पुग्यो ६ हजार घरमा खानेपानी
०४ चैत्र २०८१
•
४ मिनेट पाठ
पुग्यो ६ हजार घरमा खानेपानी
कालीकोट जिल्लाका ६ हजार घरमा खानेपानी पहुँच पुगेको छ। जिल्लाका पाँचवटा स्थानीय तहका ६ हजार ६ सय ५८ घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गरिएको हो। जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, शुभकालिका गाउँपालिका तथा खाँडाचक्र रास्कोट नगरपालिकामा ८० वटा खानेपानीका बृहत् योजना सम्पन भएका छन्। खाँडाचक्र नगरपालिकामा ७ योजना सकिँदा ६ सय ७५ धारा निर्माण भएका छन्। रास्कोट नगरपालिकामा १६ योजनामा एक हजार चार सय ३२ धारा निर्माण भएका छन्।




यस्तै नरहरिनाथ गाउँपालिकामा ३३ वटा योजना सकिँदा दुई हजार ६ सय २८ धारा निर्माण भएका छन्। शुभकालिका गाउँपालिकामा २२ योजना सकिँदा एक हजार सात सय ७९ धारा र सान्नित्रिवेणी गाउँपालिमा दुईवटा योजना सकिँदा एक सय ६२ धारा निर्माण भएको हुरेन्डेक नेपाल कालीकोटका जिल्ला व्यवस्थापक दिलिपकुमार शाहीले बताए। खानेपानी क्षेत्रको राष्ट्रिय नीतिका रूपमा ल्याइएको ‘एक घर एक धारा’ नीतिलाई खानेपानीको सुविधा उपलब्ध गराउने गरी महत्वपूर्ण रणनीतिक कदमअनुरूप समुदायमा धारा निर्माण गरेको उनको भनाइ छ।

खानेपानी आयोजनाहरू पूर्णरूपमा सञ्चालन नहुने विभिन्न कारणमध्ये आयोजनाप्रति अपनत्वको भाव कम हुनु रहेको शुभकालिका गाउँपालिका वडा नं ८ का अध्यक्ष दीपराज महताराले बताए। उनले ‘मानिसमा ‘यो मेरो हो’ भन्ने भावना जागृत नभएसम्म संरचनाको रेखदेख, मर्मत–सम्भार र जिम्मेवारी लिन नसकिने बताए। सानातिना कुरामा पनि अरूको मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्ने उल्लेख गरे।

‘एक घर एक धारा’ नीतिको सफल कार्यान्वयनले आयोजनाप्रति उपभोक्ताको अपनत्व अभिवृद्धि भई आयोजना दिगो रूपले सञ्चालन गर्न सहयोग पुग्ने हेल्भेटास नेपालका वास अधिृकत चन्द्रप्रकाश केसीले बताए। उनका अनुसार कानुनी रूपमा पनि नेपालको संविधानले सुरक्षित खानेपानी र सरसफाइ पहुँचलाई मौलिक हकका रूपमा मान्यता दिएको बताउँदै संविधानको धारा ३५ मा ‘स्वास्थ्यसम्बन्धी हक’ समावेश गरिएको उल्लेख गरे।

उनले यसको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुनेछ भन्ने वाक्यांश उल्लेख गरिएको बताउँदै त्यसैगरी धारा ३० मा स्वच्छ वातावरणको हक समावेश गरिएको बताए। जसको उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ भने उपधारा २ मा वातावरणीय प्रदुषण र ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदुषणबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने कानुनी हक रहेको अधिकृत केसीले बताए। समुदायको चासो र तीनै तहको सरकारको नीतिले गर्दा ‘एक घर एक धारा’ नीति प्राथमिकतामा परेको मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए।

नेपालको संविधानमा ‘सुरक्षित खानेपानी र सरसफाइमा पहुँच’ सम्बन्धी मौलिक हकको सफल कार्यान्वयनका लागि तथा वास क्षेत्र विकास योजनाले तय गरेको उच्च÷मध्यमस्तरको सेवा सुनिश्चित गरी दिगो विकासको छैटौं लक्ष्य हासिल गर्नसमेत यो नीति अपरिहार्य रहेको उनको भनाइ छ। कालीकोटमा यो वर्ष १५ वटा खानेपानीका ठुला योजना निर्माणाधीन अवस्थामा छन् भने उक्त योजनामा सबै क्षेत्रको कुल ६ करोड ८८ लाख नौ हजार एक सय १० रूपैया बजेट खर्च लाग्ने हुरेन्डेक नेपालले जनाएको छ। गाउँमा खानेपनीका धारा निर्माणले टाढाबाट बोक्नुपर्ने पानीका दुःख हटेको शुभकालीका वडा नं ३ की जुना विकले बताइन्। उनले भनिन्, ‘हामीलाई खानेपानीको दुःख साह्रै थियो, अहिले घरघरमा पानीका धारा पुगेका छन्, पानीको दुःख हटेको छ।’

सन् २००८ देखि हाल २०२५ सम्म आउँदा हेल्भेटास नेपालको सहयोगमा हालसम्म ‘एक घर एक धारा’ निर्माण गरी पाँचवटै स्थायनीय तहमा एक सय १० योजना सम्पन्न भएका छन् भने २४ करोड १४ लाख ७१ हजार एक सय ९८ रूपैयाँ खर्च भएको छ। सात हजार पाँच सय ४५ धारा निर्माण गरिएको हुरेन्डेक नेपालका प्रमुख कार्यकारी तथा सामाजिक अभियन्ता जजराज शाहीले बताए।

एकीकृत जलस्रोत व्यावस्थापन कार्यक्रम (वाम्पी) हेल्भेटास नेपाल र कार्यक्रम लागु भएका स्थानीय तहको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको प्राविधिक, सामाजिक सहयोग तथा साझेदारीमा पाँचवटै स्थानीय तहमा सम्पन्न योजनामा समुदायको श्रमदान तीन करोड ९२ लाख ७२ हजार चार सय ७९ यस्तै पालिकाको लगानी तीन करोड ४२ लाख ९७ हजार एक सय ४८ रूपैयाँ र हेल्भेटास नेपालको सात करोड ४२ लाख १३ हजार नौ सय ८१ गरी जम्मा १४ करोड ७७ लाख ८३ हजार ६ सय आठ रूपैयाँ खर्च भएको हुरेन्डेक नेपालका कार्यक्रम संयोजक नरेश दर्जीले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस