चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र
२० असोज २०७६
•
४ मिनेट पाठ
चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र
भरतपुर – चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ। पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार  गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गरे। सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो। अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको थिएन।




लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गरेका छन्। अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले रु १२ लाख ३१ हजार १६१ सहयोग गरेको थियो।

यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट र १० लाख रूपैयाँ, साविक बछौली गाविस(रनपा वडा नं ५, ६ र ७) बाट चार लाख रूपैयाँ, थारु सांस्कृतिक सङ्ग्रहालयको आन्तरिक स्रोतबाट पाँच लाख रूपैयाँ, स्वयंमसेवी विद्यार्थी फ्रान्सबाट  दुई लाख रूपैयाँ र अन्य सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिए।

कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरिएको थियो। उनलाई कार्यक्रमका सभापति रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सम्मान पत्र प्रदान गरेका थिए। कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चितवनको पर्यटन थारु समुदायसँग जोडिएकोले थारु संस्कृति जोगाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए।

कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले थारु समुदायको बारेमा चासो राख्ने र अनुसन्धान गर्नेका लागि अनुसन्धान केन्द्र सहयोगी बन्ने बताए।

बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना भएको थियो। अहिले यो सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन्। स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक सङ्ग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन्।

कार्यक्रममा नेपाल जर्मन फ्रेण्डसिपका अध्यक्ष तथा एनआरएनएका पूर्वउपाध्यक्ष रामप्रताप थापा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख रामकुमार अर्याल, रनपा ५ का वडाध्यक्ष कृष्ण महतो, थारु कल्याणकारिणी सभाका पूर्वकेन्द्रीय सदस्य, थारु सङ्ग्रहालयका सल्लाहकार सत्यनाराण चौधरी, सङ्ग्रहालयका संरक्षक वासु चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुङ्गानालगायतले मन्तव्य राखेका थिए।रासस
अर्को समाचार
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
१ घण्टा अघि
•
१ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
पोखरा। गण्डकी प्रदेश प्राकृतिक रूपमा मात्र होइन, भाषा र संस्कृतिको हिसाबले पनि धनी छ। यहाँ १०३ जातजातिले ७२ मातृभाषा बोल्छन् भनिन्छ। सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण संस्कृति रहेको गण्डकी देशकै भाषा, संस्कृतिमा नमुना मानिन्छ।




तर नवपुस्ताले आफ्नो भाषा बोल्न छाड्दै गएका छन्। मौलिक लोकभाका हराउँदै गएको छ भने परम्परागत संस्कृति पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेका छन्।

यही नयाँ पुस्ताले बोल्न छाड्दै गएको भाषा, मौलिक लोकभाका र लोपोन्मुख संस्कृति संरक्षणमा गण्डकी प्रज्ञा–प्रतिष्ठान लाग्ने भएको छ। जसका लागि आगामी वार्षिक कार्य योजना तयार गरेर कार्यक्रमको प्राथमिकीकरण गरिएको प्रतिष्ठानले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रतिष्ठानको मंसिर ११ र १२ गते बसेको प्राज्ञ सभा बैठकले मौलिक भाषा, लोकभाका, बाजा, नाच र संस्कृतिलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहितको वार्षिक कार्य योजना पारित गरेको कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले बताए।

‘दशौं प्राज्ञ सभाबाट पारित कार्ययोजनामा लोपोन्मुख सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान, संरक्षण र पुस्तान्तरणलाई विशेष जोड दिइएको छ’,उनले भने। सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्य राखेको प्रतिष्ठानले प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई संरक्षण गर्दै सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी योजना बनाएको उनले बताए।

प्रतिष्ठानको वार्षिक कार्ययोजनामा गण्डकीका मुख्य १० भाषाका कक्षा सञ्चालन गर्ने उल्लेख छ। प्रतिष्ठानले चालु आर्थिक वर्षमा तमु (गुरुङ), मगर, नेपाल, दुरा, ढुट÷खाम, थारु, तामाङ, छन्त्याल, कुमाल र दरै भाषाका कक्षा सञ्चालन गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भाषा संरक्षण अन्तर्गत लोपोन्मुख भाषा र लिपिको अनुसन्धान, शब्दकोश निर्माण तथा लोकभाषाका शब्द सङ्कलन गरी ग्रन्थ प्रकाशन गर्ने योजना पनि प्रतिष्ठानको छ।

युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष्ठले बताए।

त्यस्तै, प्रतिष्ठानले गण्डकी प्रदेशको कामकाजी भाषाका रूपमा घोषित गुरुङ र मगर भाषालाई व्यवहारमै उतार्नका लागि आवश्यक कार्यमा सहकार्य गर्ने भएको छ।

‘गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने उद्देश्यले अघि सारेको नीतिलाई कार्यान्वयनमा सघाउने प्रतिष्ठानको योजना छ’,उनले भने,‘यसका लागि सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरी भाषा र लिपिलाई व्यवस्थित गरिनेछ।’

प्रतिष्ठानले भाषा संरक्षण र शुद्ध प्रयोगलाई प्रोत्साहन गर्न ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान’लाई निरन्तरता दिने भएको छ। यसअघि देखि नै सञ्चालनमा रहेको यो अभियानलाई प्रभावकारी बनाउने गरी प्रतिष्ठानले कार्य योजना बनाएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए। जसका लागि ३५ जना भाषा शिक्षक तयार गरिएको उनले बताए।

उनका अनुसार शुद्धतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले शुद्ध पुस्तकहरूको प्रतिष्ठान आफैले प्रकाशन गर्नेदेखि गण्डकीका लेखकहरूले प्रकाशित गरेका शुद्ध पुस्तकहरूलाई गण्डकी वर्ष पुस्तक घोषणा गरी पुरस्कृत गर्ने, स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलन आयोजना गर्नेसम्मका कार्यक्रम तय भएको छ।

प्रतिष्ठानले भाषासँगै हराउँदै गएका लोकसंस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेर कार्य योजना बनाएको छ। लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोकभाका, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउँखाने कथाको सङ्कलन गर्ने प्रतिष्ठानको योजना रहेको जनाइएको छ।

विभिन्न जातजातिका संस्कृतिको सर्वेक्षण, किंवदन्ती, जनश्रुति र लोकमन्त्रको सङ्कलन तथा होमस्टे संस्कृतिको दस्तावेजीकरणसमेत गरिने कार्य योजना बनेको सदस्य सचिव श्रेष्ठले बताए।

विशेष गरी लोपोन्मुख अवस्थामा रहेका मौलिक लोक भाकालाई नयाँ पुस्तासम्म पुर्‍याउन प्रतिष्ठानले संरक्षण अभियान सञ्चालन गर्ने, यानिमयाँ, सुनिमयाँ, साहिँलो दाइ, रेरे साइँलो, घुम्टेको भाका, कठै, सिलोक र कैकदमैजस्ता मौलिक भाकाको संरक्षणसँगै पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिने पनि श्रेष्ठले जानकारी दिए।

त्यस्तै, एकोहोरी तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्धनका कार्यक्रम पनि समेटिएका छन्। परम्परागत बाजा र नाचको संरक्षणका लागि धिमे, ढोङ्गी, टुना, खैजडी, मादल, सारङ्गी, अर्बाजो, मौरी, छ्याँडु र नौमती बाजा बजाउने तालिमलाई निरन्तरता दिइने भएको छ।

साहित्य र सिर्जनाको संरक्षणका लागि गण्डकी साहित्य डिजिटल अभिलेख निर्माण, स्रष्टाका सिर्जनाको संरक्षण, पुस्तक लेखनमा अनुदान र प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए। ‘स्मृतिमा स्रष्टा, धूनमा कविता’ कार्यक्रम गरिने उनले बताए।

ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिने जनाइएको छ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना रहेको श्रेष्ठले बताए।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने कार्य योजना बनेको श्रेष्ठले जानकारी दिए।

‘ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिनेछ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना छ’,उनले भने।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गरिने उनले बताए।

भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको प्रतिष्ठानले अनुसन्धानलाई पनि उत्तिकै महत्त्व दिएको छ। प्रतिष्ठानले अनुसन्धानका लागि अनुदानको व्यवस्था गरेको छ भने गण्डकीका प्रतिभा ग्रन्थ निर्माण गर्ने, गण्डकीका संघसंस्थाहरु शीर्षकमा अनुसन्धान गर्रा ग्रन्थ तार गर्ने, गण्डकी प्रदेशका भाषा, कोट, किल्ला तथा गढीहरु, मठमन्दिर, गुम्बा तथा थान, लोकमन्त्र, लोकविश्वास, औषधीमुलो, लोकगीत, लोककविता, लोकगाथा, लोककाव्य, लोककथा, उखान, लोकनाटक, टुक्का, गाउँखाने कथा, लोकबाजा, लोककला, प्रथा, पुरातत्व, नदीनाला, लोकजीवन, पर्यटनलगायत बारेको अनुसन्धानमा जोड दिइने सदस्य सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानले आफ्नै कार्यालय भवन बनाउनका लागि जग्गाको खोजी गर्ने भएको छ भने गण्डकी प्रदेशले स्थापना कालदेखि नै जोड दिँदै आएको सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने भएको छ।

साथै कला प्रदर्शनी गृह निर्माण, स्रष्टा चौतारी निर्माण, गन्धर्व डबली निर्माण र एक जिल्ला एक सांस्कृतिक घर निर्माणका लागि पनि पहल गरिने श्रेष्ठले बताए।

त्यस्तै, लोपोन्मुख संस्कृतिको डकुमेन्ट्री बनाउने, स्रष्टाको बायोग्राफी बनाउने लगायतका कार्यलाई पनि प्राथमिकता दिइने उनले बताए।
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
यो पनि पढौँ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस