काठमाडाैंसहित ४ स्थानमा ७ जना मृत फेला
१८ असोज २०८२
•
१ मिनेट पाठ
काठमाडाैंसहित ४ स्थानमा ७ जना मृत फेला
काठमाडाैंसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन्।




काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित चुनदेवी गेष्ट हाउसको कोठा नम्बर २०३ मा गत असोज १२ गतेदेखि बस्दै आएका मकवानपुर मकवानपुरगढी गाउँपालिका-३ घर भएका ४४ वर्षीय सोम बहादुर स्याङ्तान सोही कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बद्धपार्क नजिक डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका ३५ वर्षीय राजु तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दार्चुला, ब्याँस गाउँपालिका-१ राकमस्थित तिङ्कर खोलाको किनारमा दाङ घोराही उपमहानगरपालिका-११ घोराही बस्ने ४८ वर्षीय जितमान चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी दार्चुला, महाकाली नगरपालिका-४ बाङगाबगरस्थित माहाकाली नदीको किनारमा सोही नगरपालिका-१ लास्कु बस्ने ३६ वर्षीय देबेन्द्र कामी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, तुम्बेवा गाउँपालिका-२ भर्लिनी खोलसीमा सोही गाउँपालिका भालु खोप बस्ने ५७ वर्षीय देव कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दाङ, राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी दाङ, गढवा गाउँपालिका-२ टाकुराटोल बस्ने ५२ वर्षीय कृष्ण परियार आफ्नै घर नजिकै रहेको गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
काठमाडाैंसहित देशका विभिन्न स्थानमा ८ जना मृत फेला
०५ माघ २०८१
•
१ मिनेट पाठ
काठमाडाैंसहित देशका विभिन्न स्थानमा ८ जना मृत फेला
काठमाडाैंसहित देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेका छन्। काठमाडौं, इलाम, सर्लाही, बागलुङ, भोजपुर, कास्की र रामेछापमा मृत फेला परेका हुन्।




काठमाडौं, गोकर्णेश्वघर नगरपालिका-८ बेसिगाउँस्थित जस्ताको टहरामा झापा कमल गाउँपालिका-४ घर भएका ४७ वर्षीय सोम प्रसाद घिमिरे शनिबार मृत अवस्थामा फेला परेका छन्।

इलाम, इलाम नगरपालिका-६ बिजुवानीस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ७९ वर्षीय बिष्णु बहादुर सुबेदी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सर्लाही, ईश्वरपुर नगरपालिका-७ गणपति चोक बस्ने ४५ वर्षीय दिपक केसी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

बागलुङ, बागलुङ नगरपालिका-८ बस्ने ५५ वर्षीय लक्ष्मण जिसि सोही नगरपालिका-९ तित्याङस्थित खाली गोठमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

भोजपुर, हतुवागढी गाउँपालिका-६  सुङरूकस्थित बाटो छेउमा रहेको बाँसको खोचमा सोही गाउँपालिका मटाखानी बस्ने ६५ वर्षीय वर्ण बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन्।

कास्की, पोखरा महानगरपालिका-३० शिशुवा पार्वती टोल बस्ने ५० वर्षीय रवी गुरूङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

रामेछाप, गोकुलगंगा गाउँपालिका-४ बेताली बस्ने ३३ वर्षीया सरिता नेपाली सोही ठाउँ दारेभिरस्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेकी छन्।

यसैगरी रामेछाप, रामेछाप नगरपालिका-८ धारापानीस्थित पानीपोखरीमा सोही नगरपालिका बाबिया खर्क बस्ने ६२ वर्षीय रामकृष्ण बुढाथोकी शनिबार मृत अवस्थामा फेला परेका छन्।  

माथिका सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस