गिद्ध संरक्षणमा चुनौती
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
गिद्ध संरक्षणमा चुनौती
विश्वबाटै लोप हुँदै गएको गिद्ध संरक्षणमा चुनौती देखापरेको छ । केही वर्षअघि एकै वर्ष गिद्ध प्रजनन केन्द्रमा नौ बच्चा कोरलिएपछि उत्साहित बनेका नेपालका संरक्षणकर्मीमा क्रमशः यो संख्या शून्यमा झरेपछि चुनौती थपिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा गिद्ध प्रजनन केन्द्र रहेको छ ।




आर्थिक वर्ष २०७३/७४ मा १५ फुलबाट नौ बच्चा कोरलिएका थिए । तर, यस वर्ष १९ फुल पारेको भएपनि ती फुलबाट गिद्धले बच्चा कोरल्न सकेनन् । प्रजनन केन्द्र हेर्दै आएका डा विकल्प कार्कीका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २१ फुलबाट छ चल्ला र आर्थिक वर्ष २०७५/७६ मा २० फुलबाट दुईवटा बच्चा कोरलिएका थिए ।

क्रमशः घट्दै आएर यस वर्ष शून्य भएको हो । प्रजनन केन्द्रमा विसं २०७१ मा पाँचवटा फुल पारेर पहिलो वर्ष एउटा बच्चा कोरलिएको भए पनि दोस्रो वर्ष सात फुल पारे पनि बच्चा कोरल्न सकेको थिएन ।  

तेस्रो वर्ष नौ बच्चा कोरलिएका थिए । कार्कीका अनुसार गिद्ध प्रजनन केन्द्रमा बच्चा कोरल्न समस्या देखिएपछि अनुसन्धान थालिएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ ।  

गिद्धले अक्टोवरको अन्तिमदेखि फ्रेबुअरीको अन्तिमसम्म फुल पार्ने गर्दछ । पहिलोपटकको फुल सफल नभएमा एकै मौसममा दोस्रोपटक समेत गिद्धले फुल पार्ने गर्दछ । यस वर्ष पाँच गिद्धले दुईपटक फुल पारेको उनले जानकारी दिए । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुको कारण के हुनसक्छ भनेर विदेशी विज्ञहरुसँग समेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिए । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशका पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताए । उनले पछिल्ला वर्षहरुमा तापक्रम चार डिग्रीभन्दा तल झरेकाले समस्या उत्पन्न भएको हुनसक्ने जानकारी दिए । यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १५ भाले, १६ पोथी रहेका छन् ।

हालै मात्र त्यहाँबाट प्रकृतिमा छाड्नका लागि सात बयस्क र दुई बच्चा नवलपरासीको जटायु रेष्टुरेन्टमा लगिएको छ । हालसम्म सो रेष्टुरेन्टमा केही समय राखेर ३१ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो र डंगर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । 

निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपालपक्षी संरक्षण संघले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् । स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ गिद्ध ल्याइ प्रजनन केन्द्रमा राखिएको थियो ।
अर्को समाचार
सिंह पाल्ने सोख छ
२९ जेष्ठ २०७७
•
२ मिनेट पाठ
सिंह पाल्ने सोख छ
हार्दिक न्यौपाने,  




कक्षा –२,

अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।  

मलाई सिंह धेरै मन पर्छ । सबै जनावर मन पर्छ । तर सिंहचाहिं धेरै मन पर्छ । सिंहचाहिं डेन्जर हुन्छ । भेट्यो भने दशएघार वटा हरिण खाइदिन सक्छ । घरको दुई फ्लोरबाट जम्प गर्न सक्छ ।  सिंह बाघ जस्तो हुन्छ । तर कलर फरक हुन्छ । सिंहको टाउकोमा कपाल हुन्छ । त्यही हो फरक । सिंह पहेंलो कलरको हुन्छ ।  

सिहं पाल्यो भने धेरै फाइदा छ । सिंहलाई  दिनहुँ मासु दिनुपर्छ । सिंहलाई मासु दिंदा हामीले पनि दिनहुँ मासु खान पाउछौं । कि सिंहलाई पनि भेजिटेरिएन बनाइदिने हो कि ? तर सकिंदैन होला । मासुभित्र साग र भात हालिदियो भने खानी बानी पनि पर्न सक्छ किन ? त्यसलाई जहिल्यै खानी रंगले साग पेन्टिङ गरिदियो भने मासु नै भन्ठान्न पनि सक्छ कि । रङ हाल्दैमा कसरी खाला र ?  बास्ना सुँघ्दा मासु जस्तो बास्ना  आउँदैन होला फेरि । जहिल्यै मासु खुवाउन के सकिएला र ? खसी र बाख्रा त महँगो हुन्छ । चिकेन खान्छ होला कि खाँदैन होला ? पनिर ल्याएको दिन पनि पनि दिन्छु । खान्छ होला किन ?  

सिंह पाल्यो भने हाम्रो घरमा कोही गुण्डा आयो भने खाइदिन्छ । हाम्रो सेफ्टीका लागि पनि पाल्न लागेको हो । त्यसको फिलिङस् बुझ्नुपर्छ ।  त्यसले भनेको बुझ्नुुपर्छ । अनि पाल्न सजिलो हुन्छ । त्यसलाई धेरै दुख दिएन भने, त्यसलाई जिस्काएन भने त्यो हाम्रो फ्रेन्ड बन्न सक्छ । समाउन कठिन छ । शिकारी बोलायो भने मजाले समाइदिन्छ होला । बच्चा समाउनी हो । घरमा लगेर त्यसलाई स्याहार गरेर ठूलो भएपछि त्यो आफैं फ्रेन्ड भइहाल्छ । बाघ, सिहं किन्ने ठाउँ छ होला कि छैन होला ?  
घरमा धेरै ठाउँ छैन । सिंह पाल्न गिता दिदीको जग्गा भएको ठाउँमा अर्काे घर बनाउँछु । त्यहाँ ठूलो झरना पनि छ । लकडाउन खुलेपछि झरनामा गएर फोटो पनि खिच्छु ।  

 हार्दिक न्यौपाने –  वनजंगल जोगाऔं
पाल्न त खोज्छु । तर कहाँ पाइन्छ होला डेन्जरस एनिमल ? बाघ र सिंह पाइएन भने कुकुर भने पनि पालौंला नि । कुकुर पनि डेन्जरस नै हुन्छ नि । एलक्सन मालामुट कुकुर पाल्ने हो । यो पनि डेन्जरस् हुन्छ ।  

सिंहबाहेक हात्ती, जरायो, जेब्रा, जिराफ पाल्न मन छ । कोब्रा, अजिंगर पनि पाल्न मन छ । धेरै विष भएको साप, माउसुलो पनि पाल्न मन छ । विच्छीमा पनि विष हुन्छ । मलाई डेन्जरस एनिमल पाल्न मन छ । तर के गर्नु सबै पाल्न मिल्दैन । ठाउँ नै छैन । ठाउँ भए म चिडियाघरै बनाइदिन्थे । गुरिल्ला समेत पाल्न मन छ । डाइनोसर समेत पाल्न मन छ । तर के गर्नु दुनियाँमै छैन ।  

एक जनाले त अजिंगरै पालेको छ । कसरी समात्यो होला अजिंगर ? अजिंगर पालेको युटयुवमा हेरेको थिएँ । कुकुर, घोडा त जसले पनि पालेका छन् । म जस्तो खतरा मान्छेले त डेन्जरस एनिमल नै पाल्ने हो । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस