राप्तीसोनारीले बनाइदियो ५२ विपन्न परिवारलाई घर
१८ असार २०८२
•
५ मिनेट पाठ
राप्तीसोनारीले बनाइदियो ५२ विपन्न परिवारलाई घर
विपन्न आवास कार्यक्रममार्फत निर्माण गरिएको घर । तस्बिर: गणेश/नागरिक
चुनाराम कुमालको जिन्दगीका धेरै वर्षहरू एउटा चुहिने झुपडीभित्र बिते । बाँस, टाटी र फुसले जोखिएको त्यो अस्थायी टहरोमा जाडोको चिसो, गर्मीको घाम, र बर्खाको पानी सबैले सधैँका लागि उनको जीवनमा बास पाएका थिए। हरेक वर्षा सुरु हुनासाथ उनका लागि रात निदाउन गाह्रो हुन्थ्यो । पानी चुहिने छानाबाट ओत लाग्ने ठाउँ खोज्नुपर्ने, माटो भिजेर हिलो हुने, अनि कहिलेकाहीँ घरभित्रै सर्प छिर्छ कि भन्ने डरले निद्रा हराइरहन्थ्यो ।




उनको जीवनमा गरिबी मात्रै थिएन, त्यससँगै थियो असुरक्षा, बेवास्ता र बाँच्ने संघर्ष । कुनै दिन कुनै आपत् आयो भने, त्यो झुपडीले उनलाई जोगाउन सक्ने कुनै सम्भावना थिएन । भुईँबाट झरेको झलझल्ती पानी, भित्ताबाट पसेको बतास र थुनिएको कुकुरभन्दा पनि कम स्थानमा उनको परिवार खुम्चिन्थ्यो । त्यसरी कष्टपूर्ण दिन र रात पार गर्दै जाँदा ‘घर’ भन्ने शब्द उनको लागि केवल सपना मात्रै होइन, मजाक पनि थियो, जुन उनले सधैं अरूको भाग्य सम्झेर छोडिदिएका थिए ।

तर अब त्यो सपना पूरा भएको छ । चुनाराम अब एक सुरक्षित र संरक्षित घरमा बस्छन्–जहाँ जाडोमा न्यानोपन छ, बर्खामा ओत छ, गर्मीमा शान्ति छ । सर्पको त्रास हटेको छ, बाढीको डर घटेको छ, अनि आत्मसम्मान पलाएको छ । अब उनलाई ‘घर’ भन्नु डर लाग्दैन, किनभने त्यो घर अब वास्तवमै उनको आफ्नै हो । यो सबै सम्भव बनायो राप्तीसोनारी गाउँपालिकाको ‘विपन्न आवास कार्यक्रम’ ले । आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा सीमान्तकृत समुदायका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको यस कार्यक्रममा चुनारामजस्ता नागरिकलाई नयाँ जीवन दिन सक्ने क्षमता छ। यो केवल छाना होइन, यो आशाको संरचना हो, जहाँ बाँच्न सकिन्छ, सपना देख्न सकिन्छ, अनि सम्मानका साथ जीवन बिताउन सकिन्छ ।

चुनाराम अब बिहान उठ्छन् र आफ्नो आँगन सफा गर्छन् । भन्छन्, ‘अब डर लाग्दैन । यो मेरो घर हो ।’ ती शब्दहरूमा भावनाको समुन्द्र लुकेको हुन्छ । उनी भन्छन्, ‘हामी त सरकारी काम भनेपछि कहिल्यै नपुग्ने ठान्थ्यौँ । तर अब थाहा भयो सरकारले हाम्रो पीडा बुझ्छ र केही गर्छ पनि रहेछ ।’ उनको कथा केवल व्यक्तिगत होइन, यो राप्तीसोनारीका ५२ जना विपन्न समुदायको साझा पीडा र पुनर्जन्मको कथा हो । राप्तीसोनारी गाउँपालिकाको यो कार्यक्रमले ती सबै पुराना झुपडीहरूलाई नयाँ सुरक्षित घरमा रूपान्तरण गरिदिएको छ । जहाँ अब छानाबाट पानी चुहिँदैन, छानामुनि भविष्य चुहिन्छ ।

विपन्न घर पाउनेमध्ये अर्की हुन् यमुना विक । उनका अनुसार, ‘पहिले हामी चार जनाको परिवार एउटै कोठामा सुत्थ्यौँ, त्यो पनि चुहिने टाटीको झुपडीमा । अहिले एक टक टकिएको सुरक्षित घर छ । बर्खा लाग्ला भन्ने डर हटिसक्यो ।’ भोजलाल थारु, जसको घर गाउँको सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिएको स्थानमा थियो, अहिले सुरक्षित स्थानमा नयाँ घरमा बसेका छन् । उनी भन्छन्, ‘पहिले बाढी आउँदा सुत्न डर लाग्थ्यो । सर्पको डर त सधैँ थियो । अब आफ्नै जग्गामा, सुरक्षित घरमा छुँ ।’ हस्तबहादुर गिरी नाम गरेका अर्को लाभग्राहीको अनुहारमा पनि नयाँ घरले नयाँ आशा ल्याएको देखिन्छ । उनी भन्छन्, ‘मजदुरी गरेर जीवन कटाउने मान्छे हो । घर बनाउने कुरा सोच्न पनि सक्दिनथेँ । गाउँपालिकाले त्यो सपना पूरा गरिदियो ।’

नेपालको संविधानले हरेक नागरिकलाई आवासको हक प्रत्याभूत गरेको छ । तर, यो हक व्यवहारमा ल्याउन निकै समय लाग्यो । राप्तीसोनारी गाउँपालिकाले २०८० सालमा कार्यान्वयनमा ल्याएको ‘विपन्न वर्ग आवास कार्यक्रम’ले संविधानको त्यो भावना व्यवहारमा उतार्न थालेको छ । यो कार्यक्रमले आर्थिक, सामाजिक तथा भौगोलिक हिसाबले पछाडि परेका नागरिकहरूलाई सुरक्षित, सभ्य र गरिमायुक्त आवास निर्माणमा सहयोग पु¥याउँदै आएको छ ।

उक्त कार्यक्रमअन्तर्गत घर पाउने व्यक्तिहरू छान्दा विशेष प्राथमिकता दिइएको छ । एकल महिला, वृद्ध, अपाङ्गता भएका व्यक्ति, दलित, सीमान्तकृत र अल्पसंख्यक जाति, असहाय बालबालिका वा अनाथ, झुपडी वा कच्ची संरचनामा बसोबास गर्दै आएकालाई प्रमुख प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । छनोट प्रक्रिया पूर्ण पारदर्शी, निष्पक्ष र अंक प्रणालीमा आधारित थियो ।

घरको बनावट, जग्गाको स्वामित्व, छानोको प्रकार, सामाजिक अवस्था, र भौगोलिक जोखिमलाई ध्यानमा राखेर अंक दिइन्थ्यो । कम्तीमा ३५ अंक प्राप्त गर्ने व्यक्तिहरू मात्र लाभग्राही सूचीमा परेका थिए । जसबाट छनोट गरी गाउँपालिकाका सबै ९ वडामा फैलिएको यस अभियानअन्तर्गत ५२ वटा सुरक्षित आवास निर्माण भएका छन् । 

यी घरहरूको जम्मा लागत दुई करोड पाँच लाख ४२ हजार पाँच सय ८३ रहेको गाउँपालिका स्रोतले जनाएको छ । प्रत्येक घरका लागि लाभग्राहीबाट श्रम, निर्माण सामग्री वा नगदमा १५ प्रतिशत योगदान गरिएको हो ।

घर निर्माणले केवल एक संरचना मात्र दिएको छैन, यसले जीवनशैली, सोच, र आत्मसम्मानको पुनर्निर्माण पनि गरेको छ । पहिले सामाजिक दृष्टिमा हेपिएका वा ओझेलमा परेका समुदायहरू अब आफ्नै टिनको छानो, आफ्नै भित्ताको घरमा बसिरहेका छन् । वडा नम्बर १ मा पाँच, दुईमा ६, वडा नम्बर ३ मा तीन, वडा नम्बर ४ मा १३, वडा नम्बर ५ मा दुई, वडा नम्बर ६ मा १०, वडा नम्बर ७ मा तीन, वडा नम्बर ८ मा चार र वडा नम्बर ९ मा ६ वटा घर निर्माण भएका गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए ।

गाउँपालिकाले निर्माणमा स्थानीय निर्माण सामग्री र सीपको उपयोगमा जोड दिएको थियो । यसले आर्थिक रूपमा गाउँमै रोजगारी सिर्जना ग¥यो र कार्यक्रमलाई स्थानीय अपनत्व प्रदान ग¥यो । जस्तापाता, काठ, ढुङ्गा, इट्टा, सिमेन्ट, शौचालयको लागि पाइप र अन्य सामाग्री, स्थान अनुसार सुलभ पर्ने प्रविधि प्रयोग गरिएको छ । कार्यक्रम पारदर्शी ढंगले सञ्चालित थियो । लाभग्राही छनोटदेखि निर्माण प्रक्रिया, अनुगमन र हस्तान्तरणसम्म सबै कार्यमा सार्वजनिक सूचना, स्थानीय निरीक्षण टोली, र गाउँ स्तरीय समितिहरूको सक्रिय सहभागिता रहेको थियो ।

राप्तीसोनारी गाउँपालिकाको विपन्न आवास कार्यक्रमले केवल घर दिएको छैन, उसले मानव गरिमा फर्काएको छ । टाटी, पराल, र प्लास्टिकका झुपडीभित्र बितेका वर्षहरू अब विगत भएका छन् । टिनको छानो र इँटाको पर्खालमुनि भविष्य र उज्यालो सपना पलाएको छ । चुनाराम कुमाल, यमुना विक, भोजलाल थारु, हस्तबहादुर गिरी—यी सबैका अनुहारहरूमा अहिले देखिने आत्मविश्वास त्यो परिवर्तनको गवाही हुन्, जसको जग ‘घर’ हो ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस