जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ कि निरमाया बुढालाई फापरको रोटी र हलुवा मात्रै बन्छ होला भन्ने सोचेकी थिइन्। एप्पल गार्डेन होमस्टे खोलेकी बुढाले फापरबाट बन्ने अन्य परिकार पनि बनाउन सिकिन्। अब धेरै परिकार बनाएर आफू पनि खाने र आगन्तुकलाई पनि खुवाउने उनी बताउँछिन्।
जुम्लाको गुठिचौर गाउँपालिका-४ का एकराज खत्रीले पनि कोदोको ढिँडो र रोटी मात्र बनाएर खाने गर्दथे। जब उनले अन्य परिकार बनाउने सीप सिके रैथाने बालीका धेरै परिकार बनाएर खान मिल्ने रहेछ भन्ने कुरा थाहा भयो । रैथाने बालीको धेरै परिकार बनाउन सकिने भए पनि परम्परागत तरिकाले मात्र यसको उपभोग हुँदै आएको उनको अनुभव छ।
यस्तै सिंजा गाउँपालिका-४ का मानबहादुर बुढाले फापरको स्वादिलो केक, नमकिन बनाउन सकिने बताए । “रैथाने बाली फापरको केक, नमकिन र बिस्कुट बनाउन सकिने रहेछ, किन बजारको आयातित खानुपर्यो र” उनले भने, “घरमै फापरको नमकिन,केक,बिस्कुट, हलुवाजस्ता स्वादिला परिकार बनाउन जानेपछि खुसी लाग्यो।'
रैथाने बालीको परिकार बनाउने तालिमले धेरै परिकारहरू बनाउन सिकाएको चन्दननाथ नगरपालिका-४ का पदमबहादुर थापाले बताए। 'कोदो, मकै, फापर लगायत सधैँ खान्थ्यौँ', पदमबहादुरले भने,'यी वस्तुबाट त धेरै परिकार बन्दो रहेछ । हामीले त परिकार बनाएर खान जानेका रहेनछौँ । अब धेरै परिकार बनाएर खान्छौँ।हामी बेरोजगार भनिरहन्छौँ । तर आफ्नै आँगनमा फल्ने स्वादिला बालीहरूको परिकार बनाउन सकिरहेका छैनौ । यो दुःखद पक्ष हो।’
जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका युवाहरूलाई उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले रैथाने बालीका परिकार बनाउने तालिम युवाहरूलाई दिएको छ।
युवाहरूलाई रैथाने बालीबाट स्वादिला परिकार बनाउन सिकाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख मन्दिरनाथ योगीले बताए। उनले भने, ‘तपाइहरू परिकार बनाएर उद्यमी बन्नुस् । बजारको लागि हामी पहल गर्छौं । फापर र कोदोका परिकार बनाउन ६० हजार बराबरको सामाग्री उपलब्ध गराइनेछ। उद्योग दर्तादेखि परिकार बनाउने सामानहरू विशेष अनुदानमा उपलब्ध गराउने छौँ।'
जुम्लाका ८ वटै स्थानीय तहका ६० वटै वडामा फापर र कोदो खेती हुने गरेको छ । यता कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ८ सय ४० हेक्टरमा कोदो खेती भइरहेको थियो । तर अहिले ३ हजार ७ हेक्टरमा मात्र खुम्चिएको छ। आर्थिक वर्ष २०७८/०८९ को तथ्याङ्क अनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन उत्पादन भएको थियो।