देशका विभिन्न स्थानमा ७ जना मृत फेला
२९ वैशाख २०८२
•
१ मिनेट पाठ
देशका विभिन्न स्थानमा ७ जना मृत फेला
देशका विभिन्न जिल्लाहरूमा आइतबार र सोमबार गरी सात जना मृत अवस्थामा फेला परेका छन्।तीमध्ये केहीको परिचय खुलेको छ भने केहीको नाम, थर र वतन हालसम्म नखुलेको प्रहरीले जनाएको छ।




मोरङ- सुन्दरहरैंचा नगरपालिका–७, योगमाया टोलका ८१ वर्षीय पर्शुराम राई आइतबार सोही नगरपालिका–७ मा पूर्वाअञ्चल विश्वविद्यालयतर्फ जाने बाटो छेउमा मृत अवस्थामा फेला परेका छन्।

ललितपुर- ललितपुर महानगरपालिका–१४, महालक्ष्मीस्थानमा एक अन्दाजी ५१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। हालसम्म उनको नाम, थर र वतन खुल्न सकेको छैन।

सिराहा- धनगढीमाई नगरपालिका–१२, सरेखोलाको डिलमा बसोबास गर्ने ४१ वर्षीय चौठी मण्डल आइतबार मृत अवस्थामा भेटिएका छन्। उनी सोही नगरपालिका–१२, बगरटोलका बासिन्दा हुन्।

रूपन्देही- ओमसतिया गाउँपालिका–३, लोरौली गाउँस्थित खाली खेतमा एक अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा भेटिएका छन्। उनको पनि परिचय खुल्न सकेको छैन।

गोरखा- सिरानचोक गाउँपालिका–६ को दरौदी नदीमा भिमसेनथापा गाउँपालिका–१ मसेलका ८० वर्षीय चन्द्रकान्त ढकाल सोमबार मृत अवस्थामा फेला परेका हुन्।

सप्तरी- खड्क नगरपालिका–५, खर्चुईया चोकमा विष्णुपुर गाउँपालिका–६, रंजितपुरका ३० वर्षीय पुर्ण भन्ने रमेश राम सोमबार मृत अवस्थामा भेटिएका छन्।

सोलुखुम्बु- खुम्बु पासाङल्हामु गाउँपालिका–३, घाटस्थित दूधकोशी नदीमा एक अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत भेटिएका छन्। उनको परिचय हालसम्म खुलेको छैन।

उक्त सबै घटनाबारे स्थानीय प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। मृतकहरूको शव परीक्षणका लागि सम्बन्धित अस्पतालमा पठाइएको छ।
अर्को समाचार
देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला
१७ पौष २०८१
•
१ मिनेट पाठ
देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। मंगलबार काठमाडौँ, कैलाली, कास्की, ललितपुर, पर्साका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 




मृत अवस्थामा फेला पर्नेहरूमा काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ छन्। कैलाली, गोदावरी नगरपालिका-२ तेधरी बस्ने ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् भने कास्की, पोखरा महानगरपालिका-१६ देउराली डाँडा बस्ने ६२ वर्षीय गोविन्द दमै सोही ठाउँस्थित पहिरा वन सामुदायिक जंगल नजिकै मृत अवस्थामा फेला परेका छन्।  

यस्तै ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन्। पर्सा, वीरगन्ज महानगरपालिका-१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। 

यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस