लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि उदयपुरका आठवटै स्थानीय तहमा एकसाथ सुरु भएको छ। सदरमुकाम गाईघाटमा प्रभातफेरि, सामूहिक र्याली, कोणसभा र सडक नाटक प्रदर्शन गर्दै अभियानको सुरुवात गरिएको हो।
गाईघाट बजारमा प्रभातफेरि र र्याली प्रदर्शनपछि मुख्य चोकमा आयोजित कोणसभामा कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवारले घरघरमा लैङ्गिक हिंसा हुने गरे पनि पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित हुन नसकेको बताइन् । महिला तथा बालिकामाथि हुने हिंसा, विभेद र दुर्व्यवहारविरुद्ध सामाजिक जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष अभियान सञ्चालन गरिँदै आएको उल्लेख गर्दै उनले कुनै पनि हिंसाका घटना दण्डनीय र कारबाहीयोग्य हुने स्पष्ट पारिन् ।
त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले हिंसा अन्त्यका लागि समाजका सबै पक्षको सामूहिक प्रतिबद्धताको खाँचो औँल्याइन् । १६ दिने अभियानले समाजमा व्याप्त सबै प्रकारका हिंसा अन्त्य गर्न मद्दत गर्ने विश्वास उनले व्यक्त गरिन् ।
कार्यक्रममा कायाकल्प उदयपुरले बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बालविवाह हुन्न नि’ शीर्षकको सडक नाटकसमेत मञ्चन गरेको थियो ।
यस वर्ष अभियानको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट बनौँ : पीडितको संरक्षण, न्याय सुनिश्चितता र दण्डहीनताको अन्त्य गरौँ’ तय भएको छ । त्यसैगरी, राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ राखिएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने हिंसाविरुद्धको अभियान जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सुरु भएको आयोजकमध्येको एक महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले जनाएको छ । फरक-फरक राष्ट्रिय र अन्तर्राष्ट्रिय नारासहित सुरु भएको अभियानमा सरकारी तथा गैरसरकारी सबै तह र तप्काको सहभागिता रहेको छ ।
जिल्ला प्रहरी महिला सेल, त्रियुगा नगरपालिका महिला तथा बालबालिका शाखा, जिल्ला प्रशासन, क्रियाशील महिला तथा बालबालिका सञ्जाल, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा अन्य महिला, बालबालिका र विद्यार्थीसँग सम्बद्ध संस्थाहरू अभियानको सामूहिक आयोजक रहेका छन् ।
विश्वभर सञ्चालन हुने हिंसाविरुद्धको १६ दिने अभियानले महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध सामूहिक आवाज उठाउने, पीडितको अधिकार संरक्षण गर्ने र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
क्याप्सन : महिला हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागीहरू । तस्बिर : महेश्वर