‘इलाम दरबार’मा सजाइँदै संस्कृति
२६ असार २०७७
•
३ मिनेट पाठ
‘इलाम दरबार’मा सजाइँदै संस्कृति
इलाम सदरमुकामस्थित अरनिको सांस्कृतिक संग्रहालयको प्राङ्गणमा पञ्चैबाजा बजाउँदैगरेको व्यक्तिको मूर्ति स्थापना गरिँदै ।
सदरमुकामस्थित ऐतिहासिक र पुरातात्विक महत्वको ‘इलाम दरबार’लाई संग्रहालयका रूपमा विकास गरिँदैछ । सय वर्षभन्दा पुरानो यो भवनबाट जिल्ला प्रशासन कार्यालय सरेपछि यहाँ अरनिको सांस्कृतिक संग्रहालय स्थापना गर्न लागिएको हो ।  




पुरात्व विभागको सिफारिस र नेपाल सरकारको स्वीकृतिमा इलाम नगरपालिकाले संग्रहालयको पूर्वाधार तयार गर्दैछ । इलाम साहित्य, कला, संगीत प्रतिष्ठानमार्फत् पूर्वाधार निर्माणको काम धमाधम चलिरहेको छ । इलाम बजारको अग्लो स्थानमा रहेको जीर्ण भवनको पुरानो संरचना पनि संरक्षण हुनेगरी पूर्वाधार व्यवस्थित गरिँदैछ । गतवर्ष थालिएको काम करिब अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।  

२० कोठा रहेको इलाम दरबारका विभिन्न स्थानलाई सांस्कृतिक, ऐतिहासिक सम्पदा सङ्गृहीत गर्नेगरी व्यवस्थापन गरिएको प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले बताए । ‘भवनको बाहिर र भित्रको पूर्वाधारलाई त्यसको विशेषता नमेटिनेगरी पुनर्संरचना गरिँदैछ,’ उनले भने, ‘यही वर्ष पूर्वाधारको काम सकिन्छ र यहाँ राखिने सांस्कृतिक वस्तु संकलनको काम भइरहेको छ ।’ अबको १ वर्षपछि संग्रहालय पूर्णतः अवलोकनयोग्य बनाउने लक्ष्य निर्माणकर्ताको छ । 

इलाम सदरमुकामस्थित अरनिको सांस्कृतिक संग्रहालयमा संकलन गरिएका ऐतिहासिक वस्तु । तस्बिर : भीम/नागरिक  
इलाम जिल्लामा ५५ जातजातिको बसोबास छ । यिनीहरूको संस्कृति, इतिहास झल्किने वस्तुहरू संग्रहालयमा राखिँदैछ । त्यतिमात्र होइन, गाउँघरमा वर्षाैंअघि प्रयोग भएपनि बढ्दो आधुनिकताका कारण लोप भइसकेका, लोपोन्मुख वस्तुहरू संग्रहालयमा देख्न पाइनेछ । ढुंगाका खम्बासहितको ढिकी, जाँतो, हलो, जुवा, फाली, हल्लुणदेखि घरायसी प्रयोगका सामग्रीहरू हर्पे, गरियो, मकल, पेचा, ओखल, कोल, माली, टोलङ, लाजिम, दुध्यारोलगायतका वस्तु संग्रहालयमा संकलन गरिँदैछ । 

‘कतिपय लोप भइसकेका सामग्री गाउँ–गाउँबाट ल्याएर सजाइँदैछ,’ सचिव भण्डारीले आग्रह गरे, ‘गाउँमा वर्षाैं प्रयोग भएर लोप र लोपोन्मुख ऐतिहासिक सामग्री कतै भए सूचना दिनुहोला, हामी यहाँ संरक्षण गर्छौं ।’ उनले यहाँका विभिन्न जातीय संघ–संस्थासँगको समन्वयमा संग्रहालयमा आवश्यक सामग्री संकलनको काम गरिने पनि जनाए ।

भवनको बाहिरपट्टि इलामको सांस्कृतिक गहनाका रूपमा रहेको पञ्चैबाजा बजाउँदैगरेका व्यक्तिको मूर्ति राखिँदैछ । दमाहा, ट्याम्को, नरसिंगा, सनई र झ्याम्टा बजाउँदैगरेका व्यक्तिको अलग–अलग मूर्ति इलाम दरबारको प्राङ्गणमा राखिने प्रतिष्ठानले जनाएको छ ।

 ‘इलाम जिल्लाकै पर्यटन प्रवद्र्धनमा सांस्कृतिक संग्रहालयले महत्वपूर्ण सहयोग गर्ने नगरपालिकाको आशा छ,’ नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठले भने, ‘इलामको कला, संस्कृति संरक्षण गर्दै पर्यटकीय गन्तव्य थप्ने नगरको लक्ष्य हो ।’ राणाकालीन समयमा निर्माण गरिएको यो भवन आफैंमा पनि ऐतिहासिक छ । इतिहासदेखि इलामको सम्पूर्ण प्रशासनिक कामको नेतृत्व यही भवनबाट भएकाले इलामे नागरिक यसलाई ‘इलाम दरबार’का रूपमा चिन्छन् ।  

नगरले चालू वर्ष संग्रहालयका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । गतवर्ष १५ लाख रुपैयाँ विनियोजन गरिएकामा ३ लाख १२ हजार रुपैयाँमात्रै खर्च हुन सकेको प्रतिष्ठानले जनाएको छ । ‘यो वर्ष निर्माणको काम सकेर संग्रहालय तयार पार्छाैं,’ सचिव भण्डारीले भने ।
अर्को समाचार
जनकपुरधाममा झूलन परम्परा
०५ भदौ २०७८
•
५ मिनेट पाठ
जनकपुरधाममा झूलन परम्परा
दृश्य एक




सयौंको संख्यामा दर्शनार्थी जानकी मन्दिरमा झूला (मिथिलाञ्चलमा झूलन भन्ने गरिन्छ) हेर्न झुम्मिरहेका छन्। मुख्य मन्दिरको प्रकोष्ठ परिसरमा सजाइएको झूलन कार्यक्रमलाई एक झलक हेर्न धकमधुक्की गरिरहेका दर्शनार्थी व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। दर्शकहरू बीचबीचमा ‘श्रीराम चन्द्र की जय’, ‘सियासुकुमारी की जय’ भन्दै तलको पौदानबाट आफूलाई उचाल्दै अगाडिको पौदानमाथि कब्जा जमाउँदै अगाडि बढ्दैछन्। जसरी पनि राम लला र माता सीताको झुल्दै गरेको स्वरूप हेर्ने रहर मेटाउनुपर्ने।

भित्र कुनै नचनियाँ पार्टी झूला, मलार बाह्रमासा आदि गाउँदै दर्शकहरूलाई मनोरञ्जन गराउँदैछन्। शास्त्रीय विधाका सामान्य ठुमरी गीतको नाचमा रमेका नचनियाँको गायन बाहिर आउन संघर्षरत भीडलाई झनै उत्तेजित पार्दैछः  

बरिसन चाह बदरबा हे उधो !  

खन बरिसय, खन दामिनी दमसय  

खन–खन बहय बयरबा हे उधो !  

पुरा मन्दिर परिसर भक्तिमय भइसकेको छ। चारैतिर एउटा श्रद्धा, आनन्द र शान्तिको माहोल छ। (यो दृश्य केही दशकअघिको हो)

दृश्य दुई

जानकी मन्दिरमा झुलनोत्सव हुँदैछ। प्रकाश कमजोर छ। महन्थजीको अनुहारमा त्यो चमक छैन। आयको सम्पूर्ण स्रोत अरगजा र तेलहा मोरहाको डिलमा बनेका दर्जनौं पक्की घरका डिल सफाइका नाउँमा भत्काइएको छ। मात्र चढौनाको आस, त्यो पनि कति ? कसैलाई थाहा हुन्न। महन्थजीको अनुहारमा उदासी भए पनि मानिसमा उत्साहको कमी छैन। तर, त्यस्ता उत्साही मानिसको संख्या निकै थोरै छ। पहिलेको नाचगान छँदैछैन। न त ती देवी न त्यो कराही। तब झूलाको विधि पूरा गर्ने काम मात्र भइरहेको छ।  

यी दुवै दृश्यबाट जनकपुरधामको झुलनोत्सवको तीन दशकभित्रको कथा स्पष्ट हुन्छ। पहिले जनकपुरका दर्जनौं कुटीमा झूलाको कार्यक्रम हुने गर्थ्यो। जानकी मन्दिरमा शास्त्रीय नाचगान। रामन्दिरको झूलाघरमा फिल्मी नाचगान। त्यस्तै सरन्चिया, बहुअर्वा कुटीमा छोकरबाजी नर्तकहरूको कमाल। रत्नसागर, विहारकुण्ड, रामानन्द आश्रम आदि महत्त्वपूर्ण कुटीहरू हुन्। उता मानिसहरू उत्साहित भएर झूला देख्न जाने गर्थे र नाचगानको आनन्द उठाउँथे। अब त त्यो बितेका दिनको कथा हुन गएको छ। झूलाको आयोजन प्रत्येक वर्ष साउन द्वितीयादेखि पूर्णिमासम्म हुने गर्दछ। सिंहासनमा रामजानकीको मूर्ति राखिन्छन्। रेशमको डोरीले तानेर निरन्तर हल्लाउने गरिन्छ । नाचगानसहित भक्ति अध्यात्मको माहोल हुन्छ।

झूला कसरी व्यवस्थित गर्ने ?

अब भिडभाडको जमाना रहेन। त्यसैले आधुनिक प्रविधिको उपयोग गर्दै दर्शक, श्रोताको अध्यात्मिक तुष्टिका लागि पनि झूला महोत्सवको भव्य व्यवस्थापन गर्न सकिन्छ। यसमा जानकी मन्दिरअगाडि मणिमण्डप अर्थात् मणिजडित पहाडको दृश्य निर्माण गरी त्यहाँ झूलामा रामसीताको आकर्षक मूर्ति राखेर झुलाउँदै गर्दाको मनोरम दृश्य निर्माण गर्न सके यसले आकर्षण बढ्ने पक्का छ। साथसाथै स्वास्थ्यसम्बन्धी निर्देशन पनि पालना हुन्थ्यो। तर, यो गर्ने कसले ?

यसैबीच जानकी मन्दिरको विद्युतीकरणका नाउँमा करोडौं रकमको योजना कार्यान्वयनमा अनियमितताको आरोप लागिरहेको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत हुने बाटोमा रहेको मन्दिरको स्वरूपसमेतमा आघात पुग्ने काम हुन लागेको नागरिक समाजको ध्यानाकर्षण सम्बन्धित निकायमा गराइएकाले त्यसको छानबिनका लागि प्रदेश सरकारले समिति बनाएर आवश्यक कारबाही अगाडि बढाएको छ।

यहाँका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरूलाई संरक्षण  सम्वर्द्धन गरेपछि यसको विशिष्टता बाहिर जान्छ। अनि सबैखाले पर्यटक यसबाट लाभान्वित हुन यहाँ आउँछन्। राम मन्दिरको झूला पनि नामी हुने गथ्र्याे। यसका लागि छुट्टै भवनको व्यवस्था गरिएको थियो। नाम थियो झूलाघर। अब यो पनि बितेको दिनकै कथा भइसकेको छ। अब आफ्नै घेराभित्र झूलाको विधिविधान सम्पन्न गर्ने गरिन्छ।

झूलाको प्रारम्भ

वास्तवमा झूलाको प्रारम्भ सन्त परम्पराको सुरुवातसँगै भयो। सन्तहरू खुला चौरमा अथवा कुनै रूखको छायामुनि बास बसिरहँदा आफ्नो झोलामा श्रद्धापूर्वक  राखिएको शालिग्रामलाई सानो आसनमा  राखी हल्लाउँथे। यो क्रम आजसम्म जारी छ। सन्त सम्प्रदायको गढ मानिएको अयोध्या  र कृष्ण सम्प्रदायको गढ मानिएको वृन्दावनबाट यो झूला मिथिलाको यस प्राचीन नगरी जनकपुरधाममा आएको हुनुपर्ने अनुमान स्थानीय सन्तहरूको छ।

भनिन्छ, जब सीताजीको बिहे भएपछि माइतीबाट ससुराली बिदाइ हुँदा मैथिल परम्परा अनुसार दाइजोमा जेजति सोना, मणि, आभूषण दिइएको थियो, त्यसलाई उता अयोध्याको महलमा  राख्न ठाउँ पुगेन, त्यसैले ती सबै बहुमूल्य सामग्री बाहिर  राख्नुपरेको थियो। ती  राखिएका सामग्री पहाडजस्तो आकार लिन पुग्यो  रे ! मणि–माणिक्यको त्यस पहाडमा  रामसीता साउनमा झूलामा  रमाउने गर्थे। त्यसैकोे अनुश रणमा जनकपुरधामको बाह्रबिघामा झूलाको प्रारम्भ भएको दिन सबै मठमन्दिरका मूर्तिसहित आएका सन्तमहन्थ झूलाको आयोजन प्रथम दिनमा उल्लासपूर्वक गर्छन्, जसलाई मणिमण्डप भनिन्छ।

पहिले त ५२ वटा कुटीबाट युगल मूर्तिको आसन आउने गथ्र्याे। भव्य मेला लाग्थ्यो। अब त जनकपुरवासी मणिमण्डप पनि बिर्सन थालेका छन्। तर पनि सन्तमहन्थले यो परम्परा कायम राखेकै छन्।

अयोध्या  र वृन्दावनतिर हुने झूला जनकपुरधाममा जानकी मन्दिरको निर्माणपछि मात्र व्यवस्थित भएको पुराना सन्तहरू भन्थे, जसको आदि स्रोत जानकी मन्दिरका प्रथम महन्थ महात्मा शूरकिशोर दास थिए। महात्मा शूरकिशोरको जनकपुर आगमनको समय सन् १७६० मानिएको छ। अर्थात्, २ सय ६१ वर्षपूर्व यहाँ झूलाको प्रारम्भ भइसकेको थियो। तर यसलाई व्यवस्थित गरे मौनी बाबाले। उनी जनकपुरधामको आध्यात्मिक विकासका पुरोधा व्यक्तित्व हुन्।

झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दिरबाहेकका मन्दिर अब त्यति व्यवस्थित रहन सकेनन्। सन्तमहन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दिरहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत दुई वर्षदेखि कोरोनाको प्रकोपले गर्दा झूला आयोजनामा कटौती हुँदै गएको छ।

तर पनि सन्त सम्प्रदायको एउटा धार्मिक अनुष्ठानका रूपमा झूलाको निरन्तरता जारी छ, अति सामान्य रूपमा । 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
सालीनदीमा भक्तजन
निमेष पौडेल निमेष पौडेल • · ०८ फागुन २०७७ · ५ मिनेट पाठ
गुरुङको रोधीं
मनिराज गुरुङ मनिराज गुरुङ • · २४ माघ २०७७ · ९ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस