वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छः मौसम पूर्वानुमान महाशाखा
२३ चैत्र २०८१
•
१ मिनेट पाठ
वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छः मौसम पूर्वानुमान महाशाखा
प्रदूषणका कारण काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर बनिरहेका समय पहाडी क्षेत्रको मौसममा बद्ली भएर हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि बाँकी स्थानमा वर्षाको सम्भावना न्युन रहेकाले प्रदूषण थप बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।  




मौसम पूर्वानुमान महाशाखाले अहिले राति ८ बजे आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।  

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। हिमाली र तराईं क्षेत्रको मौसम भने आजराति मुख्यतयाः सफा रहने महाशाखाको भनाइ छ।  

देशका धेरै स्थानमा वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाको भनाइ छ ।  

सोमबार पनि हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा खण्डित वर्षा सहितको मेघगर्जन, चट्याङ्ग र हावाहुरीको वर्षाको सम्भावना रहेको बताउँदै महाशाखाले तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको उल्लेख गरेको छ । 
अर्को समाचार
काठमाडौं उपत्यकामा सरदरभन्दा बढी गर्मी
२७ जेष्ठ २०८२
•
१ मिनेट पाठ
काठमाडौं उपत्यकामा सरदरभन्दा बढी गर्मी
राजधानीको तापक्रम दिनहु बढ्दो क्रममा छ। आइतबार सरदर तापक्रम ३०.५ डिग्री सेन्टिग्रेड रहेकोमा सोमबार बढेर ३१.६ डिग्री पुगेको थियो। मंगलबार पनि यो ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बिचमा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ। जून महिनाको लागि राजधानी काठमाडौंको सरदर तापक्रम २९.५ डिग्री सेन्टिग्रेड हो।  




‘वर्षा हुन नसकेको र बादल पनि नलागेको कारण तापक्रम बढेको हो,’ महाशाखाका मौसमविद डेविड ढकालले भने। बिहानको न्यूनतम तापक्रम पनि सोमबार २०.४ डिग्री रहेकोमा मंगलबार यो बढेर २१.८ डिग्री सेन्टिग्रेडमा उक्लेको थियो।

नेपालको पूर्वी क्षेत्रमा जेठ १५ बाटै मनसुन प्रवेश गरे पनि यसको विस्तार हुन सकेको छैन।

‘मनसुन पूर्वबाट अगाडि बढ्न सकेको छैन, तर यो क्रमश: बढ्ने क्रममा छ। यो हिसाबले भोलिदेखि तापक्रम घट्न सक्ने देखिन्छ,’ ढकालले भने।

यसअघि यसै वर्षको अप्रिल २४ मा काठमाडौंमा सर्वाधिक ३३.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।  

काठमाडौं मात्रै होइन हाल नेपालगन्ज तथा दिपायल लगायतका सहरमा पनि तापक्रम सरदरभन्दा अत्यधिक रहेको छ। जून महिनाको लागि नेपालगन्जको सरदर तापक्रम ३६.६ डिग्री रहेकोमा सोमबार यो ४१ डिग्री सेन्टिग्रेड पुगेको थियो। यसैगरी धनगढीको जून महिनाको सरदर तापक्रम ३६.३ डिग्री रहेको सोमबारको अत्यधिक तापक्रम ४०.२ डिग्री सेन्टिग्रेड रहेको थियो।

महाशाखाले यो वर्ष अन्य वर्षको तुलनामा सरदरमा बढी गर्मी र बढी वर्षा हुने आकलन गरेको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस