अस्पताल गाउँमा, उपचार घर आँगनमै
२० जेष्ठ २०८२
•
५ मिनेट पाठ
अस्पताल गाउँमा, उपचार घर आँगनमै
राप्तीसोनारीस्थित बैजापुरमा सञ्चालित अस्पताल। तस्बिर: गणेश/नागरिक
कहिले बिनौनाबाट बिरामी बोकेर बाँसको डोकोमा चढाउँदै, कीचडमय बाटो पार गर्दै नेपालगन्ज पुर्‍याउँदा दिन सकिन्छ कि सकिँदैन भन्ने अनिश्चितता थियो। कहिले बर्खामा उर्लिएको खोलाको छेउमै एम्बुलेन्स फस्दा ज्यानको बाजी लगाएर मान्छेहरू आफन्तलाई काँधमा बोकी हिँड्थे।




त्यसबेला राप्तीसोनारी गाउँपालिकाका बासिन्दाका लागि बिरामी हुनु भनेको जोखिमको अर्को नाम थियो। जिल्ला सदरमुकाम नेपालगन्ज या नजिकको सहरी क्षेत्र दाङ पुग्नु नै स्वास्थ्य उपचारको अन्तिम विकल्प थियो। तर, त्यहाँ पुग्न सजिलो थिएन। सडकहरू कच्ची थिए, स्वास्थ्य संस्थाहरू निकै टाढा थिए र दैनिक आयमा गुजारा चलाउने मानिसहरूका लागि यात्रा र उपचार खर्च चर्को चुनौती थियो।

तर, आज गाउँमै अस्पताल छ, स्वास्थ्य चौकी छन्, प्रयोगशाला छन्, विशेषज्ञ शिविर छन्। जसले ग्रामीण जनताको स्वास्थ्य सेवा लिने जीवनशैलीमा नै परिवर्तन ल्याएको छ।

राप्तीसोनारी–५ का ७० वर्षीय टिकाराम वली भन्छन्, ‘मेरो कान्छो छोरा २०६८ सालतिर बिरामी पर्‍यो, रातको दुई बजे गाउँबाट डोकोमा बोकेर निस्केका थियौं, बिहान ११ बजे मात्र नेपालगन्ज पुग्यौं। त्यतिबेलासम्म ऊ बेस्सरी सिकिस्त भइसकेको थियो। अहिले त हेर्नुस्, गाउँमै डाक्टर छन्, चेकजाँच हुन्छ, औषधि पाइन्छ।’ वलीको भनाइ गाउँपालिकामा पछिल्लो समय भएको परिवर्तनको प्रतिबिम्ब हो।

आजको दिनमा राप्तीसोनारी गाउँपालिकाको बैजापुरस्थित अस्पतालले गाउँकै नागरिकलाई अत्यावश्यक र जटिल स्वास्थ्य सेवा दिन थालेको छ। यस अस्पतालमा सामान्य स्वास्थ्य परीक्षणदेखि दाँत, कान, पाठेघर, सिकलसेल, मोतियाविन्दु, खोप, पोषण, मानसिक स्वास्थ्य र अन्य विशेषज्ञ सेवा नियमित रूपमा दिइन्छ।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक देवेन्द्र केसी भन्छन्, ‘हामीले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्यौं। अहिले बिरामीलाई गाउँमै सेवा दिइने वातावरण बनेको छ। यसले न त उनीहरूलाई समयमै सेवा लिन वञ्चित गरेको छ, न त खर्चिलो यात्राको झन्झट हुने भएको छ।’

पहिले सामान्य रुघाखोकी वा ज्वरोमा पनि गाउँलेलाई ‘ठूला अस्पताल जानुपर्छ’ भन्ने मानसिकता थियो। तर अहिले गाउँमै विशेषज्ञको सेवा उपलब्ध भएपछि उपचारप्रतिको सोच बद्लिएको छ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल भन्छन्, ‘हामीले उपचारलाई केवल अस्पतालसम्म सीमित गरेनौं, नागरिकको जीवनशैली सुधार गर्ने दीर्घकालीन सोचसहित काम गरिरहेका छौं।’

गाउँपालिकाले आगामी दिनमा अस्पतालको सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सक स्थायीरूपमा राख्ने योजना बनाएको छ। राप्तीसोनारीका नागरिकहरूका लागि अब स्वास्थ्य उपचार केवल सहरी सुविधा नभई गाउँमै पहुँचको विषय बनेको छ। शब्दमा भन्नुपर्दा, ‘जहाँ बिरामी हुनु डरको विषय थियो, अहिले उपचार हुनु आशाको विषय भएको छ।’

यस परिवर्तनले स्थानीय सरकारको दिगो सोच, प्रभावकारी योजनाअनुसार कार्यान्वयन र समुदायको विश्वासलाई एकै थलोमा ल्याएको छ। राप्तीसोनारीको यो अभ्यास नेपालकै अन्य ग्रामीण तहका लागि प्रेरणादायी मोडेल बन्ने सम्भावना छ।

स्थानीय सरकारले गाउँमै उपचारका लागि सहज बनाइदिए पछि स्थानीय पनि खुसी भएका छन्। राप्तीसोनारी–४, बैजापुरका किसान भुवन थारु भन्छन्, ‘पहिले हामीले सस्तो चाउचाउ खाएर अस्पतालको लागि पैसा जम्मा गर्नुपर्थ्यो। अहिले गाउँमै अस्पताल छ। अब बिरामी पर्दा ‘कता जाने’ भन्ने चिन्ता हुँदैन।’

यस अघि स्वास्थ्य शिविरमा चेकजाँच गराएकी राप्तीसोनारी–७ की कौशिला चौधरीले भनिन्, ‘मैले कहिल्यै सोचेकी थिइनँ कि एक दिन गाउँमै डाक्टरसँग आँखा, कान, पेट सबै कुरा जाँच गराउँछु। यो त सपना जस्तै लाग्छ। पहिले हामी ओझा–सोखा कहाँ जान्थ्यौं, अहिले अस्पताल जान्छौं। यो परिवर्तनले हामीलाई बाँच्ने भरोसा दिएको छ।’

स्वास्थ्य पूर्वाधार विस्तारमा ७ करोड ७२ लाख लगानी

राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य क्षेत्रमा ठूला योजना अघि सारेको छ। गाउँपालिका कार्यालयका अनुसार आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्दै प्रयोगशाला सेवा विस्तार, गुणस्तरीय औषधि खरिद, विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन तथा नागरिक आरोग्य केन्द्रको सेवा विस्तार प्राथमिकतामा राखिएको छ।

यसका अतिरिक्त स्वास्थ्य संस्था निर्माण, पुराना संरचनाको मर्मत सम्भार, महिला स्वास्थ्य स्वयंसेविका परिचालन, खोप तथा जनस्वास्थ्यका कार्यक्रम विकासका लागि सात करोड ७२ लाख २० हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए।

गाउँमै प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउनका लागि यो रकमले स्वास्थ्य पहुँच, गुणस्तर र जनताको सन्तोष बढाउने अपेक्षा गरिएको छ।

राप्तीसोनारीमा स्वास्थ्य सेवाको पहुँच विस्तार

अब बिरामी भएपछि राप्ती सोनारी गाउँपालिका क्षेत्रका बासिन्दालाई उपचारका लागि नेपालगन्ज वा दाङ धाउनुपर्ने बाध्यता हट्दै गएको छ। गाउँमै स्वास्थ्य संस्था विस्तार र सेवा सुदृढीकरणपछि स्थानीयवासीले गुणस्तरीय उपचार सेवा आफ्नै घरछेउमै पाउन थालेका छन्।

गाउँपालिकामा हाल १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। तीमध्ये एक वटा आधारभूत अस्पताल, तीनवटा स्वास्थ्य चौकी, १० वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन्। ती सबै संस्थाबाट प्राथमिक उपचार, सुरक्षित मातृत्व सेवा, बालबालिका र वृद्धवृद्धाको नियमित चेकजाँचदेखि विशेषज्ञ सेवा प्रदान गरिँदै आएको छ।

राप्ती सोनारी–४ बैजापुरमा रहेको राप्ती सोनारी आधारभूत अस्पताल हाल गाउँपालिकाको सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो। यस अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला परीक्षण, प्रसूति सेवा, औषधि वितरण, खोप कार्यक्रम र पोषण परीक्षणजस्ता सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

गाउँपालिकाले यस अस्पतालमार्फत विभिन्न संघ–संस्थाको सहकार्यमा मोबाइल स्वास्थ्य शिविर, विशेषज्ञ परीक्षण कार्यक्रम, र अभिमुखीकरण तालिम सञ्चालन गर्दै आएको छ।

हालै अस्पतालमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना भएपछि मोतियाविन्दु, दृष्टि कमजोरीजस्ता समस्या भएका बिरामीलाई गाउँमै सेवा मिलेको छ।

‘एक वडा, एक बर्थिङ सेन्टर’ अभियान

गाउँपालिकाले सबै वडामा सुरक्षित प्रसूति सेवा दिन ‘एक वडा, एक बर्थिङ सेन्टर’ अभियान सञ्चालनमा ल्याएको छ।

हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा प्रसूति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा आइसकेका छन्। राप्ती सोनारी–६, की राधा थारु भन्छिन्, ‘पहिले बच्चा जन्माउन गाडी खोज्नुपर्थ्यो, पैसाको जोहो गर्नुपर्थ्यो। अहिले त यही स्वास्थ्य केन्द्रमा नर्सले राम्रोसँग सुत्केरी गराइदिन्छिन्। हाम्रो जीवन सजिलो भएको छ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस