लमजुङमा चितुवाको आक्रमणबाट एक घाइते
०४ वैशाख २०८२
•
१ मिनेट पाठ
लमजुङमा चितुवाको आक्रमणबाट एक घाइते
लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।




स्थानीयका अनुसार बिहीबार बिहान करिब ९:२० बजे स्थानीय सन्तकुमार श्रेष्ठको पुरानो, मानिस नबस्ने घरमा चितुवा बसेको अवस्थामा देखिएको थियो।

मानिस देखेपछि चितुवा घरबाट निस्किएर नजिकैको झाडीमा पर्‍यो। चितुवालाई त्यहाँबाट भगाउने प्रयासमा त्यही ठाउँका ६२ वर्षीय मोतिलाल श्रेष्ठले लाठीसहित झाडीमा धकेल्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणमा परेका श्रेष्ठको दुवै हात र बायाँ खुट्टाको घुँडामा चिथोरिएको चोट लागेको छ। उनलाई उपचारका लागि लमजुङको प्रदेश अस्पतालमा भर्ना गरिएको छ।

चितुवा नियन्त्रणमा लिनका लागि प्रहरी हवल्दार बलराम परियारको कमाण्डमा दुई प्रहरी टोली परिचालन गरिएको थियो। वन कार्यालयसँगको समन्वयमा चितुवालाई दिउँसो ३ बजे डिभिजन वन कार्यालय कास्कीले नियन्त्रणमा लिई पोखरा लगेको जनाइएको छ।
अर्को समाचार
लमजुङमा उद्धार गरी ल्याइएको चितुवा खोर फोडेर फुत्कियो, वनरक्षक घाइते
२५ भदौ २०८३
•
१ मिनेट पाठ
लमजुङमा उद्धार गरी ल्याइएको चितुवा खोर फोडेर फुत्कियो, वनरक्षक घाइते
लमजुङमा उद्धार गरेर डिभिजन वन कार्यालय परिसरमा ल्याइएको घाइते चितुवा खोर फोडेर फुत्किएको छ। नियन्त्रणमा लिने क्रममा चितुवाको आक्रमणबाट ५७ वर्षीय वनरक्षक बुद्धिजङ्ग गुरुङ घाइते भएका छन्।




चितुवाको आक्रमणबाट गुरुङको हातको औंलामा चोट लागेको छ। प्रदेश अस्पताल बेँसीशहरमा प्राथमिक उपचारपछि उनको अवस्था सामान्य रहेको र हाल घरमै आराम गरिरहेको डिभिजनल वन अधिकृत शिव श्रेष्ठले जानकारी दिए।

बेँसीशहर नगरपालिका-११, चितिस्थित तिलाहार-कार्कीडाँडा सडक खण्डको धङखोलामा बिरामी अवस्थामा फेला परेको चितुवालाई वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरी कार्यालय परिसरमा ल्याएको थियो। पोखरास्थित वन्यजन्तु उद्धार केन्द्र पठाउने तयारी भइरहँदा चितुवाले गाडीमा राखिएको खोर (केज) को जाली भत्काएर बाहिर निस्किएको थियो।

खोरबाट बाहिर निस्किएलगत्तै चितुवाले वनरक्षक गुरुङमाथि आक्रमण गरेको थियो। अन्य कर्मचारीहरूले लठ्ठी हानेर गुरुङलाई छुटाएपछि सबै कर्मचारी कार्यालय भवनभित्र सुरक्षित रूपमा बसेका छन्।

फुत्किएको चितुवा हाल कार्यालयको तारबार कम्पाउण्डभित्रै दक्षिणतर्फ सुतिरहेको अवस्थामा रहेको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए।

चितुवालाई लठ्याएर नियन्त्रणमा लिन पोखराबाट ‘डार्टिङ टोली’ मगाइएको र टोली आइपुगेपछि उद्धार प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ। 
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस