जुम्लाको चन्दननाथ नगरपालिका ७ मिचा गाउँका हरिचन्द्र रावल विसं २०७३ सालमा दुर्घटनामा परे। उनी ट्याक्टरमा बालुवा लिन जाँदा दुर्घटना परेका हुन्। उनी संगै ट्याक्टरमा बसेका एक जनाको मृत्यु भएको थियो भने अर्का एकको खुट्टा भाच्चियो।
रावललाई भने नसामा समस्या देखियो। उनी उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगंज मेडिकल कलेज हुँदै भारतको लखनउसम्म पुगे। यस क्रममा उनको महंगो खर्च भयो। तर, अहिलेसम्म पूर्ण रूपमा सन्चो भने हुन सकेको छैन।
दुर्घटनापछि उनको परिवारले घरखेत बेचेर काठमाडौं, बनेपा लगायतका धेरै अस्पतालहरूमा पनि उपचारका लागि लगे। तर सुधार भएन र उनीहरू घर फिर्ता भए। हरिचन्द्र रावलको झण्डै ९ वर्षदेखि घरमै स्याहारसुसार मै जीवन बितिरहेको छ। आजभोलि उपचारका लागि लखनउ जाने योजना रहेको उनी सुनाउँछन्।
प्राकृतिक वा दुर्घटनाको कारणले धेरै व्यक्ति अपाङ्गता भएका छन्। तर हरिचन्द्रको फरक छ। उनको स्याहारसुसारमा दिनरात लागेकी आमा कर्मकली रावल गुनासो गर्छिन्, 'अहिले शरीरमै दिसापिसाब हुन्छ। दुवै खुट्टा चल्दैनन्, दाँया हात पनि चन्दैन, दिसापिसाब गर्न पेटमा पाइप राखिएको छ। डाक्टरले दिसापिसाबका लागि पहिले एक ठाउँबाट पाइप हालेका थिए। त्यहाँ घाउ बल्झिएपछि अर्को ठाउँबाट पाइप जोडिएको छ। अहिले त्यहाँ पनि घाउ बल्झियो। घाउ सफा गर्ने, औषधि खाने पैसा छैन।'
उनले भावुक हुँदै आँखाबाट आँसु झार्दै भनिन्, 'हरिचन्द्र पूर्ण अशक्त भएर ओछ्यानमा थन्किएपछि म पनि उसैको स्याहारसुसारमा ९ वर्षदेखि लागेकी छु। घरमा अन्य कुनै आम्दानीको स्रोत छैन, भएको उसको नामको सम्पत्ति समेत बिक्री गरेर बस्ने घर पनि उपचारका लागि बैंकमा धितो राखिएको छ।'
छोराको दिसापिसाब स्याहार्न मात्रै मासिक लगभग ३ हजार रुपैयाँको पञ्जा चाहिन्छ, २० हजारको औषधि चाहिन्छ। घाउ बल्झिँदै गयो। अहिले त ह्विल चेयर पनि छैन। बोकेरै अस्पताल घाउ सफा गर्न आवतजावत गर्न समस्या छ। मासिक खाना जुटाउन पनि निकै कठिन भएको उनले दुखेसो पोखिन्।
हरिचन्द्रका बुबा कर्मसिंह रावल पनि बिरामीले थला परेका छन्। यसले पीडामा झनै पीडा थपिएको छ। पेट र पायल्सको सल्यक्रियापछि झन् बिग्रेर दैनिक जीवनयापन गर्न कठिन छ। कर्मकलीले अन्य सहयोगी हातहरूलाई छोराको उपचारका लागि सहयोग गर्न अपिल गरेकी छिन्।
यता मृत्युको शय्यामा पुगेका हरिचन्द्रले भने, 'मृत्यु छिटो भइदियोस् भन्दै भगवान् पुर्काछन्। अहिले आमा हुँदा दिसापिसाब अन्य स्याहारसुसार छ। आमा नहुँदा के गर्ने, कसरी दैनिक जीवनयापन गर्ने भन्दै भक्कानिए। हरिचन्द्रको यस्तो हालत हुँदा बिचमै श्रीमती पनि छोडेर अर्काको विवाह गरेको परिवार स्रोतले बताउँछ।
श्रीमतीले छाडेर गए पनि छोरी हरिचन्द्रको साथमा जेनतेन पढिरहेकी छिन्। घरमा कमाउने आधार छोरा दुर्घटनामा परि पीडैपीडा खेपिरहेका छन्। उनकी आमाले स्थानीय सरकारसँग उपचार खर्च माग नगरेका पनि होइनन्। तर अहिलेसम्म सुनुवाइ भएको छैन।
बिरामी बुबा कर्मसिहंले भने, 'पहिलो जुम्लाको नगर प्रमुख कान्तिका सेजुवाल नगर प्रमुख हुँदा सामान्य २५ हजार रुपैयाँ उपचारका लागि चन्दननाथ नगरपालिकामा माग गरेका थियौँ। तर, अहिले पाएका छैनौँ। अहिले सेजुवाल जुम्लाबाट समानुपातिक संघीय माननीय छन्। शरीरमै दिसापिसाब गर्ने, घाउ बल्झिरहेका व्यक्तिलाई राज्यले यथाशिघ्र उपचार गर्नुपर्ने हुन्छ।'
यता चन्दननाथ नगरपालिकाका महिला तथा बालबालिका शाखा महिला विकास निरीक्षक पुष्पा थापाले उनको उपचारका लागि पहल गरिने बताइन्। अपाङ्गता भएका व्यक्तिलाई सरकारले नि:शुल्क उपचार गर्ने भए पनि हुन नसकेको राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपाने बताउँछन्।