रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद
०८ साउन २०७७
•
३ मिनेट पाठ
रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ।
नेपाल रेडक्रस सोसाइटीले आफ्नो जग्गामा निर्मित भवनलाई भाडामा प्रयोग गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रसबीच विवाद सुरु भएको छ । रेडक्रसले राप्ती प्रतिष्ठानको जग्गामा ९ कोठे भवन निर्माण गरेको छ । यो भवन तत्कालीन महेन्द्र अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच रेडक्रसलाई ९ कोठे भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सहमति भएको थियो । तत्कालीन महेन्द्र अस्पतालबाट राप्ती उपक्षेत्रीय अस्पतालमा रुपान्तरित उक्त अस्पताल अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।




उक्त अस्पतालको सम्पूर्ण स्वामित्व प्रतिष्ठानको नाममा रहने व्यवस्था अनुरुप अहिले रेडक्रस सोसाइटीले उपभोग गरेको जग्गा स्वतः प्रतिष्ठानको स्वामित्वमा गएको छ । प्रतिष्ठानले सामाजिक कार्यका लागि उपलब्ध भएको जग्गामा भवन निर्माण गरेर रेडक्रसले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको भन्दै प्रतिष्ठान रुष्ट बनेको हो । ‘रेडक्रसलाई त त्यो जग्गा सामाजिक कार्यका लागि उपभोग गर्ने भनेर उपलब्ध गराईएको भन्ने त लिखित कागजनै बोल्छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘तर उक्त जग्गालाई सम्झौता विपरित व्यापारिक प्रयोजनका लागि प्रयोग गरिनु त राम्रो भएन नि ।’ ब्लडक बैंक सञ्चालनका लागि पाएको रेडक्रसले उक्त भवनको माथिल्लो तला थपेर तल्लो तलामा नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरलाई मासिक ९१ हजार रुपैयाँ भाडामा दिएको छ । ‘ब्लडक बैंक सञ्चालनका लागि रेडक्रसले पाएको प्रतिष्ठानको जगाको दुरुपयोग गर्दै ल्याब सञ्चालन गरेको छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘यो नियम संगत त भएन नै, त्यसमाथि अँझ प्रतिष्ठानको ल्याबलाई असर पार्ने गरि प्राईभेट ल्याबलाई नै भाडामा दिईयो ।’

रेडक्रसले पुरानो सहमति तोडेर भवन निर्माण गरेको दाबी समेत गरेको छ । उक्त सम्झौता अनुसार रेडक्रस सोसाइटीले ९ कोठे भवन निर्माण गर्ने र उक्त भवनमा ब्लड बैंक सञ्चालन गर्ने भन्ने उल्लेख छ । तर रेडक्रसले कतै पनि सहमति नलिएरै उक्त भवनको माथि तला थप गरेको दाबी प्रतिष्ठानको छ । भाडामा प्रयोग गर्ने गरि थप गरिएको तलाका विषयमा प्रतिष्ठानले प्रश्न उठाएको छ । ‘अनुमति नलिई भवन निर्माण गर्न नहुने भएकाले नियम विपरित निर्माण कार्य थालिएमा कारवाही हुने छ,’तत्कालीन त्रिभवुन नगरपालिकाले ९ कोठे भवन निर्माणका लागि दिएको नक्सापास प्रमाण पत्रमा उल्लेख गरिएको छ ।

ब्लड बैंक स्थापनाका लागि उपलब्ध गराईको जग्गालाई रेडक्रसले ब्यापारिक प्रयोजनका लागि प्रयोग गरेको भन्दै प्रतिष्ठानले भाडामा बसालिएको ल्याबलाई तत्काल हटाउन भनेको छ । उसले रेडक्रसलाई पत्र काट्दै नियम विपरित भाडामा राखिएको ल्याबलाई हटाउन भनेको छ । ‘सामाजिक कार्यका लागि दिईएको जग्गालाई ब्यापारिक प्रयोजनमा लगाउनु नियमसंगत हैन,’ प्रतिष्ठानले पत्र लेख्दै भनेको छ ‘तसर्थ भाडामा बसालिएको ल्याब सेन्टरलाई तत्काल हटाउन आग्रह गरिन्छ ।’

यता रेडक्रसले भने आर्थिक अभावका कारण भाडामा लगाईएको जनाउँदै भाडामा रहेको ल्याबलाई हटाउन नसकिने जनाएको छ । ‘कर्मचारी र केमिकल खरिदका लागि रक्त सञ्चार सेवा केन्द्रको तल्लो तला भाडामा दिई सञ्चालन भैरहेको जानकारी गराईन्छ,’ प्रतिष्ठानलाई प्रतिउत्तर दिँदै रेडक्रसले पत्रमा उल्लेख गरेको छ ‘हाल प्याथोलोजिसंग गरिएको सम्झौता अवधि बाँकी नै रहेकाले हटाउन नसकिने व्यहोरा जानकारी गराईन्छ ।’ रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यले उक्त ल्याबसंगको ठेक्का सम्झौता बाँकी रहेको भन्दै तत्काल उसलाई हटाउन नसकिने वताउँछन् । ५ वर्षका लागि ठेक्का दिईएको उक्त भवनको ठेक्का अवधि अब एक वर्षसम्म छ ।

‘हामीहरुले उक्त भवन भाडामा नदिएर कसरी ब्लड बैंक सञ्चालन गर्ने ?’ आचार्यले भने ‘यहि हामीहरुले भाडामा प्रयोग नगरे ब्लड बैंक नै बन्द हुने अवस्था आउन सक्छ ।’ उनले भाडा दिएको विषयमा प्रतिष्ठानले प्रश्न खडा गर्नु जायज नभएको समेत वताए । ‘उक्त भवनमा ब्लड बैंक सञ्चालन गर्ने भन्ने सम्झौता त हो,’ आचार्यले भने ‘तर ब्लड बैंक सञ्चालनका लागि हामीहरुले कहिले सम्म चन्दा माग्ने ? बरु भवनको तला थप गरेर भाडामा दिएको अवस्थामा हामीहरुलाई अहिले सजिलो त भयो नि ।’ उनले पछिले पटक तला थप्दा स्थानीय तहबाट नक्सा पास सम्बन्धी अनुमति भने नदिएको बताए ।

‘हामीहरुले नक्सा पासको प्रकृया सुरु गरेका पनि हौँ, तर विविध कारणले त्यतिकै रोकियो,’ उनले भने ‘नक्सा पास त ठूलो कुरा हैन नि अहिले पनि गर्न सकिन्छ ।’
अर्को समाचार
जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन
नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।




नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो।

नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रश्तुत गरेर नविकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरि लेखापरीक्षण गराउन आग्रह गरेको हो।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए। उनले सबै जिल्लाहरुले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे।

उनले भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नविकरण गरिसक्ने समय निर्धारण गरिएको भन्दै रेडक्रसले गत वर्ष २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताए।

उनले स्वास्थ्य प्रवद्र्धन एवं रोकथाम तथा पीडा न्युनिकरण तथा सरसफाई, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवद्र्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरु सञ्चालन गरेको बताए। उनले विपद् न्युनिकरण, पूर्वतयारी प्रतिकार्य पुनःलाभ कार्य लोकप्रिय हुँदै गइरहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्यअन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहुउद्देश्य नगद सहयोग गरेको बताए।

उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्यांकी गरी एकमुष्ठ ७२ हजार ५ सय वितरण गरिएको बताए।

उनले त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्गमिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्वीन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको बताए।

उनले विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन भएको बताए। उनले कैलाली, कञ्चनपुर, बर्दिया, कालीकोट जिल्लाहरुमा  १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अध्यावधिक भएको बताए।

उनले रेडक्रसले विपद् जोखिम न्युनिकरण, तातो हावा ‘लू’ तथा सरसफाई सम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरुमा वितरण गरिएको बताए।

उनले कालीकोटको तिलागुफा, कैलालीको भजनी र कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस