नेपाल–भारत सीमा क्षेत्र जमुनाहस्थित प्रवेशद्वारमै सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सारका कर्मचारी छन्। जहाँ भारतबाट आउने जो कोहीको पनि चेकजाँच हुन्छ।
भन्सार शुल्कका लागि काउन्टर समेत छ। त्यहीनेर भन्सार कर्मचारी र सशस्त्र प्रहरीको चेकजाँच पूरा गरेपछि मात्र यात्रुले नेपाल प्रवेश पाउँछन्। जहाँनेर दैनिक लामो लाइन पार गर्दै झन्झट व्यहोर्नु पर्छ। छिटोछरितो र सहज हुनु पर्ने हो तर, त्यसो नभई नागरिकले सास्ती खेप्नु परेको छ।
यतिमै सकिँदैन नागरिकका सास्ती। त्यसको करिब १० देखि १५ मिटरजतिको दुरीमा अर्को सशस्त्र प्रहरी तैनाथ छ। जबकि सुरुको चेकपोष्टबाट सधैँ देख्न सकिन्छ दोस्रो चेकपोष्ट।
यहाँ पनि नागरिकले सहजै यात्रा गर्न पाउँदैनन्। सशस्त्रले ’ब्रेक’ लगाइ दिन्छ। अनि खोतल्न थाल्छ, सामान। यो चेक पोष्ट यसभन्दा पहिला भन्सार कार्यालय अगाडि थियो। अनावश्यक रुपमा चेकजाँच हुँदै आएको प्रति चर्को आलोचना भएको थिए। रुपैडिया जाने उपभोक्ता र व्यापारीले यसलाई हटाउन दबाब दिएका थिए। सशस्त्रले यहाँबाट त हटायो तर, झन् नजिकै झन्झट थपिदियो।
नागरिकले पहिलो चेकपोष्टको झन्झटिलो चेकजाँच पार गरेर नसुस्ताउँदै अर्को चेकिङको जालो सशस्त्रले थापिदिन्छ। यसभन्दा झन्डै एक किलोमिटर नेपालगन्जतर्फ चौलिक्कामा पनि सशस्त्रको जालो छ। यो धेरै विवादित छैन।
यतिसम्म त चेकजाँच गर्दा चोरीपैठारी नियन्त्रणमा सहयोग पुग्छ। किनकि यहाँ पुग्दा केही सहायक बाटोबाट मूल सडकमा तस्करीको सामान भित्रिने सहायक बाटा जोडिन्छन्। जसलाई यो चेकपोष्टले महत्त्वपूर्ण काम गर्छ। सुरु चेकजाँच त, अपरिहार्य नै भइहाल्यो। तर, सुरु चेकपोष्टदेखि नजिकै दोस्रो चेकपोष्ट केका लागि नागरिक तहबाट आशंकाका प्रश्नहरू उब्जिन थालेका छन्।
सशस्त्र प्रहरीले तस्करी र क्यारिङवालासँग पैसा उठाउन यो जालो थापेको आरोप लागेको छ। तर, यो प्रमाणित भने भएको अवस्था छैन । सशस्त्र प्रहरीको जे जस्तो उद्देश्य होस्, यहाँनेर नागरिकहरू झन्झटिलो सास्ती भएको छ । सुरुको चेक पोष्टबाट व्यवस्थित गरेर चेकजाँच गर्ने र चौलिक्कामा पुनः चेक गर्दा मात्रै पनि पुग्छ । बरु कडा चेकजाँच गर्न सकिन्छ । ‘यति नजिक नागरिकलाई दुःख दिनबाहेक अरु केही होइन,’ रुपैडियाबाट किनमेल गरी नेपालगन्ज आउँदै गरेका प्रमीस थारुले भने, ‘यो आवश्यकताभन्दा दुःख दिने नियत हो ।’ यसले नेपाली उपभोक्ताले मात्र नभई भारतीय पर्यटकले पनि सास्ती भोग्ने भन्दै उनले प्रश्न गरे, ‘ भारतीय पर्यटक भित्रिने नाकामै यस्तो झन्झट भएपछि यसको सन्देश कस्तो जान्छ ।’ सीमा अझ सहज आवागमनको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ ।
तस्करी र क्यारिङ रोक्न नागरिकलाई दुःख दिइरहेको किनमेलका लागि रुपैडिया जान जमुनाह पुगेकी सर्मिला खत्रीले भनिन्, ‘नागरिकलाई सहज ढंगले आवागमन गराउने हो । सास्ती दिनु हुँदैन । तस्करी र क्यारिङ रोक्ने नीति नागरिकलाई दुःख नदिने गरी पनि गराउन सकिन्छ ।’ नागरिकमैत्री सुरक्षा व्यवस्था हुनुपर्ने उनको तर्क छ । सामान चेकजाँचका नाममा सशस्त्र प्रहरीले नागरिकलाई दुःख दिने गरेका भिडियो बेलाबखत भने सामाजिक सञ्जालमा आउने गरेको भन्दै उनी भन्छिन्, ‘नागरिकमैत्री व्यवहार गर्न पनि जरुरी छ ।’
भारतीय बजार रुपैडियामा दैनिक सात÷आठ सय नेपाली उपभोक्ता पुग्छन् । नेपालगन्जमा केही सामान महँगो हुँदा नेपाली उपभोक्ता दैनिक उपभोग्य सामान ल्याउन उपभोक्ता रुपैडिया जाने गरेका छन् । नेपालले एक सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउन सुरु गर्ने हो भने नेपाली उपभोक्ता वारि (रुपैडिया) जान केही हदसम्म रोकिन्थे । एक उपभोक्ता कम्तीमा पाँच हजारभन्दा धेरैकोसामान ल्याउँछन् ।
नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा चेकजाँच गर्दै सशस्त्र प्रहरी । तस्विरः गणेश÷नागरिक