सगरमाथा संवादका सहभागी अन्तर्राष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनका कारण उत्पन्न दुष्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन–अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्नेमा जोड दिए।
आइबार संवादको तेस्रो दिन राजधानीको ललितपुरमा रहेको बज्रबाराहीस्थित पर्यावरणमैत्री विद्यालय बज्र एकेडेमीको भ्रमणमा पुगेका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिकदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित र अभ्यस्त बनाउनुपर्नेमा उनीहरूको जोड थियो।
कार्यक्रममा सगरमाथा संवादका करिब एक सय सहभागीले देश्कै नमुनायोग्य हरित विद्यालय मानिएको बज्र एकेडेमीको भ्रमण गरेका थिए। भ्रमणमा सहभागी विज्ञलाई सगरमाथा संवादका प्यानलिस्ट एवं बज्र एकेडेमीका संस्थापक मार्टिन ओल्थोपले विद्यालयमा गरिएको पर्यावरणमैत्री पठनपाठन तथा क्रियाकलापका बारेमा जानकारी गराएका थिए।
उनका अनुसार हरियालीले भरिपूर्ण विद्यालय परिसरको विकास, सौर्य ऊर्जामा आधारित बाफलाई मुख्य इन्धनका रूपमा प्रयोग गरिने भान्सा घर, गौपालन, गाईको गोबर र छात्रावासको मलमा आधारित बायोग्यास, अर्गानिक तरकारी तथा जडिबुटी खेती, मौरीपालन, बर्खाको पानी संकलन, विद्यालयमा जैविक खाना–खाजा, पर्यावरणमैत्री फोहोर व्यवस्थापन र हरितमैत्री पाठ्यसामग्री प्रयोग गरिएको जानकारी दिए।
विद्यालयले विद्यार्थीलाई नजिकैको स्थानीय निकायसँगको सहकार्यमा पर्यावरणमैत्री क्रियाकलापमा समेत सहभागी गराउँदै आएको छ। विद्यालयका कार्यकारी निर्देशकमाझ इको क्लब गठन गरी यसमार्फत पर्यावरणका पक्षमा लगाउनसमेत थालिएको जानकारी दिए। ‘विद्यार्थीलाई धान, मकै आदि खेती गर्न लगाएर हावापानी र माटो चिनाउने गरेका छौं’, उनले भने।
बज्र फाउन्डेसनद्वारा पर्यावरणमैत्री विद्यालय चलाउने उद्देश्यले १८ वर्षअघि स्थापित बज्र एकेडेमीले फरक शैलीको पठनपाठन सुरु गरेको थियो। यस्तो शैलीलाई अब प्रदेशस्तरमा विस्तार गरिने जानकारी एकेडेमीका प्रमुख ट्रस्टी डोरबहादुर भण्डारीले दिए।