बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
१६ जेष्ठ २०८२
•
७ मिनेट पाठ
बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारि बीस वर्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन्। यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन्।




यसको ज्वलन्त उदाहरूण हो– बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया–२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ। राम्रो लाउने, मीठो खाने र साथीहरूसँग घुमेर हिँड्ने कलिलो उमेरकी रञ्जिता घाँसको भारीमाथि तीन वर्षीय छोरा बोकेर गाउँबेँसी गरिरहेकी छिन्। उनलाई सानैदेखि नृत्यमा असाध्य रूचि थियो। तर १६ वर्ष नपुग्दै भागी विवाह गरेपछि उनको पढाइ र सपनामा पनि पूर्णविराम लागेको हो।

निजगढमा कक्षा ९ मा पढ्दै गर्दा आफ्नै कक्षामा सँगै पढ्ने साथीसँग बसेको प्रेमका कारण भागी विवाह भएको थियो। रञ्जिता भन्छिन्, 'विवाह गरेर एकदम सुख पाउँछु भन्ने मलाई लागेको थियो, मलाई पढाइमा असाध्यै रूचि थियो र सँगै नृत्यको प्रशिक्षक बन्न पनि।' विवाहको केही दिन त उनलाई नयाँ घरपरिवारमा पाएको मायाले निकै खुसी दिएको थियो। तर विद्यालय जान नपाउँदा भने आकाश खसेजस्तो भएको उनी सम्झिन्छन्। रञ्जिता थप्छिन्, 'जब सासूआमाले भन्नुभयो, 'अब तिमीले घर सम्हाल्नुपर्छ, खेतीपाती गर्नुपर्छ, तब बल्ल मलाई आफ्नो खुसी कम भएको जस्तो लाग्न थाल्यो।' 

उमेर सानो भए पनि निकै गम्भीर देखिने र परिपक्व कुरा गर्ने रञ्जितालाई ख्यालख्यालमै सुखका लागि गरेको विवाहले यसरी थिच्छ भन्ने नलागेको बताउँदै भन्छिन्, 'घरको काम पनि नगरी आमालाई जितेर खाएको झलझल सम्झँदै आफूले गरेको गल्तीको सजाय भोग्न म बाध्य भएँ, मेरो बुद्धि आउँदासम्म मसँग मेरो विद्यालय र ठूलो स्टेजमा नृत्य गरेर आफूलाई चिनाउने सपना दुवै हराइसकेछ, अनि थाहै नपाई म त ठूली पो भइसकेछु।'

घरमा आफू बुहारी भएको आभासले स्वतन्त्रता खोसिएको लागे पनि भाग्यमा लेखिएको मेटिँदैन रहेछ भन्दै चित्त बुझाएको उनी सम्झिन्छिन्। खेतबारी र वनजङ्गल उनको विद्यालय अनि घरधन्दा र परिवारको हेरचाह उनको नृत्य कक्षा बनिसकेको थियो।

विवाह गरेको केही महिनामा नै गर्भ बस्यो। गर्भवती भए पनि करिब डेढ घण्टाको बाटो ओरालो झरेर डोकोमा दुईवटा गाग्रीमा पानी ल्याउनैपर्ने उनको बाध्यता थियो। हाल गाउँमा पानीको व्यवस्था भए पनि दुई वर्ष अगाडिसम्म उक्त गाउँका सबै महिलाको बिहानी पानी बोकेर उकालो लागेसँगै सुरु हुन्थ्यो। डाँडामा घर अनि बेँसीमा पानीको मुहान, खेतबारीको काम र वनमा घाँसदाउरा यो नै रञ्जिताको दैनिकी बन्न पुग्यो। बिस्तारै उनलाई अब पढाइ र सपनाका बारेमा भुल्ने बानी पर्न थालेको उनी बताउँछिन्। उनलाई अब आफ्नोभन्दा पनि पेटमा हुर्किरहेको बच्चाको चिन्ता लाग्न थालेको सम्झिन्छिन्। बच्चा जन्मिएपछि केही समय आराम गरेर उनको जीवन फेरि उही पुरानै दैनिकीमा फर्किएको उनले बताइन्।

श्रीमानको उमेर पनि रञ्जितासँगैको भएकाले उनको पनि कमाइ नभएका कारण पैसाको समस्या हुन थालेको रञ्जिताले बताइन्। पढाइ पूरा नभएको र गाउँमा काम नपाउने भएकाले विदेश जानैपर्ने बाध्यता आइपर्‍यो। अब उनलाई आफ्नोभन्दा पनि छोराको पढाइको चिन्ता लाग्न थाल्यो। छोरालाई राम्रोसँग पढाउनका लागि श्रीमान् विदेश गएको उनको भनाइ छ।

यतिबेला रञ्जिताको काखमा तीन वर्षको छोरा छ। उनी आफ्नो छोरा, सासूससुराको स्याहारसँगै खेतीपाती गर्न व्यस्त छिन् भने उनका श्रीमान् दुबई गएका छन्, त्यो पनि गाउँमा रु पाँच लाख ऋण गरेर। श्रीमान् पनि अहिले २० वर्षको मात्र छन्। उनको काँधमा परिवार पाल्ने र ऋण तिर्नुपर्ने बाध्यता छ। सोह्र वर्षमा विवाह, १७ वर्षमा बच्चा र २० वर्षमा परिवार पाल्न विदेश जानुपर्ने बाध्यताले उनलाई पनि समस्या भएको रञ्जिताको भनाइ छ।

बिहानै उठेर घरधन्दा गरिसकेपछि वनमा घाँस काट्न जान्छिन्। त्यसपछि अरूको खेतबारीमा पर्म गर्न गएर आफ्नो खेतालाको जोहो गर्ने जिम्मेवारी पनि रञ्जिताले पूरा गरिरहेकी छिन्। मुख्य खेतीका रूपमा मकै फलाउने उनका परिवारको मुख्य खाना पनि मकैको ढिँडो नै हो। रञ्जिता मात्र होइन यहाँ सानै उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या निकै छ। सबैको दैनिकी पनि रञ्जिाको जस्तै छ।

किशोरी आमाको तथ्याङ्क

जनस्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कानुसार मकवानपुरमा चालु आर्थिक वर्षमा मात्र २० वर्षमुनिका चार सय ३२ किशोरी आमा बनेका छन्। सोही अवधिमा जिल्लाभर तीन हजार ८४२ जना सुत्केरी भएका थिए। यसमा घरमै सुत्केरी हुनेको सङ्ख्या एक सय १३ रहेको छ। जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार तीमध्ये २० वर्षमुनिका ४४ जना र २० वर्षभन्दा माथिका ९९ जनाले अस्पताल नगई घरमै सुत्केरी भएका थिए।

उनका अनुसार अहिले पनि किशोरी सुत्केरी हुने स्थितिमा उल्लेख्य सुधार आएको देखिँदैन भने चालु आवको चैतसम्मको तथ्याङ्क हेर्दा पनि अवस्था उस्तै देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा जम्मा पाँच हजार १७२ महिला सुत्केरी भएकामा जसमध्ये पाँच सय २९ (१० दशमलव २ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए। तीमध्ये एक सय ६६ जनाले अस्पतालको सट्टा घरमै सुत्केरी गराएका थिए। त्यसैगरी, आव २०८०/८१ मा कुल चार हजार ४३० सुत्केरीमध्ये चार सय ९१ जना (११ दशमलव १ प्रतिशत) किशोरी रहेका थिए भने एक सय २८ जनाले अझै पनि घरमै सुत्केरी गराएका थिए। चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क हेर्दा पनि उस्तै अवस्था देखिन्छ। कुल तीन हजार ८४२ सुत्केरीमध्ये चार सय ३२ जना (११ दशमलव २ प्रतिशत) २० वर्षमुनिका किशोरी छन्। यसले किशोर उमेरमै आमा बन्ने दरमा सुधारका सट्टा स्थायित्वमा झनै वृद्धि देखिएको सङ्केत गर्छ।

पालिकाअनुसार किशोरी आमाको तथ्याङ्क  

पालिकाअनुसार हेर्दा चालु आवमा जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर चुनौतीका रूपमा कायम देखिन्छ। जनस्वास्थ्य कार्यालयका अनुसार मनहरी गाउँपालिकामा एक सय ८९ सुत्केरीमध्ये ३१ किशोरी (२० वर्षमुनिका) थिए, जबकि मकवानपुरगढी गाउँपालिकामा ९१ सुत्केरीमध्ये २२ जना किशोरी आमा बनेका थिए। त्यस्तै, बकैया गाउँपालिकामा एक सय ८१ सुत्केरीमध्ये ३० जना किशोरीहरू थिए भने हेटौँडा उपमहानगरपालिकाजस्तो सहरी क्षेत्रमा दुई हजार ५४४ सुत्केरीमध्ये दुई सय एक जना किशोरी आमा बनेका छन्।

अन्य पालिकातर्फ हेर्दा, कैलाश गाउँपालिकामा दुई सय १६ सुत्केरीमध्ये ३८ जना, थाहा नगरपालिकामा दुई सय तीन सुत्केरीमध्ये २५ जना र बागमती गाउँपालिकामा एक सय ९६ सुत्केरीमध्ये ४५ जना किशोरी गर्भवती भई आमा बनेका थिए। यी तथ्याङ्कहरूले स्पष्ट सङ्केत के गर्छ भने जिल्लाभर किशोरी गर्भावस्था र बालविवाहको दर अझै पनि चिन्ताजनक नै छ।

जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर समस्या बनिरहेको कुराको पुष्टि जिल्ला सहकारी अस्पताल हेटौँडा अस्पतालको तथ्याङ्कले पनि गर्छ। पछिल्ला तीन आव र चालु आवको सुत्केरी विवरणले किशोरी अवस्थामा आमा बन्ने प्रवृत्ति लगातार कायम रहेको देखाएको छ।

आव २०७८/७९ मा अस्पतालमा कुल तीन हजार ३६० सुत्केरीमध्ये दुई सय ५५ जना अर्थात् ७ दशमलव ६ प्रतिशत किशोरी आमा बनेका थिए। त्यसैगरी, २०७९/८० मा तीन हजार ८९६ सुत्केरीमध्ये दुई सय ७६ जना किशोरी थिए, जुन ७ दशमलव १ प्रतिशत हो। आव २०८०/८१ मा भने दुई हजार हजार ९५३ सुत्केरीमध्ये दुई सय १८ जना अर्थात् ७ दशमलव ४ प्रतिशत किशोरी आमा बनेका थिए। चालु आवको साउनदेखि चैतसम्मको अवधिमा दुई हजार ४७१ सुत्केरीमध्ये एक सय ८१ जना किशोरीले सुत्केरी सेवा लिएका छन्, जुन ७ दशमलव ३ प्रतिशत हो।

चालु वर्षमा कुनै पनि महिनामा किशोरी सुत्केरीको सङ्ख्या शून्यमा झरेको छैन। साउनमा २६, भदौमा १९, असोजमा १८, कात्तिकमा २३, मङ्सिरमा २२, पुसमा २१, माघमा १९, फागुनमा १७ र चैतमा २२ जना किशोरीले सुत्केरी सेवा लिएका छन्। यो समस्या केवल ग्रामीण वा आर्थिक रूपले कमजोर समुदायमामात्र सीमित नभई सहरी र स्वास्थ्य सेवा पहुँचमा भएका क्षेत्रमा पनि किशोरी गर्भावस्था निरन्तर देखिएको छ।

बागमती प्रदेशको विवाहित जोडीको तथ्याङ्क हेर्ने होभने पनि ५० दशमलव ५१ प्रतिशत बालविवाह रहेको छ। सबैभन्दा धेरै बालविवाह नुवाकोटमा ६२ दशमलव छ प्रतिशत छभने काठमाडौँमा सबैभन्दा न्यून २९ दशमलव दुई प्रतिशत रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ। बागमती प्रदेशमा सबैभन्दा धेरै बालविवाह हुने गाउँपालिकामा मकवानपुरको राक्सिराङ गाउँपालिका रहेको जहाँ १० वर्षमुनिका बालबालिको विवाह एक दशमलव ०९ प्रतिशत, १० देखि १४ वर्षसम्मको आठ दशमलव ०७ प्रतिशत, १५ देखि १९ वर्षसम्मको ४१ दशमलव ३५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस