सदरमुकाममै खानेपानी हाहाकार, योजनाको काम ५ वर्षमा ५० प्रतिशतमात्रै
३० चैत्र २०८१
•
४ मिनेट पाठ
सदरमुकाममै खानेपानी हाहाकार, योजनाको काम ५ वर्षमा ५० प्रतिशतमात्रै
सदरमुकाम भन्नाले सबैखाले सेवासुविधाको पहुँच भएको ठाउँ हो भन्ने बुझिन्छ । सहज सेवासुविधाकै लागि दुरदराज र गाउँबस्तीबाट मान्छेहरु सदरमुकाममा बसाईसराई गरेर आउँछन् । तर, उदयपुर सदरमुकाम गाईघाटको नाकैमाथिको बस्ती भने खानेपानीको अभावले हाहाकार भईरहेको छ ।




जिल्लाको सबभन्दा व्यस्त बजार तथा प्रमुख व्यापारिक केन्द्र र राजनीतिक ‘इपिसेन्टर’ त्रियुगा ११ गाईघाट तथा सरकारी कार्यालयहरु रहेको १० नं वडा बोक्सेसँग जोडिएको ९ नं वडाका गहिरुन, झिल्केटोल र रातमाटेबासी नागरिक भने वर्षौँअघिदेखि खानेपानी अभावमा तड्पिरहेका छन् । खानेपानी कहर भोग्दै आएका यहाँका १ हजार बढी घरधुरी नागरिकको समस्यालाई मध्यनजर गर्दै ५ वर्षअघि लिफ्टिङ खानेपानी योजना सञ्चालन थालिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन ।

स्थानीयबासी खानेपानीको चरम अभावमा परेपछि सो ठाउँलाई गतवर्ष ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरी खानेपानी योजना निर्माण कार्यलाई तिब्रता दिन थालिएको थियो । तर, अहिलेसम्म ५० प्रतिशत मात्र योजना सम्पन्न भईरहेको छ । योजना आधा सम्पन्न भए पनि  झिल्केटोलका ५० घरपरिवारले भने खानेपानी सुविधा पाएका छन् । आईतबार एक कार्यक्रमका बीच खानेपानी डिभिजन फिल्ड कार्यालय गाईघाटले झिल्केटालबासीलाई खानेपानी वितरण गरिदिएको छ ।  

सरुवा लिएर प्रदेश कार्यालय गईसकेका फिल्ड कार्यालय गाईघाटका तत्कालीन प्रमुख ईन्जिनियर सत्यनारायण साहले उपभोक्तालाई कार्यक्रममार्फत खानेपानी वितरण गरे । उनका अनुसार सदरमुकाम भए पनि रातमाटे, गहिरुन र झिल्केटोलबासी जनता सुद्ध खानेपानीबाट वञ्चित रहदै आएका छन् । गाईघाट र बोक्सेलाई लक्षित गरि सञ्चालित ‘त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (सँस्था)’बाटै ९ नं. वडालाई पनि खानेपानी उपलब्ध गराउने योजना थियो ।

तर, सो योजनाबाट बोक्से र गाईघाटमा दिनदिनै बढ्दो आवादीले पानी पु¥याउन नसकेपछि ९ नं लाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर लिफ्टिङ प्रविधिको अर्को योजना निर्माण थालिएको हो । तर, ८ वर्षअघि डिपिआर बनाएर काम थालेको ५ वर्ष बितिसक्दासम्म बजेट अभावले अहिलेसम्म आयोजनाले पूर्णता पाउन नसक्दा सदरमुकामसँगै जोडिएका बस्तीबासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।  

योजना निर्माण कार्य ढिलाई भएको तथा पछिल्लो दुईवर्षयता भूमिगत ट्युबवेल (कल)को पानीसमेत सुख्न थालेपछि लिफ्टिङ खानेपानी आयोजना निर्माणलाई तिब्रता दिनुपर्ने माग बढ्न थाल्यो । सोही क्रममा बस्तीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी निर्माणाधीन लिफ्टिङ सामुदायिक खानेपानी तथा सरसफाई आयोजनामार्फत केही हदसम्म खानेपानी वितरण थालेको इन्जिनियर साहले बताए ।

५ वर्षअघि सुरु भएको आयोजनालाई आवश्यक बजेट अभाव हुँदा काम धीमा गतिमा भईरहेको छ । अहिलेसम्म ५० प्रतिशत काम भए पनि काम चलाऊ खानेपानी वितरण थालिएको साहले बताए । लिफ्टिङ खानेपानी आयोजना ८ करोड लागतमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी अमानतमा निर्माण भईरहेको ‘लिफ्टिङ सामुदायिक खानेपानी तथा सरसफाई समिति’का सचीव बद्री गेलालले बताए । हालसम्म ५० प्रतिशत काम भएर ५० घरधुरीलाई पानी वितरण गरिएको उनले बताए । 

बजेट अभावमा राम्रोसँग काम गर्न नसके पनि सारै्र खाँचो पर्ने बस्तीलाई पानी वितरण गर्न थालेको गेलालले बताए । उनका अनुसार अहिलेसम्म ३ करोड ५० लाख बराबरको काम सम्पन्न भईसकेको छ तर, भुक्तानी भने १ करोड ४३ लाख मात्र भएको गेलालले बताए ।  

तत्कालीन फिल्ड प्रमुख साहको सरुवा भएपछि योजना निर्माणमा थप सुस्तता आयो । तर, सुख्खाग्रस्त क्षेत्र घोषित बस्तीबासीलाई खानेपानी उपलब्ध गराउनुपर्ने चर्को दबाबपछि प्रदेश कार्यालय सरुवा भएका इन्जिनियर साह काजमा फर्केर एकसाताको अथक प्रयासपछि बस्तीमा खानेपानी वितरण गर्न सफल भएका छन् । खानेपानी डिभिजन कार्यालय खोटाङमा रहेको तथा फिल्ड प्रमुख साह सरुवा भएपछि जनशक्ति र बजेट अभावमा योजना निर्माण कार्य प्रभावित भएको उपभोक्ता देवबहादुर दनुवारले बताए ।  

योजना निर्माण सम्पन्न ढिलाई भएपछि गहिरुन र झिल्केटोलबासीलाई पानीको अभाव टार्न त्रियुगा नगरपालिकाले विगत ७ महिनायता दैनिक २ पटक ट्याङ्करमार्फत प्लास्टिक ड्रम राखेर स्थानीयलाई खानेपानी व्यबस्था गर्दै आएको छ । खानेपानी अभाव हुन नदिन योजना निर्माण छिटो गर्नका लागि सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि बजेट र जनशक्ति अभावमा निर्माण कार्य पुरा नभएसम्म ट्याङ्करबाट पानी ओसारेर खुवाउदै आएको त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले बताए । ७ महिनाअघि सुख्खाग्रस्त क्षेत्रमा पानी अभाव नहोस् भनेर ट्याङ्करबाट ओसारेर उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको मेयर बस्नेतको भनाई छ । 

तत्कालीन फिल्ड प्रमुख साहले योजना निर्माणकै क्रममा आप्mनो सरुवा प्रदेश कार्यालयमा भएको तथा बजेट र जनशक्ति दुवै अभावमा काम ढिला भएको बताए । सुख्खायाम सुरु भएपछि पानीको थप हाहाकार हुने समस्या टार्न आफै काजमा फर्केर सातादिनको प्रयासपछि पानी वितरण गर्न सफल भएको इन्जिनियर साहले बताए । ‘सो योजना मेरै अगुवाईमा ५ वर्षअघि सुरु भएको हो, तर बीचमा मेरो सरुवा भएपछि योजना अलपत्र प¥यो भन्दै उपभोक्ताले फर्कन अनुरोध गरे’ साहले भने ‘खानेपानीजस्तो कुरामा संवेदनसिल हुनु पर्छ भन्दै काजमा फर्केर आफै लागि पर्दा सातादिनमा आधाउधिलाई पानी दिन सकियो ।’  

२०७३ देखि डिपिआर बनाएर सुरु लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि झिल्केटोल, गहिरुन, रातमाटेलगायत बस्तीका १ हजार १ सयभन्दा बढी घरधुरी उपभोक्ता लाभान्वित हुनेछन् । त्रियुगा नदी किनारमा बोरिङमार्फत मुहान थापिएको योजनाको ट्याङ्की क्षमता ४ करोड ५० लाख लिटर रहेको छ । योजना सम्पन्न भएपछि ९ नं वडाबासीलाई प्रसस्त सुद्ध खानेपानी उपलब्ध गराउन सकिने इन्जिनियर साहले बताए ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४२ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस