मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष
०४ साउन २०७७
•
४ मिनेट पाठ
मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चार दिनदेखि घटनाको छानविन गरिरहेको समितिले आयोजनस्थलको निरीक्षणपछि नटबोल्मै समस्या रहेको औँल्याएको हो । ‘खुलेको १७ नम्बर गेट आयोजनास्थलमै पुगेर हेर्‍यौँ । गेटको नलबोल्ट कसाइमा त्रुटि हुँदा अनपेक्षित घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छौँ,’ छानविन प्राविधिक समितिका संयोजक रमाकान्त दुवाडीले नागरिकसँग भने । समिति छानविनकै क्रममा रहेकाले अन्तिम निष्कर्ष भने आइनसकेको उनले जानकारी दिए ।




गएको मंगलबार परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुल्दा निरीक्षणमा रहेका चार जनालाई बगाएको थियो । दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो भने दुई बेपत्ता भएका थिए । बेपत्ता एक इन्जिनियर बिहीबार मृत अवस्थामा फेला परेका थिए । एक अझै बेपत्ता छन् । दुई महिनाभित्र सक्ने गरी सुरुङ परीक्षणमा जुटेको आयोजनाको पहिलो १० दिन व्यर्थ बनेको थियो ।

घटनाकै दिन खानेपानी मन्त्रालयले सहसचिव दुवाडीको संयोजकत्वमा छानविन प्राविधिक समिति गठन गरेको थियो । विज्ञसम्मिलित ६ सदस्यीय टोलीले बुधबारबाटै काम थालेको थियो । समिति बिहीबार १७ नम्बर गेटको निरीक्षण गर्न मुहानस्थल हेलम्बुको अम्बाथान आएको थियो । ‘बाहिर आए जस्तो गेट खुस्किएको, भत्केको, बगाएको होइन,’ आयोजनाका पूर्वउपकार्यकारी निर्देशक समेत रहेका प्राविधिक समितिका संयोजक दुवाडीले भने, ‘फलामे गेट खुलेको अवस्थामा घटनास्थलमा जस्ताको त्यस्तै छ ।’

नटबोल्टले काम नगरेपछि गेट खुलेको पाइएको उनले जानकारी दिए । ‘नटबोल्ट खुस्किएपछि गेट खुलेको हो । यसको अर्थ नटबोल्ट राम्रोसँग कस्सिएको थिएन भन्ने नै हो,’ घटनाको प्रारम्भिक निष्कर्ष सुनाउँदै दुवाडीले भने । एकातिर कब्जा ठोकिएको गेटको अर्कोतिर नटबोल्ट कसेर बन्द गरिएको थियो । उनका अनुसार गेट अड्याउन बनाइएको पिलर, ढलान, फ्रेस लगायत सपोर्ट सिष्टम ठीक छ । कब्जाको अवस्थासमेत ठीक देखियो ।

‘यति भएपछि नलबोल्ट कसाइमै समस्या थियो भन्न सकिन्छ । अर्थात बलियो पारेर नटबोल्ट कसिएन,’ उनले भने । अम्बाथान अडिट टनेलमा राखिएको गेटबाट मुख्यसुरुङ हुँदै ग्याल्थुमतिर जान मिल्ने उनले जानकारी दिए । संयोजक दवाडीका अनुसार पानी खोलेर सुरुङ सफा गर्नुपर्दा यो गेटबाट सानो गाडी भित्र छिर्न मिल्छ ।

आयोजनाको साढे २६ किलोमिटर लामो सुरुङमार्गमध्ये खुस्किएको अम्बाथानको गेट सबैभन्दा होचो स्थानमा रहेको समितिले जनाएको छ । हेडवक्र्सदेखि अम्बाथानसम्म सुरुङ ओरालो छ । त्यहाँबाट ग्याल्थुमसम्म उकालो छ । ‘दुबैतिर उकालो भएपछि जमेको पानीको चाप यहीँ बढी थियो । चापले राम्ररी नकस्सिकएको नटबोल्ट स्लिप भएर खुस्केपछि गेट ह्वात्तै खुल्यो,’ छानविनबाट आएका प्रारम्भिक नतिजाबारे जानकारी दिँदै संयोजक दुवाडीले भने ।

समितिले गेट खुस्किएको घटना अनपेक्षित भएको समेत बताएको छ । ठूला योजनामा यस्ता घटना हुने गरे पनि आयोजनाले पूर्वानुमान गरेर तयारी गरेको भने नपाइएको समेत समितिले जनाएको छ । ‘अहिलेसम्मको अध्ययनमा गल्ति सानो देखियो । क्षति भने ठूलो भयो । अझ मानवीय क्षति हुनु सामान्य हुँदै होइन,’ दवाडीको भनाइ छ ।

सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्सको पनि काम गरिरहेको छ । डिजाइन, निर्माण, जडान कार्यको निगरानी तथा सुपरीवेक्षण इप्टिसा नामक परामर्शदाता कम्पनीले गरिरहेको छ । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको हो । गेटको डिजाइन, निर्माण, जडान र गुणस्तरको पनि छानविन गरिने संयोजक दुवाडीले जानकारी दिए ।

सुरुङका चार अडिट अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा एकै प्रकृतिका गेट जडान गरिएको जनाउँदै उनले भने, ‘समितिलाई गेट डिजाइनमा केही त्रुटि छ कि भन्ने लागेको छ । यसबारे पनि छानविन गर्छौँ ।’ परामर्शदाता इप्टिसाले दिएको डिजाइनअनुसार जस्ताको त्यस्तै गेट निर्माण भएको हो कि होइन, या भारतीय कम्पनी प्रिसिजनले तोडमोड गरेर बनाएको डिजाइन इप्टिसाले स्वीकार गरेर जडान गर्न लगाएको हो भन्नेबारे पनि छानविन गरिने उनले प्रष्ट पारे ।

खुलेको गेटलाई केन्द्रमा राखेर छानविन भइरहेकाले गल्ति कसले गरेको हो भनेर अहिल्यै भन्न नमिल्ने समितिको भनाइ छ । १७ नम्बर गेटमा जस्तै अन्य गेटमा पनि समस्या छ कि भनेर हेर्न आयोजनालाई सुझाव दिने समितिको तयारी छ । समितिलाई घटना कसरी भयो, के कारणले भयो र कहाँ कमजोरी भयो भन्नेबारे अध्ययन र छानविन गर्ने सीमा रहेको जनाउँदै संयोजक दवाडीले गेट र त्यससँग जोडिएर आउने संरचना भने हेर्ने बताए । ‘थप अध्ययन र छानविन गरेर चार–पाँच दिनमा प्रतिवेदन बुझाउँछौँ,’ उनले भने, ‘आगामी दिनमा यस्ता समस्या निम्तिन नदिन सरकारलाई उपयूक्त सुझाव दिन्छौँ ।’
अर्को समाचार
मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला
०३ साउन २०७७
•
२ मिनेट पाठ
मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् । आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत मृत फेला परेका हुन् । घटनास्थलदेखि झण्डै सात–आठ किलोमिटर तल इन्द्रावती खोलाको बाहुनेपाटीमा अपराह्न साढे चार बजेतिर गोइतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्जवल महर्जनले जनाए ।




उनीसँगै बेपत्ता आयोजनाका चालक राधाकृष्ण थापा भने अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबारको घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बेपत्ताको खोजीमा जुटेको थियो । आयोजनाको मुहानस्थल हेलम्बुमा रहेको अम्बाथान अडिट टनेल भित्रको मुख्य सुरुङको ढोका खुल्दा चार जना बगेका थिए ।

बग्दै गरेका इन्जिनियर शेखर खनाल र अर्का प्राविधिक पेम्बादोर्जे तामाङलाई भने सुरक्षाकर्मी तत्काल उद्वार गरेका थिए । घाइते उनीहरुको ललितपुरको ग्राण्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । दुई सय ९८ मिटर लामो अडिट टनेलबाट अघि बढ्दा मुख्य सुरुङको ढोका एक्कासी खुलेको थियो । त्यतिबेला प्राविधिकसहितका चार कर्मचारी सुरुङको अवस्था निरीक्षण गरिरहेका थिए । गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो ।  

मेलम्ची बाँध खोलियो
सुरुङको १७ नम्बर गेट खुलेर दुर्घटना निम्तिएपछि आयोजनाले मुहान क्षेत्र (हेडवक्र्स) स्थित बाँध खोलिदिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङको मुख बन्द गरेर बाँध खोलिएको बताए । गेट खुुलेपछि सुरुङमा जमेको पानी बाहिरिएको थियो । बाँध नै खोलिदिएपछि सुरुङ रित्तिएको पन्तले जानकारी दिए । ‘बेपत्ताको खोजीमा जुट्नु परेकाले त्यसै खेर जान दिन सुरुङमा पानी छिराइरहनुको औचित्य छैन,’ उनले नागरिकसँग भने । खोजीमा जुट्नु परेकाले खुलेको ढोका बन्द गर्ने काम तत्काल नगरेको उनले बताए । उनका अनुसार पहिलो बेपत्ताको खोजी सकेपछि मात्र खुलेको गेट बन्द गर्दै फेरि मेलम्ची पानी सुरुङमा छिराउने काम सुरु गरिने छ । नलबोल्ट खुकुलो रहेकाले पानीको दबाबले खुस्किएर गेट खुलेको पनि उनले दोहोर्‍याए ।

गेट खुलेर सुरुङ रित्तिएपछि आयोजनाको १० दिनको काम व्यर्थै भएको छ । अब आयोजनाले सुरुङमा पानी छिराउने काम सुरुदेखि नै गर्नुपर्ने भएको छ । योसँगै सुरुङ परीक्षण गर्ने अवधि र मेलम्ची पानी वितरण गर्ने लक्ष्य त्यति दिन नै लम्बिने आयोजनाले प्रष्ट पारेको छ । दुई महिनामा सुरुङ परीक्षण सक्ने गरी आयोजनाले पथान्तरण (पानी प्रवेश गराउने) थालेको थियो । ढिलोमा असोजभित्र उपत्यकावासीलाई मेलम्ची पानी वितरण गर्ने आयोजनाको लक्ष्य छ ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस