१० सडक मानवको उद्वार
१८ साउन २०७७
•
२ मिनेट पाठ
१० सडक मानवको उद्वार
सडक मानवलाई उद्वार गर्दै मन्त्री घिमिरेलगायत टोली । तस्बिरः महेश्वर
वर्षौंदेखि सडकको आश्रय लिन बाध्य उदयपुरका १० जना बेवारिसेलाई प्रदेश सरकार र नगरपालिकाको समन्वयमा उद्वार गरिएको छ । जिल्लाको कटारी बजार र आसपासका सडकमा अलपत्र १० जना बेवारिसे सडक मानवलाई प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरे, उदयपुर प्रदेश २ (ख) की सांसद कला घले तथा कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले शनिबार उद्वार गरी व्यवस्थापन गरेका हुन् ।




मन्त्री नेतृत्वको टोलीले व्यक्तिगत, पारिवारिक र सामाजिकलगायत बिभिन्न कारणले वर्षौंदेखि सडकको आश्रय लिदै आएका ४ महिलासहित १० जनालाई उदेवार गरी व्यवस्थापन गर्न मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । उद्वार गएिकाहरुलाई आश्रमका संयोजक नवराज केसीको जिम्मा लगाएको मेयर श्रेष्ठले बताए ।

उद्वार हुनेहरुमा कटारी बजार, भोर्ले र त्रिबेणी बेलसोतसम्मका सडक मानव रहेका छन् । पछिल्लो समय १ नं. प्रदेश सरकारले सडकमा बेवारिसे बालबालिका र जुनसुकै उमेर समूहका मान्छे देख्न नपर्ने अभियान अनुसार कटारीका सडकर्मा आश्रय दिदै आएकाहरुलाई उद्वार गरी व्यवस्थापन गरिएको मेयर श्रेष्ठले बताए । उनका अनुसार बेवारिसे बालबालिका र मानवरहित सडक बनाउने प्रदेश सरकारको योजना सफल पार्न प्रदेशसँगको समन्वयमा सडक आश्रितहरुको उद्वार थालिएको हो । आश्रममा राखिएकाहरुलाई नगरपालिका र प्रदेशले भरण–पोषण तथा विरामी भएमा औषधि उपचारको व्यवस्थ मिलाइने छ ।

मन्त्री घिमिरेले प्रदेश सरकारले बिभिन्न कारणले बेवारिसे भई खुल्ला सडकको आश्रय लिन बाध्य जनतालाई उद्वार गरी व्यवस्थापन गर्दै बेवारिसे मानवमुक्त सडक बनाउने उद्देश्यले प्रदेश सरकारले अभियान थालेको बताए । प्रदेश सरकारले कुनै पनि बेवारिसे मानिस वा बालबालिकाले अबदेखि सडकको आश्रय लिनु नपर्ने गरी अभियानलाई तीव्रता दिने मन्त्री घिमिरेले बताए । ‘यो ३ तहको सरकार भएको संघीय गणतन्त्र काल हो, त्यसैले अव सडकमा कोही, बेवारिसे, असहाय, अशक्त र अनाथ देखिने छैनन्’ मन्त्री घिमिरेले उद्घोष गरे ‘प्रदेशका सबै सडक बेवारिसे मानवमुक्त हुनेछन्, त्यसका लागि सरकारले अभियान थालेको हो ।’

सडकमा बस्दै आएकाहरुलाई उद्वार गरी अभिभावकको जिम्मा लगाएर पारिवारिक पुनर्मिलन गराउने तथा अभिभावकविहीन भए खाना, नाना र बस्ने व्यवस्था मिलाउने भन्दै उनले विरामी भएमा औषधि–उपचार गर्ने काम प्रदेश र स्थानीय सरकारले गर्ने बताए । त्यसका लागि मानव सेवा आश्रम  प्रदेश १ लाई जिम्मेवारी दिइएको उनले बताए ।  

आश्रम प्रदेश संयोजक केसीले हालसम्म प्रदेशभरीका ५५ जना सडक आश्रितको उद्वार गरी आश्रममा व्यवस्थापन गरिसकेको बताए । उनका अनुसार प्रदेश सामाजिक विकास मन्त्रालय र  स्थानीय तहसँगको सहकार्यमा बेवारिसेहरुलाई सडकबाट उद्वार गर्दै आश्रममा ल्याएर व्यवस्थापन गर्ने थगरिएको छ । बिभिन्न कारणले परिवारबाट बिच्छेद भई सडकको आश्रय लिन बाध्यहरुकै उद्वार र व्यवस्थापन गर्ने उद्देश्यले मानव सेवा आश्रम स्थापना भएको भन्दै केसीले अब छिट्टै ‘मानव सेवाग्राम’ निर्माण गर्ने तयारी भईरहेको जानकारी दिए ।
अर्को समाचार
तनहुँमा नौ जना सडक मानवको उद्वार
१९ पौष २०७७
•
१ मिनेट पाठ
तनहुँमा नौ जना सडक मानवको उद्वार
सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्वार गरिएको छ। जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्वार गरेको हो।




स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्वार गरेको जनाएको छ। यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्वार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिए।  

यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ। सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्वार अभियान जारी छ। 'खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्वार गरिरहेका छौँ', उनले भने। कास्कीको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १२८ जनाले आश्रय पाएका छन्।रासस
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस