राप्तीसोनारी गाउँपालिका–५ स्थित आलीनगरका बासिन्दाको अनुहारमा यति बेला त्रास र निराशा दुवै देखिन्छ । गाउँको किनारमै फैलिएको सामुदायिक जङ्गलको शान्त हरियाली अब डरको स्रोत बनेको छ । मंगलबार राति यहाँका होलीराम थारुको पाठालाई बाघले घरकै अगाडिको खोरबाट लगेपछि यो त्रास अझ चुलिएको छ । यो घटना एक्लो होइन, यसको केही दिनअगाडि गीता बुढा, हर्कमाला पुनको बाख्रालाई पनि सोही बाघले आक्रमण गरेको थियो ।
स्थानीयहरू भन्छन्, ‘हामीलाई रातपख त के, अब त दिउँसो पनि बाघको डर हुन थालेको छ।’ कहिले कसो दिनदहाडै गाउँ छिर्छ बाघ । बाघको बढ्दो गतिविधिका कारण गाउँले यति बेला न त खेतमा सहजै जान सक्छन्, न त वनभित्रको घाँस दाउरा काट्न । यहाँका अधिकांश घरहरूमा पशुपालन नै मुख्य आयस्रोत हो । बाख्रा, गाईगोरु पालेर गुजारा चलाउने अधिकांश परिवारका लागि एउटा पशु गुमाउनुको अर्थ ठूलो आर्थिक धक्का हो । गीता बुढाले दुखेसो पोखिन्, ‘बाख्राले बच्चा दिने बेला थियो । एक पटकमा २०/२५ हजार कमाइ हुन्थ्यो । अब त ऋण तिर्न गाह्रो प¥यो ।’ त्यस्तै, खर्कमाला पुन पनि आक्रोश व्यक्त गर्छिन्, ‘हाम्रो लगानी रातारात बाघको पेटमा जान थाल्यो भने हामी कसरी बाँच्ने ?’
बाघ गाउँमा छिर्न थालेको कारणको मूल जड नजिकै रहेको सामुदायिक वन हो, जहाँ वर्षौंदेखि संरक्षण गरिएको छ । बाघ र अन्य वन्यजन्तुहरूको लागि अनुकूल वातावरण बनेपछि बाघको संख्यामा वृद्धि भएको बताइन्छ । तर वन्यजन्तु र मानवबस्तीबीचको दूरी घट्दै जाँदा समस्या सिर्जना भएको छ । ‘वन्यजन्तुको सुरक्षा त ठिक हो,’ होलीरामले भने, ‘तर बाघले मान्छेका पशु चौपाया खाँदै हिँड्ने भएपछि हाम्रो सुरक्षाको के ग्यारेन्टी ?’
सामुदायिक वन समूहका पदाधिकारीहरू भने समस्या समाधानमा लागि परेको बताउँछन् । एक पदाधिकारी भन्छन्, ‘हामीले वन डिभिजन कार्यालयमा बाघको गतिविधि बारे जानकारी गराएका छौँ । केही वर्ष पहिला हिंस्रक बाघलाई नियन्त्रणमा लिइएको थियो ।’ तर गाउँलेहरू यति सजिलोमा ढुक्क भएका छैनन् । उनीहरू स्थायी समाधान खोजिरहेका छन्, जसमा बाघलाई जङ्गलमै सीमित राख्ने उपाय प्रमुख हो ।
सुरक्षाको उपाय स्वरूप केही स्थानीयले अहिले रातको समयमा पशु खोरभित्र राख्न थालेका छन् । तर, खोर कच्ची छन्। ‘दुई बाख्राको आम्दानीले खोरमा फलामको बार लगाउन सकिन्न,’ गीता भन्छिन्, ‘हामीलाई राज्यको तर्फबाट सहयोग चाहिन्छ ।’
‘हामीलाई योजना होइन, तुरुन्त राहत र सुरक्षा चाहिएको छ,’ स्थानीय महिलाहरूको आवाज छ । बाघको उपस्थिति यहाँका बासिन्दाका लागि अब रोमाञ्चक कथा होइन, दिनदिनैको भय बनेको छ । एकातिर वन्यजन्तुको संरक्षण, अर्कोतर्फ गाउँलेको जीविकोपार्जन, यी दुईको सन्तुलन खोज्न राज्य र सम्बन्धित निकायले चाँडै कदम चाल्ने हो भने मात्र आली नगरजस्ता गाउँमा बाघ र बाख्रा दुवैको अस्तित्व सँगसँगै रहन सक्नेछ । अहिले भने बाघको डरले गाउँ चिसिएको छ र मानिसहरूको मुहारमा शान्ति होइन, त्रासको छाया मात्र देखिन्छ ।
बाघले मारेको पशु/चोटपटकका लागि तत्काल राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रावधानलाई प्रभावकारी बनाउन आवश्यक रहेको स्थानीयको भनाइ छ । सुरक्षित पशुखोर निर्माणका लागि अनुदान वा प्राविधिक सहयोग प्रदान गरे किसानमा थप हौसला प्रदान हुने यहाँका पशुपालक किसान बताउँछन् ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुस्ताका अनुसार चार वटा समूहसँग मिलेर सामुदायिक वन तारबार गर्ने काम भइरहेको छ । कतिपय ठाउँमा सुधारिएका गोठसमेत निर्माण भएका छन् । चार समूह मिलेर सामुदायिक वनमा तारबार (घेराबार) गरिनु र केही किसानले सुधारिएको गोठ निर्माण गर्नु बाघको त्रास न्यूनीकरण तथा गाउँलेको सुरक्षामा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
राप्तीसोनारी–५, को समय भवानी सामुदायिक वनमा करिब आठ सय मिटर, ९ नम्बर वडाको अशोक सामुदायिक वनमा आठ सय, ८ नम्बर वटाको घण्टेश्वर सामुदायिक वनमा एक हजार तीन सय ३०,२ नम्बर वडाको लालीगुराँस सामुदायिक वनमा सात सय ३८ र खजुरा–२ स्थित हरित सिर्जना सामुदायिक वनमा तीन सय मिटर तारबार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए । ‘वन्यजन्तु आहाराका लागि बस्ती छिर्छन्,’ उनले भने, ‘वन संरक्षण गरी जङ्गलभित्रै आहाराअर्थात घाँस हुने हो भने बाहिर आउँदैनन् ।’ यसले किसानहरू सहजै सामुदायिक वनभित्र जान नसक्ने र वन्यजन्तुको आहारा घरपालुवा जनावरले खान नसक्ने उनको भनाइ छ ।
‘तारबारले वन क्षेत्र र मानव बस्तीबिच स्पष्ट सिमाना बनाउँछ । बाघजस्ता वन्यजन्तुहरू गाउँ पस्ने सम्भावना कम हुन्छ,’ उनले भने, ‘गाउँलेहरूलाई कम्तीमा पनि रातपख बाघ गाउँ छिर्ला भन्ने त्रास कम हुन्छ, जसले उनीहरूलाई काम गर्न, सुत्न र बालबच्चा हेर्न सहज बनाउँछ ।’ तारबारले वन्यजन्तुलाई वनमै सीमित राख्ने र मानिसलाई आफ्नो बस्तीमा सुरक्षित राख्ने कार्य गर्ने र जसले द्वन्द्व घटाउने उनी बताउँछन् ।
बलियो र सुधारिएको गोठमा फलामको जाली, पक्की संरचना वा ससाना खिड्की÷ढोका प्रणाली हुन्छ । यसले बाघलाई रातपख खोर भित्र पस्न असम्भवजस्तै बनाउँछ । बाख्रा, बंगुर, गाईजस्ता पशुहरू सुरक्षित हुँदा किसानको लगानी जोगिन्छ । यी दुवै उपायले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन योगदान दिने डिभिजन वन कार्यालयले जनाएको छ । संरक्षणलाई कायम राख्दै गाउँको सामाजिक–आर्थिक सुरक्षामा सन्तुलन ल्याउने यस्ता प्रयासलाई थप विस्तार र समर्थन आवश्यक रहेको स्थानीय बताउँछन् ।