ओपीडिका दैनिक ५ हजार बिरामी कता गए ?
०१ वैशाख २०७७
•
११ मिनेट पाठ
ओपीडिका दैनिक ५ हजार बिरामी कता गए ?
पोखरा, - गण्डकी प्रदेशको सबैभन्दा ठुलोमा पर्छ यहाँको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यो अस्पतालसँग पाँचसय शैया क्षमता छ । सामान्य अवस्थामा दैनिक करिब १४ सय बिरामी यो अस्पतालमा मात्र बहिरंग सेवा (ओपीडि) लिन आउने गरेका थिए । 




यो बाहेक पोखरामा ठुला आकारका अरु थुप्रै अस्पताल छन् । ती अस्पतालका ओपीडिमा पनि क्षेत्रीयमा जस्तै बिरामीको भीडभाड हुन्थ्यो । बेलाबेला बिरामीको भीड बढेर अस्पतालमा सेवा लिन हम्मेहम्मे हुन्थ्यो । भीडभाडका बखत स्वास्थ्य परीक्षण गराउन गएका बिरामीले घन्टौ लगाएर पालो कुर्नुपर्ने बाध्यता थियो । यति सम्मकी ओपीडि टिकट लिन मध्यरातदेखि नै बिरामीको लाम लाग्ने गर्दथ्यो । चिकित्सकका अनुसार पोखरामा संचालित अस्पतालमा दैनिक ओपीडि सेवा लिने बिरामीको संख्या करिब पाँचहजार हुन्थ्यो । 

कोरोना भाईरस त्रासका कारण तीनसातादेखि मुलुक पुरै लकडाउन छ । मुलुक लकडाउन भएसँगै सरकारले सबै अस्पताललाई अत्यावश्यक सेवा बाहेक ओपीडि बन्द गर्न लगाएको छ । ओपीडि बन्द हुँदा अत्यावश्यक सेवा बाहेक नियमित उपचार र स्वास्थ्यमा आइपर्ने सामान्य समस्या लिएर बिरामी अहिले अस्पताल आउन पाएका छैनन् । अस्पतालसम्म पहुँच पुग्न नपाउँदा बिरामीले घरमै रोग पालेर बस्न बाध्य भएको भन्दै चकित्सकले चिन्ता जनाएका छन् ।  ठुलो संख्यामा बिरामी घरमै रोग पालेर बसिरहँदा दीर्घकालमा झनै समस्या निम्तिन सक्ने उनीहरुले बताएका छन् । 

कोरोना संक्रमणको त्राससँगै ठुलो संख्याका अरु बिरामी घरमै रोग पाल्न बाध्यः चिकित्सक

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालक निर्र्देशक डा. अर्जनु आचार्यले दैनिक १४ सय बिरामी उपचारका लागि ओपीडिमा आउने भएपनि अहिले ती बिरामी घरमै रोग पालेर बस्न बाध्य भएको बताए । ‘कोही पनि मान्छे बाध्य नभई अस्पताल पुग्दैन । जब मान्छेको स्वास्थ्यमा समस्या उब्जिन्छ, त्यो बेला अस्पताल धाउने हो,’ आचार्यले भने, ‘यो बेला ती बिरामी घरमै थुनिएका छन् । जटिल अवस्था नआएसम्म यतिबेला बिरामी अस्पताल आउन पाएका छैनन् । अहिले सामान्य भन्दै घरमै रोग दवाएर बसेका बिरामीलाई दीर्घकालमा समस्या आउन सक्ने जोखिम हुन्छ । यसबारेमा सोच्ने निकाय मौन छ ।’  

आचार्यका अनुसार सरकारी अस्पतालमा आउने बिरामी त झनै कम आयश्रोतका हुन्छन् । ती बिरामीले लकडाउन खुलेपछि पनि निजी अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउन सक्दैनन । त्यो बेला सरकारी अस्पतालले नै बिरामीको चाँप थेग्नुपर्र्ने अवस्था आउनेछ । ‘सबै बिरामी गाउँगाउँमा रोकिएका छन् । नियमित औषधी सेवन गर्नेले केहीदिनका लागि मौज्दात लगेका हुनसक्छन । तर, अब त मौज्दात औषधि पनि सकिने बेला भयो,’ आचार्यले भने, ‘अहिलेको त्रास छँदैछ । यो त्रास सकिएपछि पनि समस्या झनै थपिने चिन्ता छ । कोरोनाको त्रास सकिएपछि बिरामीको चाप थेग्न मुस्किल हुने अवस्था छ ।’ 

उनका अनुसार दसै तिहारको लामो बिदापछि ओपीडि खुल्दा बिरामीको चाप थेग्न समेत अस्पताललाई हम्मेहम्मे पर्दथ्यो । यो बेला त झनै लामो समयदेखि ओपीडि बन्द हुँदा बिरामी घरमै रोकिएको उनले बताए । उनका अनुसार ग्रामिण क्षेत्रका बिरामी त सवारी असुविधाले गर्दा अत्यावश्यक पर्दा पनि यतिबेला अस्पताल पुग्न सकेका छैनन । यसले उनीहरुको ज्यानै जान सक्ने जोखिम रहेको आचार्यले बताए ।

चिकित्सकका अनुसार डाइलोसिस सुरु नगरेका तर, नियमित औषधि सेवन गरिरहेका मिर्गाैलाका बिरामी, मधुमेह, कलोजो, मुटुको शल्यक्रिया गरेका लगायतका बिरामी बढी जोखिममा हुन्छन । झट्ट हेर्दा ती जटिल अवस्थाका बिरामी हुँदैनन, तर, चिकित्सकको नियमित निगरानी चाहिने ती जस्ता बिरामी अहिले बढी मर्कामा परेको चिकित्सकहरुको भनाई छ । 

वरिष्ठ फिजिसिजन डा. बुद्धिबहादुर थापा पनि बिरामी घरघरमा रोकिँदा चिन्ता बढेको बताउँछन् । उनले पनि कोरोना संक्रमण सामान्य हुँदै गएर लकडाउन खुल्दाको दिन ओपीडिमा बिरामीको दवाव थेग्न नसक्ने अवस्था आउने बताए । सबैभन्दा ठुलो क्षेत्रीय अस्पताललाई कोरोनाको विशिष्टिकृत अस्पताल बनाएकोले पनि धेरै बिरामी सस्तो सेवा पाउनबाट बञ्चित हुने अवस्था आउने उनले बताए । 

‘लकडाउन खुलेपनि कोरोना त्रास अहिल्यै सकिन्न । त्यसैले क्षेत्रीय अस्पताल कोरोनाका लागि छुटयाएपछि अरु बिरामीले सस्तोमा उपचार नपाउने अवस्था केही समय रहन्छ । त्यसले झनै समस्या निम्त्याउनेछ,’ थापाले भने, ‘यतिबेला सबैतिर कोरोनाले मात्र चर्चा पाएको हो । तर, घरघरमा रोकिएका बिरामी लकडाउन खुल्दाको दिनदेखि अस्पतालमा थपिनेछन् । त्यो बेला झनै जनशक्ति अभाव हुनेछ ।’ अरु कुनै सानो आकारको अस्पतालाई सुरुमा कोरोनाको विशेष अस्पताल बनाएर ठुलो आकारको क्षेत्रीयलाई तयारी अवस्थामा राख्नुपर्ने हो, तर, त्यो हुन नसकेको उनले बताए । ‘इमर्जेन्जीमा बिरामीलाई उपचार गर्ने भनिएको छ । तर, पनि समस्या छ,’ उनले भने । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले पनि ओपीडि सेवा बन्द हुँदा बिरामीलाई अप्ठेरो परेको बताए । ‘कोरोना संक्रमणबाट जोगाउनका लागि ओपीडि बन्द गरिएको हो । त्यसले बिरामीलाई अप्ठेरो परेको छ,’ उनले भने, ‘अहिले बिरामी गाउँमै रोकिन बाध्य भएका छन् । तर, कोरोना सहज भएर लकडाउन खुलेपछि उनीहरु अस्पताल आउनेछन् । अहिले पनि अत्यावश्यक सेवा सबैतिर सुचारु नै छ,त्यसैले जटिल अवस्था छैन ।’ पोखरामा प्रयाप्त स्वास्थ्य संस्था रहेकोले पनि लकडाउन पछिको अस्पतालको भीडभाड  व्यवस्थापन गर्ने उनले बताए । ‘अहिले कोरोना मुख्य समस्या रह्यो । तत्कालै आवश्यक परेकोले क्षेत्रीय अस्पताललाई कोरोना विशेष बनाएका हौ,’ उनले भने, ‘अब भने सरुवा रोगका लागि भिन्दै अस्पताल बनाउने योजना बनिसकेको छ । सरुवा रोगको विशेष अस्पताल बनेपछि अहिले चलेका अस्पतालाई सहज हुनेछ ।’ 

चिकित्सक संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष डा. राजन शर्मा पनि लकडाउन सम्भावित कोरोना महामारीलाई लक्षित गरिएपनि अरु बिरामीको पीडा बढ्दै गएको बताउँछन् । ‘ओपीडिको भीडभाडबाट कोरोना नसरोस भनेर बन्द गरिएको हो । विश्वमै लकडाउन भएका मुलुकमा यस्तै गरिएको छ,’ शर्माले भने, ‘तर अरु बिरामीलाई भने मर्का परेको छ ।’ अत्यावश्यक अवस्थामा मात्र अहिले अस्पताल आउने हुँदा ठुलो संख्यामा बिरामी घरमै रोग पालेर बसेको उनले बताए । बिरामी घरमै रोकिँदा दीर्घकालिन समस्या निम्तिने उनले बताए । ‘लकडाउन खुलेर एकैपटक मान्छे ओर्लिदा अस्पतालले थेग्न सक्ने अवस्था रहन्न । यसबारे धेरैको ध्यान नपुगेको हो,’ उनले भने, ‘नीति नियम बनाउँदा स्वास्थ्य सम्बन्धित जानकारी दिने विज्ञ चाहिन्छ । तर, यहाँ त्यस्ता विज्ञको खोजि नै गरिन्न ।’

अहिले पनि बिरामी अस्पताल आउन डराएको उनले बताए । ‘गाउँमा रोग पलाईरहेको छ,’ उनले भने, ‘यसले अवश्य समस्या निम्त्याउँछ ।’ पोखराका अस्पतालका ओपीडिमा आउने दैनिक करिब ५ हजार बिरामी थपिँदै जाँदा उनीहरुको हालत के होला भन्ने चिन्ता रहेको उनले बताए । ‘अहिले त अत्यावश्यक भएमा ५० जनाजति इमर्जेन्सीमा आएका होलान, तर ओपीडि खुलेपछि बाढी आएजस्तो हुनेछ,’ उनले भने ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस