स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ६ विद्यार्थी संघसंगठनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। आउँदो चैत ५ गते हुने चुनावमा सहभागी हुन जुम्लाका ६ विद्यार्थी संगठन दर्ता भएका छन्।
सोमबार जुम्ला क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन दर्ता भएका निर्वाचन अधिकृत उपप्राध्यापक पदमबहादुर शाहीले बताएका छन्। निर्वाचनमा भाग लिन एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेमकिपानिकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, त्यस्तै नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, माओवादीनिकट अखिल (क्रान्तिकारी) र विप्लव नेतृत्वको नेकपानिकट अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) दर्ता भएका हुन्।
यता निर्वाचन समितिका सदस्य हिक्मत बुढथापाले स्ववियु निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताए।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।
निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी दर्ता हुनुपर्ने व्यवस्था छ। स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्र नामावली दाखिला सोही दिने हुने छ।
उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय कायम गरिएको छ। २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ। चैत्र ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान समय तोकिएको छ। फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ।
आंगीकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्ने छन्। निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ। २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो।
क्याम्पसहरूले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।