सहरभित्रै पक्की सडकको पर्खाइ
२४ जेष्ठ २०८२
•
४ मिनेट पाठ
सहरभित्रै पक्की सडकको पर्खाइ
पूर्व-पश्चिम र रत्न राजमार्ग (कोहलपुर-सुर्खेत सडक) जस्ता दुई व्यस्त र सडकबिच पर्छ, कोहलपुर नगरपालिका-११ स्थित लोकनगर मुक्तकमैया बस्ती। तर यो बस्तीको भाग्यमा भने विकासको पिच (कालोपत्रे सडक) बिचैमा टुटेको छ।




आठ सय ३७ घरधुरी मुक्तकमैयाले बसोबास गर्ने यो बस्तीमा आजसम्म नाम मात्रको ग्राभेल सडक छ। कोहलपुर नगरपालिकाले टाढाटाढाका बस्तीसम्म पिच सडक पुर्‍याइसकेको छ तर आफ्नै सहरभित्रको यो बस्ती भने बेवास्तामा छ। वर्षा लागेपछि हिलो, घाम लागेपछि धुलो र सधैंभरि ठोक्किँदै हिँड्नुपर्ने सडकको पीडा अहिले यहाँका बासिन्दाको दैनिकी बनेको छ। ‘न त ढल छ न त पानी बग्ने बाटो। बर्खामा त हामी डुबेर बस्नुपर्छ,’ स्थानीय रोशन चौधरी गुनासो गर्छन्।

२०६६ सालमा सरकारको मुक्तकमैया पुनर्वास योजनाअन्तर्गत राप्तीसोनारी, बैजनाथ, खजुरा र कोहलपुरका विभिन्न ठाउँबाट सरेर आएका मुक्तकमैयाहरू अहिले लोकनगर बस्तीमा बस्छन्। उनीहरूले २०६५ सालमा लालपुर्जा पनि पाए तर विकासका सुविधाहरूको हकमा यो बस्ती अझै ‘बेवास्ताको सूची’मा देखिन्छ। ‘बस्ती बनेको १५ वर्ष बढी भयो तर अझै हाम्रो सपना भने पिच बाटोमै अड्किएको छ,’ स्थानीय मनोज चौधरी भन्छन्।

उनका अनुसार नगरपालिकाले करिब एक वर्षअघि करिब दुई सय मिटर सडक कालोपत्र गरेको भए पनि बाँकी सात सय मिटर बाटो अझै बनेको छैन। यो बस्तीले ‘सहरी बाटो’को सपना देखेको छ। बस्तीका सडकमा न त नाली छन् न ढल। पाँच वर्षअघि खनिएको नाली आजसम्म आधा मात्रै बनेको छ। बाँकी भाग अलपत्र छाडिएको छ।

लोकनगर समाज सुधार समितिका अध्यक्ष चिन्कु थारू भन्छन्, ‘हामीले पटकपटक नगरपालिका, वडा कार्यालय र जनप्रतिनिधिसँग योजनाको माग गरेका छौं तर सुनुवाइ भएको महसुस गरेका छैनौं।’ उनका अनुसार सडक, ढल निकास, खानेपानी र अन्य पूर्वाधारका लागि बस्तीबाट पटकपटक ध्यानाकर्षण गराइएको छ।

मुक्तकमैयाहरूका लागि पुनर्वास योजना त ल्याइयो तर त्यसपछि विकास योजनाहरू किन ल्याइएन भन्ने प्रश्न यहाँका स्थानीयमाझ अझै अनुत्तरित छ। उनीहरूको धारणा छ, ‘सरकार र स्थानीय तहले उनीहरूलाई मुक्तकमैया भनेर हेपाहा प्रवृत्तिले हेरेका छन्। ‘हामी पनि यहींका नागरिक हौं, कर तिर्छाैं, मत दिन्छौं तर विकासमा पछाडि पारिन्छौं,’ चिन्कुले भने। उनले नगरपालिकाले सौतेनी व्यवहार गरिरहेको खुलेरै आरोप लगाए।

बर्खाको समयमा यो बस्तीको अवस्था झन् भयावह बन्छ। ढलनिकासको कुनै व्यवस्था नभएका कारण पानीको निकास नहुनाले बस्ती जलमग्न हुन्छ। घरभित्रैसम्म पानी पस्ने दाबी स्थानीय गर्छन्।

‘साना नानीहरू स्कुल जान सक्दैनन्, अस्पताल जान गाह्रो हुन्छ,’ चिन्कु भन्छन्। वडा र नगर सरकार दुवैको पटकपटक योजना बनाउने आश्वासन पनि अहिलेसम्म पूरा भएको छैन। यो बस्ती एक प्रतिनिधि उदाहरण हो, जहाँ मुक्त भनिएका कमैया अझै पूर्वाधार अभावमा जकडिएका छन्। भौतिक विकासका योजना सहरका केही विशेष घेरोभित्र मात्रै सीमित हुँदा समावेशी विकासका नाराहरू खोक्रा बन्दै गएका छन्।

बस्तीमा पुग्ने उम्मेदवारहरूले चुनावमा सडक, नाली, पानीजस्ता योजनासँगै भोट मागे पनि जितेपछि फर्केर नहेरेको गुनासो सर्वत्र छ। जनप्रतिनिधिसँग पटकपटक कुरा राख्दा पनि उनीहरूले ‘अब हेर्छाैं’, ‘योजनामा राखेका छौं’, ‘बजेट आएपछि गर्छाैं’ मात्र भन्ने गरेको स्थानीय बताउँछन्।

लोकनगर बस्तीका स्थानीय पिच सडककोे सपना देखिरहेका छन्। उनीहरू विकास माग्न थाकेका छैनन् तर सरकार र स्थानीय तहले सुन्ने चाहना राखेको महसुस पनि उनीहरूलाई भएको छैन।

लोकनगर बस्ती कोहलपुर नगरपालिकाको मुटुमा पर्छ। कोहलपुरले लुम्बिनी प्रदेशकै मुख्य सहरी केन्द्रका रूपमा चाँडै पहिचान बनाउँदै छ। कोहलपुरमा विकास र पूर्वाधार विस्तारको गतिलाई नेतृत्वले गर्वको विषयका रूपमा प्रस्तुत गर्दै आएको पाइन्छ। तर, त्यही सहरभित्र दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएका सयौं मुक्तकमैयाहरूको बस्तीमा अझै पिच सडक, ढल, नाली र खानेपानीजस्ता आधारभूत सुविधा नपुगेको अवस्था छ।

यो तथ्यले सहरको विकास असमान ढंगले भइरहेको र योजना बनाउने तहले सहरका सबै नागरिकलाई समेट्न नसकेको प्रस्ट पार्छ। एकातिर नगरपालिकाले टाढाटाढाका क्षेत्रमा समेत सडक विस्तार, पार्क, नाला र बत्तीको व्यवस्था मिलाएको दाबी गरिरहेको छ, अर्कातिर नगरभित्रकै विपन्न समुदाय बेवास्तामा छन्। यो बेवास्ताले सहरको विकासप्रति दुईटा सन्देश दिन्छ। पहिलो– नगरको समावेशी विकास नीति अझै कमजोर छ र दोस्रो– सहरीकरणको चटारोमा सहरका आधारभूत समस्याहरू ओझेलमा परेका छन्।

कोहलपुरको विकास अब ‘देखिने’ मात्रै नभई ‘महसुस हुने’ गरी हुन जरुरी छ। कोहलपुर–११ की वडा अध्यक्ष कल्पना शर्मा भने मुक्तकमैया बस्तीको अवस्था सुधार हुँदै गएको दाबी गर्छिन्। उनका अनुसार ‘काम हुँदै नभएको हैन, भएका छन्। तर सीमित स्रोत साधनका कारण एकैपटक ठुलो परिवर्तन नदेखिएको मात्र हो।’ 

शर्माको भनाइमा २०७४ सालभन्दा अघिसम्म यो बस्तीमा सामान्य सडक पनि थिएन तर अहिले पुरै बस्तीका सडक ग्राभेल भएका छन्। ‘राज्यको उपस्थिति नभएको पनि हैन, केही न केही काम भइरहेका छन्,’ उनले भनिन्।

उनका अनुसार बस्तीको समग्र सुधारका लागि झन्डै १० देखि १५ करोड रूपैयाँ लगानी आवश्यक पर्छ। ‘तर वडाको कुल बजेट नै ५०/५१ लाख रूपैयाँ जति छ। यो बजेटले बिस्तारै काम गर्नुपर्छ भन्ने बाध्यता छ,’ उनले स्पष्ट पारिन्।

शर्माले टोल सुधार समितिसँग सहकार्य गरेर प्राथमिकताका आधारमा काम अगाडि बढाउने बताइन्। ‘हामीले स्थानीयवासीका मागलाई बेवास्ता गरेका हैनौं तर सबै कुरा एकैचोटि सम्भव हुँदैन,’ अध्यक्ष शर्माको भनाइ छ।

नगरसभामा पनि पटकपटक यहाँका समस्यामाथि छलफल हुने गरेको उनी दाबी गर्छिन् तर नगरसभालगायत निकायमा छलफल भए पनि यो बस्ती स्थानीय सरकारको प्राथमिकतामा परेको देखिँदैन।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस