आदिवासी जनजाति विधामा आधारित जैविक पुनः स्थापना र खाद्य प्रणालीको पहिचान गर्न थालिएको छ । आधुनिकीकरण र जलवायु परिवर्तनका कारण परम्परागत खाद्य बालीहरू लोप हुँदै जान थालेपछि यसको पहिचान र संरक्षण गर्न लागिएको हो ।
फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) नेपाल र आदिवासी जनजाति विभागले यसको पहिचान गर्नका लागि देशभरका आदिवासी जनजाति समुदायबाट खाद्य क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई चितवनको सौराहामा भेला गराएको छ । उनीहरुलाई सोमबारदेखि पाँच पाँच दिनसम्म आदिवासी जनजाति विधामा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीको परिचयात्मक पद्धतिका विषयमा तालिम प्रदान गरिने एफएओ नेपालका आदिवासी जनजाति फोकल पर्सन राज हुमागाईँले जानकारी दिए ।
तालिमको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले नेपालमा परम्परागत खाद्यका बिउँहरू लोप हुँदै गएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले जौ, गिठा भ्याकुर, कागुनो, उवा जस्ता खाद्य बालीहरूको बिउ लोप हुँदै जान लागेको बताए । जलवायु परिवर्तनसँगै नेपालको खाद्य प्रणालीमा पनि असर गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि यसतर्फ ध्यान दिनुपर्ने बताए । बागमती प्रदेश सांसद भारती पाठकले जल, जङ्गल, जमिनसँग खाद्य प्रणालीलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शारदा थपलियाले नेपालमा आदिवासी समुदायले आफ्नो पहिचानका लागि पनि रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताइन् । उनले उत्पादित बालीको संरक्षणका लागि विश्वविद्यालयको पाठ्यक्रममा रैथाने बालिका बारेमा अध्ययन सामाग्री राख्न थालिएको जानकारी दिइन् ।
आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेलले आधुनिकीकरणका कारण परम्परागत खाद्य प्रणालीमा समस्या आएको र बिउ नासिँदै गएको बताए । हाम्रो स्वास्थ्य जीवनसँग समेत परम्परागत खानेकुराहरू जोडिएको भन्दै संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे । सो अवसरमा एफएओ नेपालका प्रमुख केनसिमिजुले विश्वमा रहेका आदिवासी जनजातिको अवस्था र खाद्य प्रणालीको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
एफएओ नेपालले आयोजना गरेको तालिममा नेपालमा आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने २६ संस्थाका ५४ प्रतिनिधिको सहभागिता रहेको छ । भारतबाट समेत ३ जना प्रतिनिधि तालिममा सहभागी भएका छन् । ३ जना विदेशीसहित १० जना विज्ञले तालिम प्रदान गर्नेछन्।
तालिममा जैविक ज्ञानमा आधारित जैविक पुनःस्थापना सम्बन्धी बिषयमा दुई दिन र आदिवासीको खाना पहिचान सम्बन्धी तीन दिन प्रशिक्षण दिइने एफएओ नेपालका आदिवासी जनजाति फोकल पर्सन राज हुमागाईँले जानकारी दिए। उनका अनुसार तालिममा सहभागीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षाहरू समेत दिइनेछ । धान रोप्ने समय समेत सर्दै गएको उनले बताए ।