रत्नराजमार्गको ‘मृत्यु पासो’: ठेकेदारले खनेको खाल्डोमा परेर युवको ज्यान गयो
२२ जेष्ठ २०८२
•
३ मिनेट पाठ
रत्नराजमार्गको ‘मृत्यु पासो’: ठेकेदारले खनेको खाल्डोमा परेर युवको ज्यान गयो
रत्नराजमार्गअन्तर्गत नेपालगन्ज–कोहलपुर सडक खण्डमा मर्मतका नाममा खनिएको खाल्डो। तस्बिर: गणेश/नागरिक
नेपालगन्जबाट कोहलपुरतर्फ फर्किंदै गरेका ३६ वर्षीय फर्मासिष्ट सरोज मरासिनीलाई सधैंजस्तो बिहीबार राति लागेको थियो, ‘एक सामान्य यात्रा।’ तर, त्यो यात्रा उनको जीवनकै अन्तिम बन्यो। सवारी साधन सञ्चालनमा लापरबाही थिएन, न त रातको समयमा मादक पदार्थ सेवननै गरेका थिए उनले। दुर्घटनाको कारण थियो, ‘रत्नराजमार्गमा ठेकेदारले खनेर छाडेका धराप जस्ता खाल्डो।’




कोहलपुर नगरपालिका-६ रझेनाका मरासिनी काठमाडौंमा अध्ययनपछि भारतको राजिव गान्धी युनिभर्सिटीबाट बी–फार्मेसी सकेर नेपाल फर्किएका थिए। उनी रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रूपमा काम गर्थे।

बुधबार राति औषधिसम्बन्धी काम सकेर आफ्नै मोटरसाइकल (भे ९ प ८१५७ नम्बर) चढी नेपालगन्जबाट कोहलपुरतर्फ फर्किँदै थिए। तर, राति साढे १० बजे कोहलपुर नगरपालिका-१४ हवल्दारपुरमा उनले चलाएको मोटरसाइकल सडक खाल्डोमा पर्‍यो। घाइते अवस्थामा उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगियो। तर, उनको राति ११ बजे उपचारको क्रममा मृत्यु भयो।

यो दुर्घटना कुनै सामान्य घटना थिएन। सरोज जस्ता सक्रिय, पढेका, समाजमा केही गर्न खोज्ने युवा एक थोरै ध्यान दिए पुग्ने समस्याका कारण ज्यान गुमाउन बाध्य भए। अब प्रश्न उठ्छ, ‘यो कसको दोष हो ?’

रत्नराजमार्ग- लुम्बिनी प्रदेशलाई कर्णाली र सुदूरपश्चिमसँग जोड्ने प्रमुख सडक। यही सडक खण्डमा परेका खाल्डाखुल्डीहरू मर्मत गर्ने जिम्मा ‘महात्रिपुरा पञ्चकोशी नागदेव जयन्ट भेन्चर’ नामक निर्माण कम्पनीले पाएको थियो।

कात्तिक २०८१ मा सम्झौता भएको यस योजनाको काम वैशाख २०८२ वैशाख मसान्तभित्र सक्नुपर्ने थियो। एक करोड २४ लाख रुपैयाँको सम्झौताअनुसार निर्माण कम्पनीले खाल्डाखुल्डी पुर्नुपर्ने थियो।

तर, वैशाख सकिएको झन्डै एक महिना बितिसक्दा समेत काम अलपत्र छ। सडक डिभिजन कार्यालय, नेपालगन्जका अनुसार निर्माण कम्पनीले अहिलेसम्म कामको कुल लागतको ०.०५ प्रतिशत मात्र दैनिक हर्जाना तिरेको छ।

डिभिजनले पाँचदेखि सातपटकसम्म चेतावनीसहितको पत्र पठाएको भए पनि निर्माण कम्पनीले बेवास्ता गरेको देखिन्छ। सडकको मर्मत गर्ने जिम्मा लिएपछि काम समयमा सम्पन्न नगर्ने निर्माण कम्पनी जति दोषी छ, त्यसको प्रगति मूल्यांकन नगर्ने सरकारी संयन्त्र पनि उत्तिकै जिम्मेवार छ। सडक डिभिजन कार्यालयले समयमै अनुगमन नगर्दा जनताको ज्यानै जाने अवस्था सिर्जना भएको हो।

‘निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दा पनि काम नगरेपछि हामीले हर्जाना गरिरहेका छौं,’ सडक डिभिजन नेपालगन्जका प्रमुख निरज शाक्यले भने, ‘खाल्डाखुल्डी खनिएको छ। सम्पन्न भएको छैन।’

अढाइ महिना यता मात्र ठेकेदार कम्पनीले काम सुरु गरेको उनी बताउँछन्। खाल्डाखुल्डी खनेर सडक बेवारिसे अवस्थामा छाड्दा सरोजले ज्यान गुमाउनु पर्‍यो भने कयौं नागरिकले सास्ती पाएका छन्।

स्थानीय बासिन्दा वीपीनकुमार बर्नवालका अनुसार हवल्दारपुरको खण्डमा दिनहुँ दुर्घटना भइरहेका छन्। ‘हामी त अब खाल्डो चिर्दा आफैँलाई बाँच्ने आश्चर्य लाग्छ,’ उनले भने, ‘पछिल्लो दुई महिनामा चारभन्दा बढी गम्भीर दुर्घटना भएका छन्। पछिल्लो घटना मृत्युसँग जोडिएर मात्र ठूलो भयो, नत्र यस्ता प्रकृतिका घटना भइरहेका छन्।’

स्थानीय जगदिश सोनी भन्छन्, ‘सरकारले सडकमा खाल्डो छ भने बोर्ड राख्दैन, राति त के, दिनमा पनि खाल्डो देखिँदैन। मोटरसाइकलका यात्रु र साइकलवालाहरू त दिनहुँ सास्तीमा परेका छन्।’

सरोज मरासिनीको मृत्यु कुनै प्राकृतिक दुर्घटना होइन, यो राज्यको लापरबाहीको सिधा नतिजा भएको उनको भनाइ छ। सार्वजनिक सडकमा काम गर्दा मापदण्डअनुसार संकेत नदेखाउने, म्यादभित्र काम नसक्ने र त्यस्तो कम्पनीलाई अनुशासनमा नल्याउने सरकारी बेवास्ता मिलेर आज एक शिक्षित युवा गुमाउनु परेको भन्दै उनले भने, ‘यस्ता दुर्घटनाले राज्यको संवेदनशीलता नापिन्छ। दुर्घटनामा मर्नेभन्दा बाँची बाँच्ने भाग्यमानी मात्रै हुन थालेको परिवेशले गम्भीर चिन्ता दिएको छ। मृतकको परिवारका लागि क्षतिपूर्ति मात्र पर्याप्त हुँदैन, दोषीलाई कारबाही हुनु अनिवार्य छ।’

अबको बाटो स्पष्ट छ, ‘निर्माण कम्पनीमाथि कारबाही र सडक डिभिजनको कडा अनुगमन।’ खाल्डो पुर्न ढिलाइ हुने बित्तिकै बढी हर्जाना, ठेक्का रद्द तथा कालो सूचीमा राख्न सकिने नीति व्यवहारमा लागू गर्नुपर्ने स्थानीयको भनाइ छ। मरासिनीको मृत्युपछि यदि पनि राज्य मौन रहन्छ भने, ‘जनताको ज्यानको मूल्य कति सस्तो छ ?’ भन्ने प्रश्न थप बलियो हुँदै जाने उनको भनाइ छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस