामा पनि अनुयायी भेट्नै गएको हुनसक्ने उनीहरुको अनुमान छ । अन्यत्रको तुलनामा स्याङजामा संक्रमण बढी छ । ‘सच्चाई मात्र चलाएनन की उनले त साथीभाई जुटाएर रमाईलो समेत गरेको थाहा पाएका छौ,’ उनले भने, ‘सबैतिर घुलमिल गरेकोले संक्रमणको जोखिम छ ।’

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार शनिबार मृत्यु भएका व्यक्ति सामाजिक क्षेत्रमा निकै नै सक्रिय थिए । धर्म प्रचारक देखि सामाजिक काममा समेत सक्रिय भएकोले संक्रमण अझै फैलिएको हुनसक्ने आशंका गरिएको छ । मृतकको सम्पर्कमा आएका मध्ये पहिलो चरणमा ६ जनामा कोरोना पुष्टि भईसकेको छ । ती मध्ये तीनजना मृतकका आफन्छ हुन् । त्यही आधारमा कन्ट्याक्ट ट्रेसिङ गर्दा थप २८ जनाको नमुना संकलन गरेर परीक्षण गर्न थालिएको शर्माले बताए । त्यसबाहेक थप कन्ट्याक्ट ट्रेसिङ गर्दा ६० जनाको लिस्ट तयार भएको शर्माले बताए ।  

‘सहरी क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ निकै नै चुनौतीपूर्ण भएको छ,’ शर्माले भने, ‘समाजमा बढी घुलमिल गर्ने व्यक्ति भएकोले पनि सहज छैन ।’ शर्माका अनुसार सहरी क्षेत्र भएकोले सम्पर्कमा रहेका अझै केही व्यक्ति छुटेको आशंका गरिएको छ । मृतकसँग सम्पर्कमा रहेका कतिपय व्यक्तिले सबै विवरण बताउन नचाहँदा पनि समस्या भएको उनले बताए । ‘सहरी क्षेत्रको कन्ट्याक्ट ट्रेसिङको आकार बढी हुन्छ । संक्रमित व्यक्तिको ‘मोविलिटि’ कहाँ कहाँ भयो भन्ने नै खुट्याउन सकिन्न,’ उनले भने ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस