आमा शब्द आफैँमा अमूल्य। ममताको खानी हुन् उनी। आमा चाहे मान्छेका हुन् या जनावर का सबैमा ममता घोलिएको हुन्छ। बाघको होस या बिरालाको सन्तानप्रतिको मायामा कुनै कमी देखिन्न।
यस्तै एउटा ममतामय दृश्य बुधबार काठमाडौंको मूलपानीमा देखियो।
साँझ पखको दृश्य हो यो। बिराली आँगनको कुनामा आफ्ना चार साना बच्चाहरूसँग रमाउँदै छे। उसका ती नानीहरू, आँखा नझिम्क्याईकन दूध चुस्दै, कहिले आमाको शरीर चढ्छन्, कहिले झस्केर तल ओर्लन्छन्।
सानो शरीरलाई सुमसुम्याउँदै बिराली बच्चाहरूलाई दूध खुवाउँछे। कहिले बच्चा कमजोर भए छ भने मुखले छोएर नजिक ल्याउँछे। कहिले खुट्टा फैलाएर ठाउँ बनाइदिन्छे।
बच्चाहरू टोलाउँछन्। उनीहरूका पन्जा बिस्तारै चल्न थालेका छन्। कोही आमाको पुच्छर समातेर तान्छन्, कोही दूध सकिएपछि पनि चुसिरहन्छन्। बिराली एक छिन शान्त बस्छे। कोही चिच्याएर लड्यो भने बच्चाको टाउको जिब्रोले चाटेर सान्त्वना दिन्छे।
बिराली बच्चाहरू छेउमै सुतिरहेकी छे। ऊ सुतिरहेकी भए पनि उसका कान कुनै आवाजमा सजग छन्। बाहिर अरू बिरालोको आवाज आउँछ, ऊ झस्केर उठ्छे। बच्चाहरूलाई जाँच्छे, सबै सकुशल छन्। फेरि ढाड फर्काएर आराम गर्छे।
बिरालोको यो माया हेर्दा लाग्छ– मातृत्व केवल मान्छेले पाउने अनुभूति होइन। जनावरमा पनि ममता त्यत्तिकै गहिरो, त्यत्तिकै बलियो हुन्छ। न त बिरालीलाई कसैले सिकाएको हो, न त उसले कुनै किताब पढेकी छे। तर पनि ऊ आमाकै जस्तो व्यवहार गर्छे– माया गर्छे, ख्याल गर्छे।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...