जसले ३२ वर्षपछि न्याय
१० मंसिर २०७६
•
८ मिनेट पाठ
जसले ३२ वर्षपछि न्याय
काठमाडौं – पञ्चायतकालमा रिभल्बर चोरीको अभियोगमा चरम यातना दिई जागिरबाट समेत निकालिएका एक निर्दोष प्रहरीले ३२ वर्षपछि न्याय पाएका छन्। सर्वोच्च अदालतले गोर्खाको पृथ्वीनगरपालिका–८ का ठिगुरेश्वाराका तत्कालीन प्रहरी हवल्दार खुलबहादुर कुँवरलाई राज्यबाटै क्षतिपूर्ति भराउने ठहर गरेको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले राज्यको निकायको लापरबाहीपूर्ण कामको परिणाम बिनाकसुर निर्दोषले सजाय भोग्नुपरेको ठहर गर्दै दुई महिनाभित्र क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश गरेको हो। २०४५ सालमा तत्कालीन प्रहरीले दुईवटा रिभल्बर चोरेको आरोपमा कुँवरलाई थुनामा राखेर चरम यातना दिएको थियो। बिनाकसुर अभियोग लगाई चार वर्षसम्म जेलमा यातना दिएर कुँवरलाई अन्ततः प्रहरीको जागिरबाट समेत हटाइएको थियो।




‘थुनामा राखिएको मितिदेखि अवकाश हुँदासम्म प्रहरी सेवामा पाउने तलबभत्ता, निवृत्तिभरण समेतको सुविधा दिनू,’ सर्वोच्चको निर्णयमा भनिएको छ, ‘सुविधा दिन कानुनबमोजिम निवृत्तिभरणको रकम आदेश भएको दुई महिनाभित्र उपलब्ध गराउनू भनी सरकारको नाममा परमादेशसमेत जारी गरिएको छ।’ रिभल्बर चोरीमा निवेदकको कुनै प्रकारको संलग्नता नरहेको र उनले चोरी गरेको भनिएको रिभल्बर अरूबाटै बरामद भएको पनि फैसलामा बताइएको छ। रिभल्बर चोर्नेले समेत गल्ती कबुल गरी मुद्दा चलिसकेको सर्वोच्चले फैसलामा उल्लेख छ।

रिभल्बर चोरीको अभियोगमा निवेदक कुँवरलाई चार वर्ष कैद र एक वर्षबराबरको तलब जरिवाना हुने सजाय गरेको जिल्ला प्रहरी विशेष अदालत काठमाडौंले गरेको थियो। प्रहरी विशेषको २०४५ भदौ २४ को फैसलालाई मध्यमाञ्चल क्षेत्रीय प्रहरी विशेष अदालत पाटनले सदर गरेको थियो। २०६९ फागुन ११ मा प्रहरी विशेष पाटनको फैसलामा प्रत्यक्ष कानुनी त्रुटि देखिएको सर्वोच्चको ठहर छ। फैसला गर्दा निवेदक सुनुवाइको मौकासमेत नदिइएकाले प्राकृतिक न्यायको सिद्धान्तविपरीत पुष्टि भएको सर्वोच्चको फैसला छ। कामकारबाहीका सन्दर्भमा राज्यबाट क्षतिपूर्ति पाउने हकदार रहेको ठहर छ। प्रहरी सेवामा रहँदाकै अवस्थामा गलत रूपमा गरिएको अनुसन्धान, अभियोजन, न्याय सम्पादनको परिणामस्वरूप निवेदकले कैदमा बसी प्रहरी सेवाको पदबाट समेत हटाइएको थियो।

पन्चायतकालमा सजाय, गणतन्त्रमा क्षतिपूर्ति,

बिनाकसुर चार वर्ष जेलमा परी चरम यातना पाएका खुलबहादुर कुँवरलाई ३२ वर्षपछि न्याय मिलेको छ।

‘निवेदकमाथि भएको अन्यायपूर्ण कामको बदलामा कुनै मौद्रिक क्षतिपूर्तिले भरिपूर्ण हुनेछैन। तैपनि निजलाई चोरीको अभियोगमा थुनामा राखिएको मितिदेखि अवकाश हुने मितिसम्मको तलबभत्तासहित निवृत्तिभरणको व्यवस्था गर्नू,’ सर्वोच्चको ठहर छ, ‘रिभल्बर चोरीको अभियोगमा अन्यायपूर्ण तवरबाट थुनामा राखिएकाले स्वच्छ सुनुवाइको अवसर नदिएर जबर्जस्ती रूपमा कैद सजाय गरिएको छ।’ कैदमा बसेर निस्केपछि रिभल्बर अर्कैसँग रहेको पुष्टि भएको थियो। निर्दोष हुँदाहुँदै राज्यका निकायको लापरबाहीपूर्ण कामकारबाहीको परिणामस्वरूप अनाहकमा कैदमा बस्नुलाई दूर्भाग्यपूर्ण भनिएको छ। त्यसकारण राज्यले क्षतिपूर्ति दिनुपर्ने ठहर गरिएको जनाइएको छ। सर्वोच्चले गत साल फागुनमा गरेको निर्णयको पूर्णपाठ हालै सार्वजनिक गरेको हो।

घटना विवरण

खुलबहादुर कुँवर २०३६ फागुन १ गते जवान पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। उनी २०४२ साउन १८ गते हवल्दार पदमा बढुवा भए। त्यसपछि उनी तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र काठमाडौंमा सरुवा भए। २०४४ माघमा उनी कार्यरत कोतमा रहेका दुई थान रिभल्बर चोरी भयो। त्यसको आरोप उनीमाथि लाग्यो। रिभल्बर चोरीको आरोपमा उनलाई थुनामा राख्नुका साथै उनका सहकर्मी यज्ञबहादुर केसी समेतलाई नियमित यातना दिई सोधपुछ गरिएको थियो। उनीहरूले आफूहरूलाई रिभल्बरबारे केही थाहा नभएको बताएका थिए। तर पनि उनीहरूलाई थुनामा राखेर कुट्ने, हातको नङ तान्ने, हबाँधेर पिँडुला, तिघ्राको पछिल्लो भागमा कुटेर यातना दिइएको थियो।

सोधपुछ गर्ने निहुँमा घाइते बनाइएको तर उपचारसमेत नगरिएको कुँवरले सर्वोच्चमा दिएको रिट निवेदनमा उल्लेख छ। आँखामा कालोपट्टी, हातमा हतकडी लगाई मध्यरातमा रानीवनमा लगेर रूखमा बाँधेर मृत्युदण्डसमेत दिने भनी धम्क्याइएको पनि उनले बताएका छन्। त्यसपछि कुँवरलाई २०४५ भदौमा कारागार पठाइएको थियो। त्यसबेला यातनाका कारण उनका गोडाका विभिन्न भाग कुहिएर मासुका टुक्रा झरेका थिए। उनलाई चार वर्षसम्म जेलमै राखियो। २०४८ मंसिर १४ गते उनी कारागारबाट छुटेर घर गए। त्यसपछि घनश्याम अधिकारीले आफू पूर्वप्रहरी कर्मचारी भएको, चोरी भएको भनिएको रिभल्बर तालिमको बेला कोतबाट आफूले चोरेको बताएका थिए। आफूले अपराध गरेको र निर्दोष प्रहरीले यातना भाग्नुपरेको देख्दा आत्मग्लानि भएर जिल्ला प्रहरी काठमाडौंमा आत्मसमर्पण गरी रिभल्बर बुझाएर धनश्याम थुनामा बसेका थिए।

त्यसपछि कुँवरले आफूलाई कुन अभियोगमा थुनामा राखियो भन्दै २०६० सालमा प्रहरी प्रहरी क्षेत्रीय विशेष अदालत पाटनमा गएका थिए। त्यहाँ उनले घनश्यामविरुद्ध पुनरावेदन गरेका थिए। अधिकारीले नै रिभल्बर चोरेको प्रमाणित गरी जेलमा राखिएको उल्लेख गरेका थिए। उक्त अदालतले पुनरावेदन पत्रको म्याद गुज्रिऐको भन्दै २०६४ जेठ २३ मा खारेज गरेको थियो। त्यसपछि उनले २०६९ सालमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। त्यही रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कुँवरलाई न्याय दिएको हो।
अर्को समाचार
वीर अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति
०९ पौष २०८१
•
२ मिनेट पाठ
वीर अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति
प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।




समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न आफ्नो छुट्टै अस्पताल स्थापना गरी सञ्चालन गर्न वा सरकारको केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यस्तो अस्पतालाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न उक्त सहमति भएको हो।

समितिका सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भने, “दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ।”

समितिका सदस्य महेश बर्तौला, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र रामकुमार राईलगायत सदस्यले सरकार मातहतमा एउटा केन्द्रीय अस्पताल हुनुपर्ने र सरकारको स्वामित्वमा वीर अस्पताल राख्नुपर्ने धारणा राखेका थिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि ऐन संशोधन गर्नका लागि सरकारले मस्यौदा तयार गरिरहेको र संशोधन नहुँदा काम गर्न व्यावहारिक कठिनाइ भएको बताए।

दफा १२ मा औषधि ऐन २०३५ का विषयमा छलफल थियो। उक्त दफामा औषधि उत्पादन, अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकणको विषयहरु रहेको थियो।

सरकारले उत्पादन अनुज्ञापत्र पाँच वर्ष, प्रमाणपत्र तीन वर्ष, सिफारिसपत्र तीन वर्ष र प्रमाणपत्र तीन वर्ष तोकिएको र अवधि समाप्त हुनुअघि सम्बन्धित व्यक्तिले तोकिएको दस्तुर तिरेर नवीकरण गर्न सकिने व्यवस्था गरेको थियो।

सोही व्यवस्थाप्रति समितिले पनि सहमति जनाएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस