पुनर्निर्माण दशक: पीडितको थाप्लोमा ऋणको भारी
१३ वैशाख २०८२
•
६ मिनेट पाठ
पुनर्निर्माण दशक: पीडितको थाप्लोमा ऋणको भारी
पृथ्वी राजमार्गस्थित धादिङको मझिमटारबाट कच्ची सडक हुँदै पश्चिमतर्फको साढे दुई किलोमिटर उकालो चढेपछि थिङमाङ गाउँ आइपुग्छ। ठकुरी समुदायको बाक्लो बस्ती रहेको थिङमाङमा भूकम्पले भत्काएको प्रत्येक भग्नावशेष घरको छेउमा पक्की घर ठडिएका छन्। घर निर्माण भएको एक दशक पुग्न लाग्दा पनि यहाँका भूकम्पपीडित अझै ऋणबाट उन्मुक्ति पाउन सकेका छैनन् । धादिङको बेनीघाट  




रोराङ गाउँपालिका अनुसार गाउँपालिकामा अधिकांश भूकम्पपीडितले ऋण खोजेर घर निर्माण गरेका हुन्।

बेनीघाट रोराङ गाउँपालिका–९ स्थित थिङमाङ गाउँकी दुर्गाकुमारी मल्ल ठकुरीको मन भूकम्पपछि बनाएको घरको ऋण तिर्न नसकेकोमा अहिले पिरोलिइरहेको छ। चैतको अन्तिम साताको मध्याह्नमा उपल्लो थिङमाङ गाउँ पुग्दा दुर्गा ठकुरी बेल्चाले गोरेटो बाटो खन्दै थिइन्। उनी घर बनाउँदा ल्याएको ऋणको ब्याज तिर्ने योजनासहित पालिकाले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बाटो खन्न पुगेकी हुन्।  

‘भूकम्पले घर भत्काएर बस्न सकिने अवस्था थिएन। करिब एक वर्ष बाहिर पाल टाँगेर बसियो। अनि राम्रै घर बनाऊँ भनेर लाग्दा चौध लाख पुग्यो,’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘ऋण तिर्न नसकेर साहुलाई छल्दै हिँड्नुपरेको छ।’ उनले नजिकैको लघुवित्त संस्थाबाट ऋण खोजेर घर बनाएकी हुन्। अहिलेसम्म दश लाख रूपैयाँ तिरे पनि ब्याज खप्टिँदै जाँदा अझै सात लाख रूपैयाँ तिर्न बाँकी रहेको उनले सुनाइन्। खेती किसानी गरेर ऋण तिर्न सकस भएपछि उनका श्रीमान् एक महिनाअघि मलेसिया गएका छन्।

यतिखेर दुर्गालाई घर बनाएकोमा पछुतोसमेत भएको छ। ‘बाहिर हिँड्दा त ऋण भुलिन्छ। घरभित्र छिर्दाबित्तिकै ऋणको सम्झना आइहाल्छ,’ उपल्लो डाँडाको घर देखाउँदै उनले भनिन्, ‘बनाएको घर भत्काएर पनि ऋण नतिरिने अहिले घर चाँहि नबनाएको भए हुन्थ्यो जस्तो लागिरहेको छ।’

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले थिङमाङकी कल्पना शाही ठकुरीको पनि घर भत्कायो। माटोले बनाएको घर हेर्दाहेर्दै एकै झट्कामा ढल्यो। चार जनाको परिवार सात महिनासम्म पालमा बस्यो। भूकम्पको पराकम्पनले त्रास बनाइरहेको अवस्थामा कल्पनाले दश लाख रूपैयाँ हाराहारीमा पक्की घर बनाउने योजनासहित घर बनाउन थालिन्। तर, रड, सिमेन्ट र महँगीले घर बनाउँदै जाँदा २८ लाख रूपैयाँसम्म पुग्यो।

अहिले उनको परिवारलाई पनि ऋण तिर्न सकस परिरहेको छ। ‘सरकारले भूकम्पपीडितलाई ऋण दिने भनेपछि आफूसँग भएको सात लाख रूपैयाँले आँट गरेर घर बनाउन थालियो। सरकारले हामीलाई तीन किस्ता गरेर तीन लाख रूपैयाँ मात्र दियो,’ घर देखाउँदै भनिन्, ‘यस्तो एक तले घर बनाउँदा पनि अहिलेसम्म ऋणमा छौँ।’

उनले नजिकैको लघुवित्त र साथीभाइसँग ऋण खोजेर घर बनाइकी हुन्। उनका श्रीमान् दुवई गएको आठ वर्ष भइसक्यो। अझै घरको ऋणले उनीहरूलाई थिचिरहेको छ। २२ लाख रूपैयाँ ऋण गरेर घर बनाएकी कल्पनाले पाँच लाख रूपैयाँ ऋण तिर्न बाँकी रहेको सुनाइन्।

कल्पनाको घरको आडैमा हरिसिंह ठकुरीको घर छ। उनको पीडा पनि दुर्गा र कल्पनाका जस्तै छ। ऋण लिएको किस्ता तिर्न उनी महिना महिना बैंक धाउने गर्छन्। तर, गाउँमा आफन्तसँग लिएको ऋण भने उनले हिसाबसमेत गरेका छैनन्। ‘यो डाँडामा हावाहुरीले टिनको छाना लगिदिने। बिस्तारै ऋण तिर्ने भनेर हावाहुरीले नलैजाने गरी आरसिसी घर बनाइयो,’ उनले भने, ‘अहिले ऋण कसरी तिर्ने भन्ने भइसकेको छ।’

२०७४ सालमा घर निर्माण गरे पनि अहिलेसम्म ब्याज मात्र तिरेको उनले बताए। उनको पेसा खेती किसानी नै हो। बाख्रा बेचेर हुने आम्दानीले बैंकमा ब्याज तिर्ने गरेको उनले बताए।

अधिकांश मानिसहरू भूकम्पले भत्काएपछि निर्माण गरिएको घरको ऋण तिर्न खाडी मुलुक जान बाध्य छन्। थिङमाङ गाउँमा ठकुरी समुदायको मात्र ३८ घरधुरी छ। सबै घरपरिवारले ऋण खोजेर नै घर बनाएको उनले बताए। यस गाउँका ९५ प्रतिशत मानिसले अझै घरको ऋण तिर्न बाँकी रहेको उनले बताए।

पृथ्वी राजमार्गबाट उत्तरतर्फ हुग्दी खोलाको तिरैतिर आधा घण्टा बसमा हिँडेपछि कोशराङ गाउँ आइपुगिन्छ। त्यहाँ ८६ घर भूकम्पले भत्काएको थियो। अहिले सबैले घर त बनाएका छन्, तर बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित कोशराङका चेपाङ समुदायको पीडा पनि थिङमाङ गाउँका ठकुरी समुदायका जस्तै छ। सरकारले सहुलियत ऋण दिने भनेपछि घर बनाएका अधिकांश चेपाङ समुदायहरू ऋणको बोझमा रहेको ज्ञानबहादुर चेपाङ  बताउँछन्।

‘२९ फुट लम्बाइ र १८ फुट चौडाइको घर बनाएको छु। सरकारले दिने तीन लाख रूपैयाँले पुग्ला भनेको पुगेन, पाँच लाख थप गर्न प¥यो,’ उनले भने, ‘अहिलेसम्म लघुवित्तलाई ऋण तिरिरहेको छु।’

उनले मासिक १३ हजार रूपैयाँ किस्ता बुझाउने गर्छन्। ऋण तिर्न साढे तीन वर्ष बाँकी रहेको उनले बताए। भूकम्पपछि ऋण गरेर बनाएको घरले पनि आफूहरूलाई निर्वाह नहुने उनको भनाइ छ।

दुई कोठे पक्की घर बनाउँदा लिएको सात लाख ऋण र ब्याज तिर्न रामकुमार चेपाङलाई सकस परिरहेको छ। तरकारी खेती र बाख्रापालन गर्दै आएका रामकुमार सरकारले सहुलियत ऋण दिने आशमा घर बनाए पनि अहिले नदिँदा आफूहरू समस्यामा परेको बताउँछन्। ‘राम्रो सिमेन्ट र जोडाइ गरेपछि सरकारले पैसा दिन्छ भन्यो। त्यहीअनुसार घर बनाइयो। सरकारले तीन लाख मात्र दियो। घर बनाउँदा १० लाख पुग्यो,’ उनले भने ‘अहिलेसम्म तरकारी, खसी र भैँसी बेचेर ऋण तिरिरहेको छु।’

२०७५ सालमा घर बनाएका रामकुमारले घर नजिकैको लघुवित्तमा एक लाख रूपैयाँ तिर्न बाँकी रहेको बताए।

२०७२ सालको भूकम्पलगत्तै सरकारले घर भत्किएका परिवारलाई घर बनाउन दुई प्रतिशत ब्याजदरमा दश वर्षसम्मका लागि ऋण उपलब्ध गराउने नीति सार्वजनिक गरेको थियो। घर बनाउन ऋण चाहिएका सर्वसाधारणका लागि यो सहुलियत ऋणको योजना २०७५ असोजपछि बन्द भयो। यो कार्यक्रमअन्तर्गत भूकम्प प्रभावितलाई काठमाडौं उपत्यकाभित्र २५ लाख रूपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रूपैयाँसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने योजनामा सरकार थियो।

सरकारको भूकम्प प्रभावितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा ऋण दिने नीति सरकारले ल्याएको थियो। सोही हल्लामा ऋण गरेर घर बनाएका भूकम्प पीडित अहिले समस्यामा परेको बेनी रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया बताउँछन्। ‘तीन लाखको मायाले १५ लाखको काम गरेँ,’ उनले भने, ‘अहिले ऋणमा डुबेका छन्।’

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमलव आठ रेक्टर स्केलको विनाबकारी भूकम्पले धादिङमा मात्रै ६ सय ८० जनाको निधन थियो। ८५ हजार ७१ घरमा क्षति भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, धादिङको तथ्यांकमा रहेको छ। त्यसमध्ये ८१ हजार आठ सय १८ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन्।

त्यस्तै तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ७८ हजार तीन सय १० रहेको छ भने तेस्रो किस्ता लिनेको संख्या ७५ हजार पाँच सय ५५ रहेको छ। केहीले कागजी प्रक्रिया नपु¥याउँदा रकम लिनबाट बञ्चित भएका छन्। त्यसमध्येका एक हुन् कोशराङका सूर्य चेपाङ। ‘भूकम्पले घर भत्कियो। छाप्रो बनाएर बस्यौं। दुई पटकसम्म सिडिओ कार्यालयमा गएर समेत घर भत्काएको प्रमाण पेस गरियो। सनाखतसहित लैजाँदा सिडिओ कार्यालय आउजाउ गर्दा २८ हजार रूपैयाँ खर्च भयो,’ उनले आफ्नो पीडा पोख्दै भने, ‘भूकम्प लाभग्राहीको संख्यामा पर्न सकेन।’

भूकम्पले तत्कालीन गाविस भवन ११, स्वास्थ्य चौकी ४९, विद्यालय भवन तीन सय १८, नगरपालिकाभित्रका सरकारी भवन ५१, प्रहरी इकाइ नौ, नेपाली सेनाको एक गण र सशस्त्र प्रहरी बलको एउटा भवन एवं दुई सय २८ सार्वजनिक मन्दिरमा क्षति पुगेको थियो। अहिले यी संरचना एकाधबाहेक सम्पूण बनिसकेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, धादिङका प्रमुख शशिन्द्र घिमिरेले बताए। ‘धादिङमा अहिले पुनर्निर्माणको कार्यक्रम बन्द छ,’ उनले भने, ‘अधिकांश पुनर्निर्माणको काम सकिसकेको अवस्था हो।’
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
३५ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस