वन मन्त्रालयमा अझै थपिएन जलवायु
१९ चैत्र २०८१
•
१ मिनेट पाठ
वन मन्त्रालयमा अझै थपिएन जलवायु
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय ६ महिना पुग्दासमेत कार्यान्वयन हुन सकेको छैन। गत कात्तिक ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको थियो।




अजरबैजानको बाकुमा हुन लागेको विश्व जलवायु सम्मेलन (कोप–२९) को पूर्वसन्ध्यामा उक्त निर्णय गरिएको थियो।

जलवायु परिवर्तनको चुनौती बढ्दै जाँदा यो विषयलाई अझ प्रभाकारी रूपमा सम्बोधन गर्न त्यो निर्णय महत्त्वपूर्ण हुने मानिएको थियो। परिषद्को बैठकपछि सरकारी अधिकारीहरूले मन्त्रालयको नाम फेर्ने निर्णय कार्यान्वयनमा आउने बताएका थिए। तर प्रधानमन्त्री स्वयंको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेको निर्णय अझैसम्म कार्यान्वयन नभएकोमा जलवायु परिवर्तन विज्ञले आश्चर्य प्रकट गरेका छन्।

‘हामीले भन्ने र गर्ने कुरामा कति अन्तर हुन्छ भन्ने कुरा यही अन्योल र ढिलाइले देखाउँछ,’ परिषद्को बैठकमा सहभागी एक सदस्यले भने। वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपक खरालले केही महिनाअघि नै उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको बताए।

‘हामीले यो विषयमा परिषद्को निर्णयअनुसार अनुरोध गरेका हौं,’ सचिव खराल भन्छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यमलाल भुसााल मन्त्रालयको नाम परिवर्तन गर्दा नेपाल सरकारको कार्यविभाजन नियमावली समेत संशोधन गर्नुपर्ने भएकाले ढिलाइ भएको हुनसक्ने बताउँछन्। ‘यो विषय किन अगाडि बढेन म थप बुझ्ने छु,’ भुसालले भने।
अर्को समाचार
हेगमा सुनिँदै नेपाल
२३ मंसिर २०८१
•
४ मिनेट पाठ
हेगमा सुनिँदै नेपाल
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार नेदरल्यान्ड्स प्रस्थान गरेकी छन्। नेदरल्यान्ड्सको हेगमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय न्यायालयमा गएको डिसेम्बर २ देखि यो सुनुवाइ जारी छ। ‘अब्लिगेसन्स अफ स्टेट्स इन रेस्पेक्ट अफ क्लाइमेट चेन्ज (जलवायु परिवर्तनमा राज्यको दायित्व)’ भन्ने विषयमा भइरहेको सार्वजनिक सुनुवाइमा जलवायु परिवर्तनबाट प्रभावित विश्वका अधिकांश देश सहभागी छन्। जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न राज्यको दायित्व के हुने, जलवायु परिवर्तन न्यायिक तथा मानवअधिकारको विषय हुने, नहुनेबारे गएको अप्रिलमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औं महासभाले अन्तर्राष्ट्रिय न्यायालयको परामर्श लिने निर्णय गरेको थियो। सोहीअनुसार न्यायालयले आउँदो वर्षको महासभामा आफ्नो राय दिन सुनुवाइ आयोजना गरेको हो।




जलवायु परिवर्तनको विषयलाई न्यायिक विषय बनाउनुपर्ने अभियानको सुरुआत सन् २०१९ मा फिजीबाट भएको थियो। त्यहाँस्थित साउथ प्यासिफिक विश्वविद्यालयका २७ जना कानुनका युवा विद्यार्थीले जलवायु परिवर्तन र मानवअधिकारको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा पुर्‍याउन प्रशान्त क्षेत्रका राष्ट्रलाई दबाब दिएका थिए। यो अभियानलाई समर्थन गर्दै प्रशान्त महासागरमा रहेको टापु राष्ट्र भानुआतुले सन् २०२३ मार्चमा राष्ट्रसंघको महासभामा यो विषयमा प्रस्ताव प्रस्तुत गर्दै आइसीजेको रायको माग गरेको थियो। महासभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव अनुमोदन गर्दै आवश्यक परामर्शका लागि न्यायालयलाई अनुरोध गरेको थियो।

सार्वजनिक सुनुवाइमा नेपालको पालो सोमबार आधा घण्टाका लागि तोकिएको छ। सुनुवाइमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री देउवासँगै कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयका दुई अधिकारी तथा ब्रसेल्सस्थित नेपाली राजदूतावासका अधिकारी सहभागी हुनेछन्। सुनुवाइमा जलवायु परिवर्तनका लागि जिम्मेवार विकसित राष्ट्रले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने, जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने र जलवायु परिवर्तनबाट प्रभावितहरूप्रति राज्यको दायित्व हुनुपर्नेमा जोड दिने नेपालको तयारी छ। सुनुवाइमा नेपालको धारणा तय गर्ने गृहकार्यका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा वन तथा वातावरण मन्त्रालय र कानुन मन्त्रालयले काम गरेका थिए।

यसअघि आइसिजेले विश्वका विभिन्न देश र सरोकारवाला निकायलाई मार्च २२ भित्र लिखित राय दिन सार्वजनिक आह्वान गरेको थियो । आफ्नो रायमा नेपालले भौगोलिक अवस्थिति र विकासको निश्चित चरणमा रहेका कारण नेपाल जलवायु परिवर्तनको उच्चतम जोखिममा रहेको विषय उठाएको थियो। सुनुवाइमा नेपालले जलवायु परिवर्तनका लागि जिम्मेवार धनी राष्ट्रले विशेष भूमिका निर्वाह गर्नुपर्ने, विकसित राष्ट्रका गलत कार्यका कारण भएका क्षति तथा हानि–नोक्सानीको क्षतिपूर्ति दिनुपर्नेमा जोड दिने बताइएको छ।

जलवायु परिवर्तनका विज्ञ र अभियन्ताहरूको भनाइमा अन्तर्राष्ट्रिय न्यायालय जलवायु परिवर्तनबारे राज्यहरूका दायित्वबारे यसखाले सुनुवाइ आफैंमा ऐतिहासिक कदम हो र नेपालले आफ्ना समस्या त्यहाँ राख्न पाउनु विशेष अवसर हो। यो सुनुवाइले नेपालको जलवायु न्यायको विश्वव्यापी लडाइँमा अर्थपूर्ण भूमिका खेल्ने पनि अपेक्षा गरिएको छ। विश्वव्यापी जलवायु सुशासनको विषयलाई उठाउन, जलवायु कानुनलाई आकार दिन र तत्काल ठोस कार्य सञ्चालनका लागि वकालत गर्नसमेत सुनुवाइले महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

त्यति मात्र होइन, स्वयंमा जलवायु परिवर्तनको प्रमाणभूमि रहेको नेपालले यो तथ्य साझा गर्दै यसविरुद्ध धनी देशको गम्भीर ध्यानाकर्षण गराउन अहं कदम चाल्नुपर्ने देखिन्छ। यो किन पनि जरुरी छ भने पछिल्लो समय जलवायु परिवर्तनका असरलाई केवल अफवाह मात्र ठान्ने राजनीतिक नेतृत्वको जमात पनि तयार हुँदैछ, जसको नेतृत्व अमेरिकी राष्ट्रपतिमा पुनः विजयी डोनाल्ड ट्रम्पले गरिरहेका छन्। यी देशहरू जलवायु न्यायमा आफ्नो प्रतिबद्धताबाट पछि हट्दा यसले उनीहरूभन्दा बढी नेपालजस्ता देशलाई हानि हुने विडम्बना हाम्रा सामु छ। त्यसैले पनि नेपालले यस्ता दुर्लभ सार्वजनिक सुनुवाइलाई सहभागितामा मात्र सीमित राख्नुहुन्न। यस्ता मञ्चहरूमा बढीभन्दा बढी प्रभावशाली प्रस्तुतिमार्फत नेपाललाई जलवायु परिवर्तनको वैश्विक लडाइँमा अग्रदस्ताको सिपाही बन्नुपर्ने बाध्यता छ। आधा घण्टा नै सही, दातृ समुदायको भाषा जानेकी परराष्ट्रमन्त्री देउवाले सार्वजनिक सुनुवाइममा जलवायु परिवर्तनले नेपाललाई पारेको संकट, थप नेपालका महिलाले भोग्नुपरेको अकल्पनीय संकट सुनाएर, बुझाएर सानो देशले भोग्नुपरेको ठुलो व्यथाबारे विश्वलाई अवगत गराउनेछिन् र धनी देशहरूको अन्यायमा परेको नेपाललाई जलवायु न्याय दिलाउन सफलता हासिल गर्नेछिन् भन्ने नागरिकको आशा अन्यथा होइन।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस