पूर्व–पश्चिम र रत्न राजमार्ग (कोहलपुर–सुर्खेत सडक) जस्ता दुई व्यस्त र मुख्य सडकको बीचमा पर्दछ, कोहलपुर नगरपालिका–११ मा अवस्थित लोकनगर मुक्त कमैया बस्ती। तर, यो बस्तीको भाग्यमा भने विकासको पिच बिचैमा टुटेको छ।
आठ सय ३७ घरधुरी मुक्त कमैयाले बसोबास गर्ने यो बस्तीमा आजसम्म पनि धेरै ठाउँको सडक नाम मात्रको ग्राभेल छ।
कोहलपुर नगरपालिकाले टाढा टाढाका बस्तीसम्म पिच सडक पुर्याइसकेको छ, तर आफ्नै सहरभित्रको यो बस्ती भने ‘अपहेलना’ सरह बेवास्तामा छ।
वर्षा लागेपछि कीचड, घाम लागेपछि धुलो र सधैंभरि ठोक्किँदै हिँड्नुपर्ने सडकको पीडा अहिले यहाँका बासिन्दाको दैनिकी बनेको छ। ‘न त ढल छ, न त पानी बग्ने बाटो। बर्खामा त हामी डुबेर बस्नुपर्छ,’ स्थानीय रोशन चौधरी गुनासो गर्छन्।
विक्रम सम्वत् २०६६ सालमा सरकारको मुक्त कमैया पुनर्वास योजनाअन्तर्गत राप्तीसोनारी, बैजनाथ, खजुरा र कोहलपुरका विभिन्न ठाउँबाट सरेर आएका मुक्त कमैयाहरू अहिले लोकनगर बस्तीमा स्थायी बसोबास गर्दै आएका छन्।
उनीहरूले २०६५ सालमा लालपुर्जा पनि पाए। तर, विकासका सुविधाहरूको हकमा यो बस्ती अझै ‘स्थायी बेवास्ताको सूची’ मा देखिन्छ।
‘बस्ती बनेको १५ वर्ष बढी भयो, तर अझै हाम्रो सपना भने पिच बाटोमै अड्किएको छ,’ स्थानीय मनोज चौधरी भन्छन्। उनका अनुसार, नगरपालिकाले करिब एक वर्षअघि करिब दुई सय मिटर कालोपत्रे गरेको भए पनि बाँकी सात सय मिटर बाटो अझै बनेको छैन।
यो बस्तीको ‘सहरी बाटो’ को सपना छ। बस्तीका सडकमा न त नाली छन्, न ढल। पाँच वर्षअघि खनिएको नाली आजसम्म आधा मात्रै बनेको छ। बाँकी भाग अलपत्र छाडिएको छ।
लोकनगर समाज सुधार समितिका अध्यक्ष चिन्कु थारु भन्छन्, ‘हामीले पटकपटक नगरपालिका, वडा कार्यालय र जनप्रतिनिधिसँग योजनाको माग गरेका छौँ। तर, सुनुवाइ भएको महसुस गरेका छैनौं।’
उनका अनुसार, सडक, ढल निकास, खानेपानी र अन्य पूर्वाधारका लागि बस्तीबाट पटकपटक ध्यानाकर्षण गराइएको छ।
मुक्त कमैयाहरूका लागि पुनर्वास योजना त ल्याइयो, तर त्यसपछि विकास योजनाहरू किन थामिए भन्ने प्रश्न यहाँका स्थानीयहरूमाझ अझै अनुत्तरित छ।
उनीहरूको धारणा छ, ‘सरकार र स्थानीय तहले उनीहरूलाई ‘मुक्त कमैया’ भनेर हेपाह प्रवृत्तिले हेरेका छन्। ‘हामी पनि यहीँका नागरिक हौं, कर तिर्छाैं, मत दिन्छौं, तर विकासमा पछाडि पारिन्छौं,’ बर्घरसमेत रहेको चिन्कुले भने। उनले नगरपालिकाले सौतेनी व्यवहार गरिरहेको खुलेरै आरोप लगाए।
बर्खाको समयमा यो बस्तीको अवस्था झन् भयावह बन्छ। ढल निकासको कुनै व्यवस्था नभएका कारण पानीको निकास नहुनाले बस्ती जलमग्न हुन्छ।
घरभित्रैसम्म पानी पस्ने स्थानीय दाबी गर्छन्। ‘साना नानीहरू स्कुल जान सक्दैनन्, अस्पताल जान गाह्रो हुन्छ,’ चिन्कु थारु भन्छन्।
वडा र नगर सरकार दुवैले पटकपटक योजना बनाउने आश्वासन दिएको भए पनि अहिलेसम्म काम भएको छैन। बस्तीका स्थानीयहरू अब यो समस्या समाधान गर्न अझै पर्खिनुपर्ने की भन्ने चिन्तामा छन्।
यो बस्ती एक प्रतिनिधि उदाहरण हो, जहाँ ‘मुक्त’ भनिएका नागरिक अझै पूर्वाधार अभावमा जकडिएका छन्। भौतिक विकासका योजना सहरका केही विशेष घेरोभित्र मात्रै सीमित हुँदा समावेशी विकासका नाराहरू खोक्रा बन्दै गएका छन्।
बस्तीमा पुग्ने उम्मेदवारहरूले चुनावमा सडक, नाली, पानीजस्ता योजनासँगै भोट मागे पनि जितेपछि फर्केर नहेरेको गुनासो सर्वत्र छ। जनप्रतिनिधिका अगाडि पटकपटक कुरा राख्दा पनि ‘अब हेर्छौ’, ‘योजनामा राखेका छौं’, ‘बजेट आएपछि गर्छौ’ भन्ने ढाँचा दोहोरिने गरेको स्थानीयहरू बताउँछन्।
लोकनगर बस्तीका स्थानीयहरूको आँखा अझै पिच सडक बनिरहेको सपना देखिरहेको छ। उनीहरू विकास माग्न थाकेका छैनन्, तर सरकार र स्थानीय तहले सुन्ने चाहना राखेको महसुस उनीहरूलाई भएको छैन।
लोकनगरको कथा केवल एउटा बस्तीको पीडा होइन, यो त समावेशी विकासका नारामा अझै भूमिगत बस्तीहरूको आवाज हो, जुन सुन्ने कानहरूलाई अझै खोजिरहेकै छन्।
लोकनगर बस्ती कोहलपुर नगरपालिकाको मुटुमा पर्दछ। यो सहर लुम्बिनीकै मुख्य सहरी केन्द्रका रूपमा चाँडै पहिचान बनाउँदैछ। विकास र पूर्वाधार विस्तारको गतिलाई नेतृत्वले गर्वको विषयका रूपमा प्रस्तुत गर्दै आएको पाइन्छ।
तर, त्यही सहरभित्र दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएका सयौं मुक्त कमैयाहरूको बस्तीमा अझै पिच सडक, ढल, नाली र खानेपानीजस्ता आधारभूत सुविधा नपुगेको अवस्था छ।
यो तथ्यले सहरको विकास असमान ढंगले भइरहेको र योजना बनाउने तहले सहरका सबै नागरिकलाई समेट्न नसकेको प्रस्ट पार्दछ। एकातिर नगरपालिकाले टाढा टाढाका क्षेत्रमा समेत सडक विस्तार, पार्क, नाला र बत्तीको व्यवस्था मिलाएको दाबी गरिरहेको छ, अर्कातिर नगरभित्रकै विपन्न समुदाय बेवास्तामा छन्।
यो बेवास्ताले सहरको विकासप्रति दुईटा सन्देश दिन्छ। पहिलो, नगरको समावेशी विकास नीति अझै कमजोर छ र दोस्रो, सहरीकरणको चटारोमा सहरका आधारभूत समस्याहरू ओझेलमा परेका छन्।
कोहलपुरको विकास अब ‘देखिने’ मात्रै नभई ‘महसुस हुने’ हुन जरुरी छ। कोहलपुर वडा नम्बर-११ का अध्यक्ष कल्पना शर्मा भने मुक्त कमैया बस्तीको अवस्था सुधार हुँदै गएको दाबी गर्छिन्।
उनका अनुसार, ‘काम हुँदै नभएको हैन, भएका छन्। तर, सीमित स्रोत साधनका कारण एकैपटक ठूलो परिवर्तन नदेखिएको मात्र हो।’
शर्माको भनाइमा ०७४ सालभन्दा अघिसम्म यो बस्तीमा सामान्य सडक पनि थिएन, तर अहिले पूरै बस्तीका सडक ग्राभेल भएका छन्। ‘राज्यको उपस्थिति नभएको पनि हैन, केही न केही काम भइरहेका छन्,’ उनले भनिन्।
उनको अनुसार, बस्तीको समग्र सुधारका लागि झन्डै १० देखि १५ करोड रुपैयाँ लगानी आवश्यक पर्छ। ‘तर, वडाको कुल बजेट नै ५०/५१ लाख रुपैयाँ जति मात्र छ। यो बजेटले बिस्तारै काम गर्नुपर्छ भन्ने बाध्यता छ,’ उनले स्पष्ट पारिन्।
शर्माले टोल सुधार समितिसँग सहकार्य गरेर प्राथमिकताका आधारमा काम अगाडि बढाउने बताइन्। ‘हामीले स्थानीयवासीका मागलाई बेवास्ता गरेका हैनौं, तर सबै कुरा एकैचोटि सम्भव हुँदैन,’ अध्यक्ष शर्माको भनाइ छ।
नगरसभामा पनि पटकपटक यहाँका समस्यामाथि छलफल हुने गरेको उनी दाबी गर्छिन्। तर, नगर सभालगायतका ठाउँमा छलफल भए पनि यो बस्ती स्थानीय सरकारको प्राथमिकतामा परेको भने देखिँदैन।