लगातार दुई दिनदेखि परेको हिउँ र वर्षाले अवरुद्ध बनेको नाग्म-गमगडी सडक खण्ड सुचारु भएको छ।
जुम्लाको कनकासुन्दरी-१ मा पर्ने भूलभुले र सात मोड क्षेत्रमा हिउँ जमेर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो। तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक सुचारु भएको छ। सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले भने,'हामीले मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटायौँ। निरन्तरको प्रयासपछि सडक सुचारु भएको छ।'
सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा सजिलो भएको छ। यता प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएका थिए।
डिएसपी छेदिलाल कामतीले भने,'सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठूलो राहत मिलेको छ। हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ।'