छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा तीन छठ्ठी पर्व मनाइयो
२५ साउन २०७७
•
२ मिनेट पाठ
छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा तीन छठ्ठी पर्व मनाइयो
आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरुले सोमबार कपिलवस्तुमा धुमधामका साथ तीन छठ्ठी पर्व मनाएका छन् । आफ्ना सन्ता र श्रीमानको लामो आयुको कामना गर्दै उनीहरुले हर्षोउल्लासका साथ सो पर्व मनाएका हुन् । कारोना भाइरसका कारण जिल्लामा यस वर्ष अधिकांशले घरमै कुश ल्याई परिवारसंगै मनाएका छन् भने कैयौले घर नजिकै रहेका कुशमा पूजाअर्चना गरेका छन् । भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड ब्रतालुहरुले उम्रेको कुशको पूजा गर्ने गर्छन् । पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनले दात माझ्ने चलन छ ।  




सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पूजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् । छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका–१ राजपुरकी उर्मिला पासीले बताइन् । उनले ३ छठ्ठी माताको ब्रत बस्ने परिवार कै फलीफाप हुने बिश्वास ब्यक्त गरिन् ।  

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जङ्गली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन् । ब्रतका बेला कुशसंगै देवीहरुको मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागि चिनी नहालेको दहि, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ । ब्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई चढाउने गरिन्छ । कुशको पूजा गरी त्यसमा ६ वटा गाठो बाध्ने गरीन्छ कुशको सामूहिक पूजा सकिएपछि महिलाहरुले समूह बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन् । तीन छठ्ठी पर्व मान्ने महिलाहरुको संख्या बढदै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताइन् ।  

बैद्यिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआएपछि उनले आफ्नो नातीको बली दिए पश्चात् पोखरीमा पानी निस्किएको  थियो । त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जीवित भएको प्रसङ्ग जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ ।
अर्को समाचार
छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व
०९ भदौ २०८१
•
२ मिनेट पाठ
छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व
आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले आइतबार तराई मधेस सहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी ( हल ) पर्व मनाएका छन्।




आफ्ना सन्तान र श्रीमानको लामो आयुको  कामना गर्दै उनीहरुले हर्षोल्लासका साथ सो  पर्व मनाएका हुन।

पूजाका लागि चाहिने महुवाको पात र कुश लिनका लागि तिलौराकोट नजिकै रहेको जलमा भीड लागेको थियो। विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिलाहरु तौलिहवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए। त्यहाँ भक्तजनहरूको भीड लागेको थियो। कतिपय भने आफनै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले व्रत र पूजा पाठ गर्ने गर्दछन्।

उम्रेको कुशको पूजा गर्न भक्तजन महिलाको भीड लागेको थियो। पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनलेले दाँत माझ्ने चलन छ। सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत,पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी  पर्व मनाउने गर्दछन्। छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको सभावति पाण्डेयले बताईन।  आफ्नी  देउरानीसँग पूजा गर्न प्रहरी कार्यालयका परिसरमा पुगेकी उनले ३ छठ्ठी माताको व्रत बस्ने परिवार कै फलिफाप हुने विश्वास व्यक्त गरिन।

उपवास सके पछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको चामल) जङ्गली धानको चामलको भात र साग खाएर महिलाहरूले व्रत गर्ने गर्दछन्। व्रतका बेला कुश सँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ। पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ।

व्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ। कुशको पूजा गरी त्यसमा ६ वटा गाँठो बाँध्ने गरिन्छ कुशको सामूहिक पूजा सकिए पछि महिलाहरूले समूह बनाएर तीन छठ्ठी  पर्वको कथा समेत सुनाउने गर्दछन्। एक दशक तीन छठ्ठी पर्व मान्ने महिलाहरूको संख्या बढ्दै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताईन।

भदौ षष्ठिका दिन बलरामको जन्म दिन परेकोले उनैका पूजाआजा गरी सन्तान र श्रीमानको दीर्घायुको कामनाका लागि यो पर्व मनाउने चलन रही आएको भक्तजनहरु बताउँछन्। यो पर्वका बिषयमा विभिन्न ६ वटा कथाहरू रहेको भक्तजनहरु बताउँछन्।  बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए। तर पोखरीमा पानी नआए पछि उनले आफ्नो नातिको बली दिए पश्चात् पोखरीमा पानी निस्किएको थियो। त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाति जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस