जुम्ला-कालीकोट सडकमा दैनिक १० घण्टा बन्द हुँदा बाह्य पर्यटक र यात्रुहरू अलपत्र परेका छन्।
हिमा गाउँपालिका–४, तलिकुडुका ५६ वर्षीय कालीबहादुर बुढाको आइतबार फोर्स गाडीको ठक्करबाट मृत्यु भएपछि आक्रोशित आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गर्दै आएका छन्।
उनीहरूले बिहीबारदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिरहेका छन्।
शनिबार पनि मृतकका आफन्तले नाग्म बजार नजिक सडकमै टायर बालेर, फलामे बार राखेर यातायात ठप्प पारे। जुम्ला–कालीकोट सीमासहित सुर्खेत, नेपालगन्ज, मुगु र जुम्ला–मुगु रुटमा सवारी साधन चल्न सकेका छैनन्। यात्रुहरू नाग्म बजारमा घण्टौँ अलपत्र पर्न बाध्य छन्।
आन्दोलनकारी बिहान ५ बजे नै सडकमा उत्रिन्छन् र दिउँसो ३ बजे मात्रै सडक खुलाउँछन्। मृतक बुढाको परिवारले उचित क्षतिपूर्ति र दोषी चालकलाई कडा कारवाहीको माग गर्दै आन्दोलन चर्काएका छन्।
सुर्खेतस्थित रेडियो नेपाल नजिकै फोर्स गाडीले ठक्कर दिँदा बुढाको मृत्यु भएको थियो। चालक तेज थामी प्रहरी नियन्त्रणमा छन्। तर, मृतकका परिवार शव बुझ्न तयार छैनन्।
हिमा गाउँपालिकाका अम्मराज शाहीले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताएका छन्। ‘यो सामान्य दुर्घटना होइन, हत्या हो,’ उनले भने। ‘न्याय र क्षतिपूर्ति नपाएसम्म सडक आन्दोलन रोकिन्न।’
सडक बन्दले यात्रु समस्यामा परेका छन्। सुर्खेत जान नाग्म पुगेका कालिबहादुर बुढा भन्छन्, ‘बिहानै आइपुग्दा दिनभर नाग्ममै बस्नुपर्छ, बेलुका पख मात्रै यात्रा अगाडि बढ्छ।’
सरकला रोकायाले पनि विहानै नाग्मा पुगेर दिउँसोभर बाटोमै बस्नुपरेको बताइन्। ‘सबै यात्रुसँग खर्च हुने अवस्था हुँदैन, गाह्रो भइरहेको छ,’ उनले भनिन्।
मुगुको राराताल जान दैनिक ५० भन्दा बढी गाडीहरू नाग्ममै रोकिँदा पर्यटन व्यवसायसमेत प्रभावित भएको छ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतक परिवारलाई छिटो क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। आन्दोलनरत पक्षले मध्यपश्चिम यातायातको सवारी साधनलाई जुम्ला र मुगुमा चल्न नदिने चेतावनी दिएका छन्।
हालसम्म गाडी मालिक सम्पर्कमा नआएको र समितिले पीडितका माग बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउने तयारी भएको आफन्तहरूको भनाइ छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...