छोरी रहिनन्, तर छोरी पास भइन्: उदयपुरकी दुर्गा कार्कीको वियोगान्त सफलता
१६ असार २०८२
•
२ मिनेट पाठ
छोरी रहिनन्, तर छोरी पास भइन्: उदयपुरकी दुर्गा कार्कीको वियोगान्त सफलता
गत शुक्रबार एसइई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा सार्वजनिक भयो। देशभरका विद्यार्थी र अभिभावकहरूले उत्तीर्णताको खुसी सामाजिक सञ्जालमा बाँडे, स्ट्याटस लेखे, मिठाइ बाँडिए। तर यही दिन एउटा सफलताको पोस्ट सामाजिक सञ्जालमा यस्तो पनि थियो, जसमा न त जश्न, न त खुसीको आँसु खसालियो। बरू त्यहाँ थियो मौनता, पीडा र अपूरणीय वियोगको कथा।




यो कथा हो उदयपुरकी दुर्गा कार्कीको। दुर्गा एसइईको परीक्षाफलमा ३.४५ जिपिए ल्याएर उत्तीर्ण भइन् तर दुर्भाग्यवश उनले यो खबर सुन्न पाइनन्।

जेठ ३० गते बिहान आफ्नै घर नजिकैको कुखुराको फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भयो। उनी १७ वर्षकी थिइन्। परीक्षाफल सार्वजनिक भएको असार १३ गते उनका सहपाठीहरू खुसीले हर्षोल्लासमा थिए तर दुर्गाको घरमा थियो सन्नाटा।

‘केही समय अगाडि आफ्नै घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर उदयपुरको बेलका–५ की १७ वर्षीय दुर्गा कार्कीको ज्यान गएको थियो,’ सामाजिक सञ्जालमा भाइरल पोस्टमा लेखिएको छ, ‘भर्खरै एसइईको परीक्षाफल सार्वजनिक भएको छ र उनले ३.४५ जिपिए ल्याएर परीक्षा उत्तीर्ण गरेकी छिन्। कास! परीक्षाको फल आए जसरी मान्छे नि फर्किएर आउन मिल्ने भए...!

दुर्गाकी आमा कोपिला यति बेला निकै भावुक छिन्। छोरीको सफलता कुरिरहेकी उनी अहिले छोरीबिनाको सफलताको सन्देशले पीडित छिन्। ‘ऊ पास भएको खबर उसको १५ वर्षीय भाइले मलाई सुनायो,’ कोपीला भन्छिन्, ‘मेरा केही थामिएका आँसु फेरि झर्न थालेका छन्।’

भविष्यमा नर्स बन्ने सपना पालेर बसेकी छोरी करेन्ट लागेर छट्पटाउँदै जीवन गुमाएको क्षणले जिन्दगीभर पोलिरहने उनले सुनाइन्। ‘अब दुर्गाको मार्कसिट ल्याएर भित्तामा सजाउने छौँ। उसले निकै प्रतीक्षाको साथ पर्खिरहेको नतिजालाई उसको अन्तिम निशानी मानेर पुज्ने छौँ,’ उनी भन्छिन्।

छोरीको मृत्युले भावविह्वल बनेकी आमा कोपिला भन्छिन्, ‘हामीले सन्तानको पढाइ कै लागि कुखुरा पालन गरेका थियौँ। यही हाम्रो आशा छोरीको लागि धराप बनेर निस्कियो।’

कोपिलाको हिम्मत बढाउने छोरी दुर्गाको निधन भए पनि ९ कक्षामा पढिरहेका छोराले सम्हाल्न थालेको उनले बताइन्। ‘आमा दिदीले छाडेर गए पनि म राम्ररी पढ्ने छु,’ छोराको भनाइ सुनाउँदै कोपिलाले भनिन्, ‘दिदीले पूरा गर्न नसकेको बाँकी पढाइ म पूरा गर्ने छु।’  

कसरी भयो दुर्गाको मृत्यु?  

जेठ ३० गते स्थानीय १७ वर्षीय दुर्गा कार्कीको मृत्यु भएको थियो। आफ्नै घरछेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए। करेन्ट लागेर छटपटाइरहेको अवस्थामा आफन्तले दुर्गालाई भेटेका थिए। त्यसपछि तत्काल उद्धार गरी उपचारका लागि बेलका नगर अस्पताल लगेकामा अस्पतालले मृत घोषणा गरेको थियो।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस