असामान्य हिसाबले समुन्द्र तातो हुँदा र हिमनदी पग्लँदा गत वर्ष सामुन्द्रिक सतह अनपेक्षित हिसाबले बढेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को नेतृत्वमा गरिएको एक अध्ययन अनुसार अघिल्ला वर्षहरूमा प्रति वर्ष सरदरमा ०.१७ इन्च (०.४३ सेन्टिमिटर) ले बढ्ने समुन्द्र सतह गत वर्ष अर्थात सन् २०२४ मा ०.२३ इन्च (०.५९ सेन्टिमिटर) ले बढेको पाइएको छ।
‘२०२४ मा हामीले अपेक्षा गरे भन्दा बढी स्तरमा समुन्द्र सतहको वृद्धि भएको छ,’ दक्षिणी क्यालिफोर्नियास्थित नासाको जेट प्रोपल्सन प्रयोगशालाका अनुसन्धानकर्ता जोश विलिसले भने। ‘हरेक वर्षको वृद्धिदर फरक छ, तर स्पष्ट के छ भने समुन्द्र सतह बढ्दै गइरहेको छ, र यो वृद्धिदर झन् झन् तीव्र भइरहेको छ’, उनले थपे।
समुन्द्र सतह बढ्दा जोखीमा रहेको अमेरिकाको फ्लोरिडाको समुन्द्रिक किनारा। तस्बिर: नासापछिल्ला वर्षहरूमा, समुद्री सतह वृद्धिको दुई तिहाइ हिस्सा जमिनमा रहेको हिउँको र हिमनदीहरू पग्लिएर थपिएको पानीले लिएको थियो भने बाह्य तापक्रममा भएको बढोत्तरीका कारण समुन्द्रको पानीमा हुने विस्तार अर्थात् ‘थर्मल एक्पान्सन’ ले अर्को एक तिहाइ योगदान लिएको पाइएको थियो तर सन् २०२४ मा यो उपक्रम उल्टिएर समुन्द्र सतहको वृद्धिको दुई तिहाइ हिस्सा ‘थर्मल एक्सपानन्सन’ ले लिएको छ।
‘सन् २०२४ ले सर्वाधिक तातो वर्षको रेकर्ड राखेको छ। यो तापक्रम वृद्धिको असर समुन्द्रमा पनि देखिएको छ। पछिल्ला ३ दशकमा समुन्द्र सतह निरन्तर बढ्दो क्रममा छ,’ वाशिंगटनस्थित नासा मुख्यालयमा रहेको भौतिक समुद्र विज्ञान र एकीकृत पृथ्वी प्रणाली वेधशालाकी प्रमुख नाद्या भिनोग्राडोभा शिफरले भनिन्।
१९९३ देखि पाँच भूउपग्रहबाट श्रृखलावद्ध तबरले मापन गरिएको विश्वव्यापी औसत समुद्री सतहको स्तर। ग्राफ: नासासन १९९३ देखि भुउपग्रहवाट समुद्र सतहको वृद्धिदरको रेकर्ड राख्न गरिएको हो। यो अवधिमा समुद्र सतहको वार्षिक वृद्धि दर दुई गुणा भन्दा बढीले बढेको छ। सन् १९९३ यता समग्रमा विश्वव्यापी समुद्री सतह ४ इन्च अथवा १० सेन्टिमिटर ले बढेको छ।
सन् १९९२ मा टोपेक्स/पोसाइडन उपग्रह प्रविधिमार्फत समुन्द्र–सतहको निरन्तर अवलोकनका कारण समुन्द्र सतहको दीर्घकालीन रेकर्ड राख्न सम्भव भएको हो।
यसैगरी, सन् २०२० मा प्रक्षेपण गरिएको सेन्थिनेल–६ बी भूउपग्रहले विश्वका ९० प्रतिशत समुन्द्रको सतहलाई मापन गर्न सक्दछ।
तातो चिसो पानीको मिश्रण
विभिन्न तरिका मार्फत समुन्द्रमा तातोपना बढ्दा समुन्द्रको पानीको विस्तार (थर्मल एक्सपान्सन) हुने गर्दछ। सामान्यतया, तापक्रम र घनत्वको आधारमा समुन्द्रको पानी तह–तहमा विभाजित भएको हुन्छ।
चिसो पानीको तुलनामा कम घनत्वको तातो पानी हलुका हुने भएकाले समुन्द्रको सतहमा तैरिन्छ। अधिकांश अवस्थामा सतहमा रहेको यो तातोपना पानीको विभिन्न तह हुँदै अत्यन्त ढिलो गतिमा समुन्द्रको गहिराई तर्फ प्रवाहित हुन्छ। तर अत्यधिक हावा चल्ने क्षेत्रमा समुन्द्रका तहहरू बिथोलिदा तलदेखि माथि सम्मको पानी मिसिन्छ।
दक्षिणी समुन्द्रमा पाइने ठुलो सामुन्द्रिक ज्वारभाटाले पानीको तहलाई बिथोल्दा सतहको पानी सजिलै तल्लो तहसम्म पुग्दछ।
यसैगरी समुन्द्रमा हुने प्राकृतिक मौसमी प्रक्रिया अर्थात् इल निनो जारी रहेको अवस्थामा पनि महासागर भित्र तापको ठाडो विस्तार हुने वैज्ञानिक बताउँछन्।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।