रक्कीलाई पछ्याउँदा सेतीखोंचमा
२८ माघ २०७६
•
९ मिनेट पाठ
रक्कीलाई पछ्याउँदा सेतीखोंचमा
पोखराको सेतीखोंचमा खसेका आकाशलाई सोमबार उद्धार गर्दै प्रहरी। तस्बिर : नागरिक
पोखरा – मोटर ग्यारेजमा काम गर्ने २२ वर्षीय आकाशको साथी थियो रक्की (कुकुरको नाम)। आकाशलाई देख्नासाथ काखमा लुटपुटिने रक्की खाना खाँदा पनि साथमै हुन्थ्यो। आकाश पनि रक्कीलाई औधि माया गर्थे, आफ्नो भाग चुँडेर खुवाउँथे, मुसार्थे अनि फुर्सद पाउँदा काखमा लिन्थे। आकाशको खाना पाउँदा रक्की झनै खुसी हुन्थ्यो। आकाशसँगै खेल्ने चाहना रक्कीले पनि राख्थ्यो।




त्यही रक्की केही दिनदेखि हराउँदा सबैभन्दा बढी चिन्तित थिए आकाश। किनकि, रक्कीले आकाशलाई साथ दिन्थ्यो, माया देखाउँथ्यो, देख्नासाथ पुच्छर हल्लाउँथ्यो अनि खेल्न र लुटपुटिन आउँथ्यो। हराएको रक्की कहाँ गयो होला, के खायो होला भनेर सोच्थे आकाश। कतैबाट रक्की दौडँदै आइहाल्छ कि भन्ने लाग्थ्यो आकाशलाई।

रक्की त हरायो तर त्यसको आवाज भने आकाशको मात्र नभई टोलका धेरैका कानमा गुन्जिरहेको थियो। कता हो कताबाट रक्कीको आवाज आएजस्तो सबैले सुनिरहेका थिए। सोमबार बिहान सवा ७ बजेतिर दाँत माझ्दै रक्कीको आवाज पहिल्याउँदै ग्यारेज पछाडि पुग्दा उनी एक्कासि सेतीको खोंचमा खस्न पुगे। सुरुमा त आकाशले पनि भेउ पाएनन् तर खोंचमा खसेको चाल पाएपछि उनी एकाएक अत्तालिए। केही परको दुरीको खसेको भए त साँघुरिएर बगेको सेतीको पानीमै पुग्थे तर संयोगवश बीचमै अड्किए।

आकाश हराएपछि ग्यारेजमा सँगै काम गर्ने साथीहरूले चिच्याउँदै खोंचतिर नियाल्न थाले। आफूलाई बोलाएको सुनेपछि आकाशले खोंचमा अड्किएको जनाउ दिए। त्यो खबर प्रहरीकहाँ पनि पुग्यो। बैदाम चौकी र गणको उद्धार टोली तत्काल उद्धारमा खटियो र आकाश–रक्कीलाई बचायो। आकाश उपचारपछि घर फर्किए।

पोखराको मध्य भाग भएर बग्ने सेती नदी भित्रभित्रै लुकेको छ। खोंचबाहेक आसपासका छेउमा पर्याप्त खाडल छन्, त्यसमा कहिले मान्छे त कहिले पशु खस्न पुग्छन्। खोेंचमा खसेका जोकोहीले तत्कालै उद्धार नपाए ज्यानै गुमाउँछन्। त्यसो त सेतीमा खसेपछि उद्धार पनि उत्ति सहज छैन। बेग्लै तरिका अपनाउनुपर्छ। नत्र खोजीमा खटिने व्यक्तिसमेत जोखिममा पर्छ। तर संयोगले सोमबार आकाश भने केही माथि अड्किएकाले जोगिए। आकाश मात्र जोगिएनन्, उनको प्यारो साथी रक्की पनि त्यही खोंचमा जीवितै भेटियो।

सेती खोंचको छेउमै रहेको ग्यारेजमा चारपाँच वर्षदेखि काम गर्थे म्याग्दी बाबियाचौर घर भएका आकाश। उनले कक्षा ९ सम्म अध्ययन गरेका छन्। आकाश बीचैमा पढाइ छाडेर ग्यारेजमा खटिएका थिए। उनीसँगै ग्यारेजमा आठजना युवा बस्थे। आकाशका बुबाआमा पनि पोखराको दीपमै बस्छन्। दाजु लेकसाइडमा काम गर्छन्। बुबा तुलबहादुर ट्रेकिङ गाइड हुन्। ग्यारेजमै खटिँदा छेउकै अर्काे ग्यारेजका सञ्चालकले पालेका थिए रक्कीलाई। तर रक्कीको दोस्ती भने आकाशसँग थियो। त्यही भएर रक्की सकभर आकाशलाई छाड्न चाहँदैनथ्यो।

‘सानैदेखि रक्की मसँगै खेल्थ्यो। भाग चुडाएर भए पनि रक्कीलाई खुवाउँथे, मासु भनेपछि रक्की साह्रै नै खुसी हुन्थ्यो,’ आकाशले भने, ‘मलाई पनि फुर्सदमा रक्कीसँग खेल्न पाउँदा रमाइलो लाग्यो।’ एकाएक हराए पनि रक्कीको आवाज भने कता हो कता उनले पनि सुनेका थिए। त्यही आवाज पछ्याउने क्रममा सोमबार बिहान आफू खोंचमा खसेको उनले बताए। ‘खोंचबाट आवाज आएजस्तो लागेको थियो। यस्तो खाडलतिर जाँदा त चिप्लिएर आफैं खोचमा खसेछु,’ उनले भने, ‘झन्डै बीचमै अड्किएछु, नत्र त केही दूरी पर खसेको भए सिधै सेतीको पानीमा बग्ने रहेछु।’

आकाशभन्दा केही तल त्यही अड्किएको थियो रक्की। रक्कीले एकाएक आकाशलाई देख्दा झनै माया दर्साएको उनले बताए। ‘माथिबाट साथीहरूले मलाई बोलाएका रहेछन्। मैले अप्ठेरोमा अड्किएको अनुभव नै गरेको रहेनछु। किनकि, रक्कीलाई देख्दा म खुसी थिएँ। रक्की पनि मलाई देख्दा खुसी देखिन्थ्यो,’ आकाशले सुनाए, ‘तर माथि उक्लिन भने निकै कठिन रहेछ। पछि उद्धारकर्ताले डोरीको सहायताले हामीलाई बाहिर निकाले। बाहिर निस्केपछि मात्र धन्न ज्यान गएन भन्ने लाग्यो।’

आकाशका बुबा तुलबहादुरका अनुसार व्यस्तता र बिहान–बेलुका आउजाउ गर्दाको झन्झटले उनी ग्यारेजमै बस्थे। ‘काममा सुविधा होस् भनेर हामीले आकाशलाई ग्यारेजमै बस्न दिएका हौं,’ तुलबहादुरले भने, ‘धन्न ज्यानै जाने अवस्था आएन। बेलैमा सूचना पाउँदा छोराको ज्यान जोगियो।’ तुलबहादुरका दुई छोरामध्ये आकाश कान्छा हुन्। ‘आकाश कुकुर भनेपछि सानैदेखि हुरुक्क हुन्थ्यो। खानेकुरा दिने भएकाले रक्की आकाशकै साथी बनेको थियो,’ उनले भने, ‘रक्की आकाशलाई छाड्नै चाहन्नथ्यो। कुकुर हराएको भनेर आकाशले हामीलाई समेत भनिसकेको थियो।’ उद्धारपछि घाउचोट नभएकाले आकाश बुबाआमासँगै दीपमा बस्न पुगेका छन्।

बैदाम चौकीका डिएसपी यादव ढकालका अनुसार सेतीको खोंचको झन्डै ७० मिटर तल आकाश खसेका थिए। रक्की आकाशभन्दा पनि तल खसेको थियो। तालिमप्राप्त टोलीले डोरीको सहायताले दुई घन्टा लगाएर उद्धार गरेको डिएसपी ढकालले बताए। ‘एक–दुई मिटर पर खसेको भए सीधै खोलामा मिसिने अवस्था थियो,’ उनले भने, ‘बीचमै अड्केकाले ज्यान जोगियो।’ डोरीको सहायताले खोंचमा उद्धार गर्नुपर्ने अवस्था आएको उनले बताए। ‘खोंच निकै नै जोखिमपूर्ण छ। जोकोही उद्धारकर्ता त्यहाँ झर्न सक्दैनन्,’ उनले भने, ‘तालिमप्राप्त टिम मात्र चाहिन्छ।’ प्रहरीको गणसँग यस्तो तालिमप्राप्त टिम छ। यो टिमले बेलाबेला यस्तै उद्धारका काम गर्छ।’

आकाश सेती नदीभन्दा केही माथी खोंचमा अड्किएको अवस्थामा आफूहरूले उद्धार गरेको नेपाल प्रहरीको उद्धार टोलीका संयोजक श्याम श्रीवास्तवले बताए। ‘उनी खोचमा नअड्किएको भए उद्धार गर्न समस्या पथ्र्यो,’ उनले भने, ‘नदीमै परेको भए बगाउँथ्यो।’ श्रीवास्तवका अनुसार उद्धार गर्दाको अवस्थासम्म आकाश निकै त्रसित अवस्थामा भेटिएका थिए। ‘अप्ठेरो खोंचका बाबजुद हामीले डोरीको सहायताले झुन्डिएर आकाशसम्म पुग्यौं र जीवितै उद्धार गर्न सकियो,’ उनले भने।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस