कालीगण्डकी ‘कोरिडोर’ को म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र
०५ साउन २०८२
•
३ मिनेट पाठ
कालीगण्डकी ‘कोरिडोर’ को म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र
चीन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी ‘करिडोर’, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ ।




म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र र ढलान भएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले जनाएको छ ।

योजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईले पहिरो र कटानको समस्या रहेको सात किलोमिटरबाहेकका ठाउँमा ढलान र कालोपत्र भएको जानकारी दिए। “निर्माण कम्पनीहरूले सम्झौताअनुसार परिमाणको काम सकेकाले ठेक्का टुङ्ग्याउने तयारीमा छौँ,” उनले भने, “पहिरो र कटानको समस्या भएको ठाउँमा नयाँ ठेक्का प्रक्रियाबाट सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।”

बेनीदेखि मुस्ताङको घाँसासम्मको सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रविधिको कालोपत्र गर्न २०७४ सालमा ठेक्का सम्झौता भएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटर मध्ये १५ किलोमिटर कालोपत्र भएको छ ।

तिल्केनी–घुमाउनेताल–चमेरे खण्डमा थप करिब ५०० मिटर कालोपत्र गर्न तयारी अवस्थामा रहेको शर्मा–युनाइटेडका आयोजना व्यवस्थापक सुमन भट्टराईले बताए। भिओ (भेरियसन अर्डर) गर्दा सम्झौता भएको रु ६६ करोडमा २० प्रतिशत लागत बढेको छ ।

शर्मा–गजरमुखीले ठेक्का लिएको नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटरमध्ये ११ किलोमिटर कालोपत्र र ढलान भएको निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए। तीन किलोमिटर मुस्ताङमा र बाँकी म्याग्दीमा पर्ने यो खण्डको रु ६३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

बेनीको कालीपुलमा ८०० मिटर यसै वर्ष, बेनी–गलेश्वर दुई किलोमिटर ८०० मिटर गत वर्ष र गलेश्वरको एक किलोमिटर ३०० मिटर सडक दुई वर्षअघि कालोपत्र भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नतिको काम आठ वर्षपछि सम्पन्न हुने चरणमा पुगेको हो ।

प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री र निर्माण व्यवसायीको समस्याका कारण लक्ष्यभन्दा पाँच वर्ष ढिला गरी सम्पन्न हुन लागेको अन्नपूर्ण गाउँपालिका–३ का वडाअध्यक्ष रमेश पुर्जाले बताए।  

“पहिरो र कटान प्रभावित ठाउँमा रोकथामका साथै सडक स्तरोन्नतिका लागि छुट्टै ठेक्कामार्फत काम गराउन पहल गरेका छौँ,” उनले भने, “बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा यात्रा गर्न यसअघि चारदेखि पाँच घण्टा लाग्ने गरेकामा अहिले एकै घण्टामा छोटिएको छ ।”

अन्नपूर्ण गाउँपालिका–३ रूपसे र लाटोखोला क्षेत्रको एक किलोमिटर ढलान, गुइँठे, खामभित्ता क्षेत्रको पहिरो रोकथामका लागि ठेक्का आह्वानको तयारी भएको योजना कार्यालयले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ ।

म्याग्दीको राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङखोला र रूपसेखोलामा ‘बेलिब्रिज’ जडान भएको छ । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ ।

पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ ।  
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस