रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो
१३ असार २०७७
•
३ मिनेट पाठ
रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो
रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । आज दिउँसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो । बुटवलसहित जिल्लाका बिभिन्न स्थानमा देखिएको सो किरा सलह नै भएको प्रदेश नं. ५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायाण देवकोटाले नागरिकलाइ बताए ।




सलहको बथान कहाँबाट पस्यो भन्ने यकिन भइनसकेपनि बुटवलसहित बिभिन्न स्थानमा सलहको झुण्ड भेटिएको देवकाटाले बताए । शनिबार दिउँसो बिभिन्न स्थानबाट सलहको बथान भेटिएको भन्ने खबर आएपछि नमुना संकलन गरी प्रारम्भिक अनुशन्धान गरीएको र सो किरा सलह नै भएको देवकोटाले बताए । ‘अहिले नै यो कहाँबाट पस्यो र कति संख्यामा छ भन्ने एकिन भएको छैन त्यसको अनुशन्धान गर्दैछौं ।’ कृषि निर्देशनालयका प्रमुख देवकोटाले भने ।

विशेषगरी बुटवलको सुख्खानगर, दिपनगर र गोलपार्क क्षेत्रमा दिउँसो २ बजेपछि ठूलो संख्यामा सलहको बथान देखिएको थियो । बुटवलस्थित प्रदेश प्रमुख कार्यालयकै अगाडी पट्टीको सिमल, आपका रुख सलहको बथानले छपक्कै ढाकेको थियो । देवदहको रचङ्गे पिपलडाँडा, भलुही लगायतका क्षेत्रमा पनि  शनिबार दिउँसो एक्कासी लाखौको सख्यामा सलहको बथान मकैबारीमा पसेको त्यहाँका स्थानीयले बताए । स्थानीयका अनुसार ती सलहले दिउँसो मकैबारीमा ठूलै क्षती नगरेपनि बस्ती वरपर र जंगल क्षेत्र चहारेको थियो । साँझ पर्न थालेपछि सहलको बथान नदेखिएको र उत्तरतर्फको जंगल क्षेत्रमा पसेको रचङ्गेका स्थानीय समेत रहेका देवदह नगरपालिका वडा नं.१० का वडाध्यक्ष एकबहादुर सुनारले बताए ।  

दिउँसो पसेको सलहको बथान साँझ पख पाल्पा तिर लागेको प्रदेश कृषि निर्देशनालय बुटवलका बरिष्ठ कृषि बाली संरक्षण अधिकृत कामना अधिकारीले बताइन । शनिबार हावाको बेग उत्तरतर्फ बगेकाले त्यससँगै सलहको बथान पनि उत्तर तर्फ लागेको बरिष्ठ कृषिबाली संरक्षण अधिकृत अधिकारीले बताइन । ‘सलहको बथान हावाको बेगसँगै दिनभर उड्छ । रातपरेपछि यो जहाँ बस्छ त्यहाँ ठूलो नोक्सान गर्छ’ अधिकारीले भनीन् । 

उनका अनुसार शनिबार हावाको बेग उत्तर बगेकाले सलहको बथान पनि रुपन्देहीदेखि उत्तर पाल्पातर्फ गएको हो । ‘आज रुपन्देहीमा देखियो त्यसैले यही मात्रै क्षति गर्छ भन्ने हैन । हावाको बेगसंगै सलहको बथान उडेर उत्तर गएको छ । त्यसैले पाल्पामा पनि विशेष सावधानी अपनाउन जरुरी छ’ अधिकारीले भनीन् ।

शनिबार दिउँसो २ बजेपछि तिलोत्तमा, देवदह, बुटवल, सैनामैनाका स्थानीयले आफ्नो पालिकाका कृषि अधिकृत तथा प्रदेश कृषि निर्देशनालयका अधिकारीहरुलाइ सलह पसेको भन्दै खबर गरेका थिए । त्यसलगत्तै कृषि अधिकारीहरुले ती स्थानमा पुगेर किराको प्रारम्भिक अनुशन्धान गरे । तराइमा धान र पहाडमा मकै खेतीको मुख्य सिजन भएकाले किसानहरु सलह पसेको खबरसंगै चिन्तीत भएका छन् । यो किरा जहाँ बस्छ त्यहा ठूलो क्षति गर्ने भएकाले यो किरा देखिने बित्तिकै सम्बन्धित पालिकाको कृषि शाखा ज्ञानकेन्द्र वा प्रदेशको कृषि मन्त्रालय वा निर्देशनालायलाई खबर गरीदिन देवकोटाले सबैलाइ आग्रह गरेका छन् ।  

एक किलो सलहको बिस रुपैयाँ

सलह किरा देखिएपछि प्रदेश नं. ५ को  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले किरा नियन्त्रणका लागि तत्काल विशेष पहलकदमी चाल्ने निर्णय गर्दै एक किलो सलह संकलन गरे बापत २० रुपैयाँ अनुदान दिने निर्णय पनि गरेको छ । संकलन गरेको सलह किरा सम्बन्धित पालिका वा वडामा बुझाएपछि तुरुन्त प्रतिकिलो २० रुपैयाँका दरले पैसा भुक्तान गरीने मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए । यो किरा दिउँसोमा उड्ने र रातमा एकै ठाँउमा झुरुप्प परेर बस्ने भएकाले सामान्य सावधानी अपनाएर संकलन गर्न सकिने बताए ।  

बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले किराको नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय बिषाधी भएकाले मालाथिन ३ एम.एल प्रतिलिटर पानीमा र क्लोरोपाइरीफस २ एम.एल प्रति लिटर पानीमा मिसाएर किरामै पर्ने गरी छकर्न आग्रह गरीन् । अधिकारीले धानको व्याड वा तरकारी तथा अन्य बिरुवाका नर्सरीहरुलाई झुल वा कपडाले ढाकेर सुरक्षित राख्न पनि आग्रह गरीन् । 
अर्को समाचार
म्याग्दीका फाँटैभरि छपक्कै सलह
३१ असार २०७७
•
१ मिनेट पाठ
म्याग्दीका फाँटैभरि छपक्कै सलह
दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।




पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसानहरुले बताएका छन् । सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका  कृषक सागर खत्रीले बताए । 'चार/पाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ,' उनले भने, 'भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात नष्ट गरेको छ ।'

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै  ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताए । बुधबार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पुर्‍याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । 
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस