प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा १८ जना पक्राउ
११ कार्तिक २०८२
•
२ मिनेट पाठ
प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा १८ जना पक्राउ
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १८ जना पक्राउ परेका छन्। भ्रष्टाचार र नेपोबेबीबिरुद्ध तथा सुशासनको माग गर्दै भएको सो आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरुमा गरिएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १० जना तथा प्रहरीको बर्दी दूरुपयोग तथा हुलहुज्जत गर्ने ८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ। अनुसन्धान गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  




भदौ २३ गते भएको प्रदर्शनमा १९ जना जेनजी आन्दोलनकारीको मृत्यू भएपछि त्यसको भोलिपल्ट देशभरका सरकारी तथा निजी भवनहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । सो क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतका कार्यालयहरुमध्ये वडा प्रहरी कार्यालय वैदाम, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय रामबजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, अन्नपूर्ण गाउँपालिकास्थित नयापुल प्रहरी चौकी तथा नदीपुर, प्रस्याङ, हरीचोक, लामाचौर, छोरेपाटनलगायतका ठाउँहरुमा रहेका प्रहरी विटहरुमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनकारीले कास्की प्रहरी कार्यालय कब्जा गरेर तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरीक्षकको बर्दी लगाएर टिकटक बनाएपछि भाइरल नै बनेको थियो ।  

मंगलबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले आगजनी तथा तोडफोडमा संलग्न रहेको भन्दै धादिङका राजेश मक्रान्ती तथा पोखराका नारायण साई, अरुण विक र दीपु साईलाई पक्राउ गरेको बताएको छ । दीपुमाथि हतियार जलाएको आरोप पनि छ ।  

यसैगरी, पोखराका रुपेश मगरलाई वडा प्रहरी कार्यालय बगरमा तोडफोड तथा आगजनी गरेको भन्दै पक्राउ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ नयापुलस्थित प्रहरी चौकीमा आगजनी, तोडफोड तथा लुटपाट गरेको भन्दै स्थानीय लङबहादुर नेपाली, अरविन विक, ग्रिस क्षेत्री, थमबहादुर सार्की र पूर्णबहादुर नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जानकारी दिए । नेपालीमाथि आगजनी, तोडफोड तथा लुटपाटसँगै हतियारसमेत लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ ।  

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान जारी राखेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।  

त्यस्तै, कास्की प्रहरीले प्रहरीको बर्दी दुरुपयोग तथा हुलहुज्जत गर्ने ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश पोखरा महानगरपालिकाका छन् । पोखरा–९ पृथ्वीचोकका अमृत घले, पोखरा–२० मौजाका चन्द्रबहादुर गुरुङ, पोखरा–८ का दिपेश शाही, पोखरा–१६ का सुरेश गुरुङ, पोखरा–२० मौजाका सागर परियार, धादिङ घर भई हाल पोखरा–५ प्रस्याङ बस्ने सागर अधिकारी, पोखरा–५ प्रस्याङका राजेश शाही र धादिङ घर भई हाल पोखरा–प्रस्याङ बस्ने दिपेश शाहलाई पक्राउ गरेर मुद्दा चलाइएको बस्नेतले बताए । तर जिल्ला अदालत कास्कीले ८ जनालाई नै धरौटीमा छाड्न आदेश दिएपछि रिहा गरिएको उनको भनाई छ । उनले आगजनी तथा लुटपाटमा संलग्नहरुलाई पक्राउ गर्ने क्रम अझै चलिरहेको बताए ।
अर्को समाचार
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
११ मंसिर २०८२
•
१ मिनेट पाठ
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।




घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।

प्रवक्ता खड्काका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ–७ भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका–८ का २४ वर्षीय आभास कार्की र इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सोनम कार्की रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार केहीलाई घरबाट नियन्त्रणमा लिइएको हो भने केहीलाई सडकबाट पक्राउ गरिएको हो। सोही घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रवक्ता खड्काले बताए। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस