जाहेरी लिनै मान्दैनन् प्रहरी
०६ माघ २०७६
•
७ मिनेट पाठ
जाहेरी लिनै मान्दैनन् प्रहरी
पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रकम दिएको भौचर बोकेर जाहेरी दिन आएका नगरकोटका नुक्रबहादुर तामाङ। तस्बिरः शिवहरि/नागरिक
काठमाडौं – छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा जाहेरी दिन पुगे। भर्खर प्लस टु सकाएर बसेका छोराले विदेश जाने रहर गरेपछि उनले दलालमार्फत छोरालाई साइप्रस पठाउन तयार भएका थिए।




दलालले दसैंको फूलपातीअवागै पठाउँछु भनेर आश्वासन दिएपछि उनले पाँच लाख रुपैयाँ ऋण खोजेर दलालाई बुझाएका थिए। तर भोलिभोलि भन्दै दलालले विदेश पठाउन झुलाउन थालेको पाँच महिना बित्यो। छोराले कमाएर पठाएपछि पुसभित्रै किस्ता तिर्छु भनेर सर्त राखेका तामाङ छोरा विदेश नजाँदै किस्ता तिर्ने बेला आएपछि छटपटाइरहेका छन्। दलाल अभिषेक सिंह भने फरार छन्। दलाल सम्पर्कमा नआएपछि तामाङ मेट्रोमा जाहेरी दिन पुगेका थिए। तर त्यहाँ प्रहरीले उनको जाहेरी लिन मानेन। भक्तपुरमै जाहेरी दिनुस् भनेर फर्कायो। ‘भक्तपुरमा दुई महिनाअघि नै जाहेरी दिन गएको थिएँ, अहिले हुँदैन पछि आउनुस् भनेर फर्कायो,’ उनले भने, ‘नजिकका एकजनाले मेट्रोमा जानुस् भनेका थिए, यहाँ त झन् जाहेरीले नै लिन मानेन।’

शंखमूलका अनिश उपे्रतीको कोठाबाट आइतबार ल्यापटप र १० हजार रुपैयाँ चोरी भयो। उनी महानगरीय प्रहरी परिसर काठमाडौंका जाहेरी दिन पुगे। तर उनको जाहेरी प्रहरीले लिन मानेन। बानेश्वर वृत्तमा जान सुझाव दिइयो। उप्रेती परिसरबाट सरासर बानेश्वर वृत्तमा आएर खोजतलास तथा उजुरी शाखाभित्र छिरे। जाहेरी दिन नपाउँदै प्रहरीले भन्यो, ‘यस्तो जाहेरी यहाँ लिँदैनौं, ल्यापटप र मोबाइल हराएको जाहेरी परिसरमै दिनुपर्छ।’ उपे्रती झन् अलमलिए। हराएको सामान फेला पर्ला भन्ने आसमा पुनः परिसर पुगे। दोस्रोपल्ट परिसर पुग्दा प्रहरीको हप्की खाएपछि उनी जाहेरी नदिई फर्किए। आइतबार टेकु परिसरमा भेटिएका उनले भने, ‘वृत्तमा गएको परिसर जानू भने परिसर गएको प्रहरीले झर्को मानेपछि फर्किएँ।’

दुई वर्षअघि ऋण लिएको व्यक्तिले म्याद नाघिसक्दा पनि पैसा फिर्ता नगरेपछि कुपण्डोलका राजेश अधिकारी जाहेरी दिन शुक्रबार महानगरीय प्रहरी परिसर जावलाखेलमा पुगे। उनको पनि परिसरले जाहेरी लिनै मानेन। घटनास्थलको नजिकको प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनी महानगरीय प्रहरी परिसर टेकुमा आए। त्यहाँ आएर उनले जाहेरी दिन खोजे तर प्रहरीले लिनै मानेन। त्यहाँको प्रहरीले नजिकको प्रहरी कार्यालयमा जाहेरी जानुस् भनेपछि उनी अलमलमा परे। ‘तीन लाखको कारोबार हो। दुई वर्षअघि चिनजानकै व्यक्ति उदय श्रेष्ठलाई दिएका थिएँ। उसले पैसा फिर्तै दिएन। प्रहरीकहाँ जाहेरी दिन गएको लिनै मानेन। सानातिना मुद्दा भनेर बेवास्ता गर्दा रहेछन्,’ उनले सुनाए।

आफू ठगिएपछि प्रहरी प्रशासन गुहार्दै जाहेरी दिन पुगेका पीडित व्यक्तिले प्रहरीबाट भोगेका अनुभव साँच्चिकै तीता छन्। पीडितहरू अपराधीलाई कारबाहीको माग राख्दै प्रहरी प्रशासलाई गुहारे पनि प्रहरीले भने चासै दिँदैन। बरु यहाँ जानुस्, त्यहाँ जानुस् भनेर उल्टै पीडितहरूलाई नै घुमाउँछ। पीडित व्यक्तिका अनुसार प्रहरीले सानातिना अपराध भनेर जाहेरीलाई बेवास्ता गर्ने गरेको छ। ‘प्रहरीले पनि सानाठूला अपराध भनेर छुट्याउँदो रहेछ, थोरै रकम ठगेको छ भने त्यसलाई त्यति चासोका साथ लिँदो रहेनछ,’ एक पीडितले भने, ‘वैदेशिक रोजगारमा दलालले ठगेपछि तीन महिनाअघि परिसरमा जाहेरी दिएको प्रहरीले फाइल नै अघि बढाएको रहेनछ, फलोअपमा जाँदा उल्टै हप्काए।’

प्रहरीले आवश्यक सहजीकरण गर्न र जाहेरी लिन नमान्दा कानुनी र कारबाही प्रक्रिया नबुझेका सर्वसाधारणले दुःख पाउने गरेका छन्।

परिसरका डिएसपी कृष्ण कुमार चन्दले क्षेत्राधिकार अनुसार प्रहरी कार्यालयहरुले काम गरिहरहेको दाबी गरे। उनले पीडितहरूले नजिकको प्रहरी कार्यालय छाडेर टाढाको प्रहरी कार्यालय रोज्दा अनावश्यक दुःख भोग्नुपरेको बताए। ‘सबै मुद्दा एकै ठाउँबाट हेर्न थालेपछि कार्यालयमा मुद्दाको चाप बढ्छ, त्यसकारण पनि प्रहरीले ठाउँ–ठाउँमा कार्यालय सञ्चालन गरेको हो, आफूलाई पायक पर्ने प्रहरी कार्यालयमा गएर पनि दुःख पाइयो भने मात्रै अरू कार्यालयमा आउनु राम्रो हो,’ उनले भने।

उनका अनुसार पछिल्लो समय परिसरमा जाहेरी र मुद्दाको चाप बढेको छ। पीडितहरूले सोधीखोजी नगर्दा आफैं दुःख पाउने गरेका छन्। तर प्रहरीले संवेदनशील मुद्दालाई छिटो टुंगो लगाउन खोज्दा कतिपय साना मुद्दा लत्रिने गरेका हुन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस