बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
०३ असार २०८२
•
२ मिनेट पाठ
बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
रौतहटको राजपुर बम काण्डमा पुत्र गुमाएका श्रीनारायण सिंह राजपूतले न्यायको लडाइँलाई काठमाडौंस्थित न्याय प्रणालीको सर्वोच्च निकायसम्म ल्याइपुऱ्याएका छन्।




उच्च अदालतबाट प्रतिवादीहरूलाई सफाइ दिने न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै उनले न्याय परिषद्‌मा उजुरी दर्ता गराएका हुन्।

जिल्ला अदालतले दोषी ठहर गरेका व्यक्तिलाई उच्च अदालतले सफाइ दिएपछि निराश बनेका ८४ वर्षीय उनी ‘न्याय नमरेको’ प्रमाणित गर्न एक्लै काठमाडौंमा सङ्घर्ष गरिरहेका छन्।

नागरिकन्यूजसँग कुराकानी गर्दै उनले भने - ‘सास रहुन्जेलसम्म न्यायको लागि लडिरहन्छु, जिन्दगी जहिलेसम्म छ, त्यहिलेसम्म यो लडाइँ जारी रहन्छ।’

रौतहट जिल्ला अदालतले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मो. अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको थियो। तर, उक्त फैसलाउपर परेको पुनरावेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश द्वय खुशी प्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलम लगायतलाई सफाइ दिएको थियो।

श्रीनारायणले न्याय परिषद्‌मा दिएको निवेदनअनुसार, करिब १२ सय पृष्ठको मिसिल र प्रमाणहरू भएको गम्भीर प्रकृतिको मुद्दामा केवल ४ घण्टाको सुनुवाइपछि ‘घटना नै नघटेको’ भन्ने आधारमा फैसला गर्नु बदनियतपूर्ण छ।

उनले निवेदनमा प्रत्यक्षदर्शीको बयान, भौतिक प्रमाण र सर्वोच्च अदालतकै विगतका आदेशहरूलाई पूर्ण रूपमा नजरअन्दाज गरिएको आरोप लगाएका छन्।

‘अदालत चुके, भगवान् छन्’

भौतिक अदालतप्रतिको क्षीण हुँदै गएको विश्वास र दैवी न्यायप्रतिको अन्तिम आशा रहेको उनी सुनाउँछन्। ‘आसा त राखेको छु, तर अदालतले न्याय नदिए पनि भगवान्‌ले त न्याय पक्कै दिनुहुन्छ।’ उनी भन्छन्।

काठमाडौंमा रहँदा उनले महान्यायाधिवक्ता लगायतका सरोकारवाला निकायमा पुगेर आफूमाथि भएको अन्यायबारे जानकारी गराइसकेका छन्। ‘मैले न्याय परिषद्‌का सचिवसँग मलाई अन्याय भयो हजुर भने, उहाँहरुले हेरौला भन्नुभएको छ।’

यो पनि पढ्नुहोस्

राजपुर बम काण्ड: उच्चले आलमलाई सफाइ दिएपछि न्याय खोज्दै पीडितका बुवा काठमाडौंमा
अर्को समाचार
राजपुर बम काण्ड: उच्चले आलमलाई सफाइ दिएपछि न्याय खोज्दै पीडितका बुवा काठमाडौंमा
०३ असार २०८२
•
२ मिनेट पाठ
राजपुर बम काण्ड: उच्चले आलमलाई सफाइ दिएपछि न्याय खोज्दै पीडितका बुवा काठमाडौंमा
<br>
रौतहटको राजपुर बम काण्डमा मारिएका त्रिलोक प्रताप सिंह (पिन्टु) का बुवा श्रीनारायण सिंह राजपूत न्यायको खोजीमा काठमाडौं पुगेका छन्।




उच्च अदालतले प्रतिवादीहरूलाई सफाइ दिएपछि उनले न्याय परिषद्मा न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता गराएका छन्।

श्रीनारायणले न्याय परिषद्‌मा दर्ता गराएको निवेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश द्वय खुशी प्रसाद थारु र अर्जुन महर्जनले बदनियतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ।

रौतहट जिल्ला अदालतले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मो. अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको थियो भने केहीलाई सफाइ दिएको थियो। उक्त फैसलाउपर सरकारी वकिल र प्रतिवादी दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

२०८२ जेठ १४ गते न्यायाधीश थारु र महर्जनको इजलासले उक्त मुद्दामा सुनुवाइ गरेका थिए। 

निवेदनमा उल्लेख भएअनुसार, करिब १२०० पृष्ठभन्दा बढीको मिसिल र प्रमाणहरू भएको गम्भीर प्रकृतिको मुद्दामा केवल ४ घण्टाको संक्षिप्त सुनुवाइको आधारमा ‘घटना नै नघटेको’  भन्ने निष्कर्ष निकालेर फैसला गरिएको थियो।

यसअघि सर्वोच्च अदालतले नै मुद्दाको गम्भीर अनुसन्धान गर्न परमादेश जारी गरेको अवस्थामा उच्च अदालतले पुरानै आधारमा टेकेर प्रतिवादीलाई उन्मुक्ति दिने मनसायले फैसला गरेको आरोप श्रीनारायणको छ।

उनले आर्थिक चलखेलको समेत आशंका गर्दै न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधानबमोजिम कारबाही गर्न माग गरेका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजपुरमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप मो. अफताब आलमलगायतका व्यक्तिहरूमाथि छ।

यो पनि पढ्नुहोस्

राजपुर बम काण्ड: ८४ वर्षमा छोराका लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस