कुनै समय थियो, जब राप्तीसोनारी–६, डाँडाटपरीबासी बिहान सबेरै हिँडेर तीन घण्टामा नेपालगन्ज पुग्थे । साँघुरो कच्ची बाटो, छालामा धुलो, खुट्टामा छाला चर्कने दिनहरू अझै स्थानीयको स्मृतिमा ताजा छन् । २०३६ सालतिर बसोबास सुरु गरिएको यो बस्ती अहिले हुलाकी राजमार्गले टेको लगाएपछि पूरै रूपान्तरण भएको छ ।
‘पहिले हामी सहर जाने हो भने बिहानै निस्किनुपथ्र्यो । बाटो छैन, गाडी छैन । कहिलेकाँहि लडिया भेटिन्थ्यो, नत्र पैदलै,’ स्थानीय चन्द्रकला बुढा भन्छिन्, ‘तर अहिले त घरअगाडि गाडी आउँछ । एकछिनमै नेपालगन्ज पुगिन्छ ।’ हुलाकी राजमार्गले डाँडाटपरीको अनुहारै फेरेको छ । अहिले गाउँमा पाँच सयभन्दा बढी घरधुरी छन् । घरहरू पक्की बन्दैछन् । गाउँको मुख्य सडक कालोपत्रे छ । बजार विस्तार हुँदैछ । बिहान–साँझ सवारी साधनको आवाज गाउँलेका लागि विकासको संगीतजस्तै लाग्छ । अझ भनौं त्यही संगीतको धुनले गाउँलाई उठाउँछ ।
वीरभान पुन भन्छन्, ‘पहिला दुःख मात्र थियो, अब सहज छ । बालबालिकाले साइकल चढेर स्कुल जान थालेका छन् । बजार गर्न गाडी चढेर जान्छौं । हिजो देखेको सपना अब पूरा भएको जस्तो लाग्छ ।’ २०२६ सालमा सल्यानबाट तराई झरेका उनले विकासको अनुभूति गर्न पाएनन् । सल्यान र यहाँ भुगोल मात्र फरक थियो । पहाड र तराईको । अरु दुःख उस्तै । तर, पछि समय बदलिँदै गयो, गाउँले विकासको गति लिँदै गयो । अहिले घरै अगाडि पसल सञ्चालन गरेका छन् । वृद्ध भइसकेका उनको आम्दानीको स्रोत यही पसल भएको छ । ‘सडक नभएको भए उही किसानी काम गर्नुपथ्र्याे,’ उनले भने, ‘अहिले त पसल गरेर बसेको छुँ ।’
एक समय डाँडाटपरी भन्नासाथ वन, बस्ती, र दूरी सम्झिन्थे । अहिले भने त्यही बस्ती विकासको गतिमा अघि बढिरहेको छ । यहाँका हरि बुढा मगर भन्छन्, ‘सडकले धेरै कुरा परिवर्तन गरिदियो । यहाँका मान्छेले विकास आफैँ देख्न थालेका छन् । हामी गर्व गर्छौं । अब हामी पनि सहरजस्तै बाँचिरहेका छौं ।’
सात दशक अघिको पाखा बारी अहिले चिल्ला सडक र बाक्लिँदो बस्तीमा बदलिएको छ । अब डाँडाटपरीका सपना हिँड्न थालेका छन् , मोटरको गतिमा ।
सुरुवातमा न बाटो थियो, न बिजुली, न त कुनै पूर्वाधार । एउटा बिरामी परे त बोकेर लैजानुपर्ने बाध्यता थियो । पैदल यात्रा र लडियाको भरपर्दो विकल्प थिएन । तर, आज यो डाँडाटपरी फरक देखिन्छ । फराकिलो, चिल्लो सडक गाउँ हुँदै सहर जोडिएको छ । घरअगाडि सवारी गुड्छ । बिहानै बजार जाने र बेलुका फर्कने दिनचर्या बनेको छ स्थानीयको । नेपालगन्ज हुँदै राप्तीसोनारी भएर लम्किने हुलाकी राजमार्ग डाँडाटपरीको मुटुभित्र छिरेपछि गाउँमा अभूतपूर्व परिवर्तन आएको देख्न सकिन्छ । अब यही बाटोले गाउँको मुहार फेरेको छ । चन्द्रकला भन्छिन्, ‘पहिला पायक पर्ने बाटो थिएन । बिरामी परे डोकोमा बोकेर लैजानुपथ्र्यो । अहिले गाडीमै अस्पताल जान सकिन्छ । अहिलेको सुविधा देख्दा आँखा रसाउँछ ।’
यसअघि बारीमा फल्ने तरकारी, गहुँ, मकै गाउँमै बिग्रिन्थ्यो । बजार लैजान साधन थिएन । अहिले डाँडाटपरीबाट नेपालगन्जसम्मका बजारमा कृषि उत्पादन सजिलै पुग्छ । हरि बुढा मगर सुनाउँछन्, ‘गाडीले हाम्रो पसिना पैसा बनाइदियो । सहरबाट चाहिने नुन, तेल, चामल पनि सजिलै ल्याउन थाल्यौं । पहिले गाउँ बन्द थियो, अहिले खुला आकाश जस्तो छ ।’
सडक पुगेपछि बालबालिका विद्यालय पुग्न थाले । युवाहरूको रोजगारीका लागि सहरसँग सम्पर्क बढ्यो । गाउँमै पसल खुले, टेम्पो, ट्याक्टर चल्न थाले । वीरभान पुन भन्छन्, ‘सडकले गाउँलाई जिउँदो बनायो । हिजो घरमा बस्ने मान्छे आज बजारको गति समातेको छ ।’ बिहान सबेरै चिया पसल खोलिन्छ, साँझसम्म चहलपहल । गाउँका पुराना गोरेटा आज पिच बाटो भएको छ । विकास हेर्ने होइन, भोग्ने विषय बनेको छ । डाँडाटपरी अब कुनै कुनाको बस्ती होइन, बजारजस्तै बाँच्न थालेको गाउँ हो । आँखैअगाडि विकास देख्न पाउँदा यहाँका बासिन्दा भन्छन्, ‘अब हाम्रै पालामा सपना पूरा भयो ।’