‘स्वास्थ्य क्षेत्रमा सर्जरी नै जरुरी छ’
१६ फागुन २०८१
•
५ मिनेट पाठ
‘स्वास्थ्य क्षेत्रमा सर्जरी नै जरुरी छ’
पोखरामा जारी साहित्य महोत्सवमा छलफलमा जुट्दै स्वास्थ्यमन्त्री पौडेल र चिकित्सकहरु। तस्बिरः नागरिक
तीनदशक अघि नेपालमा चिकित्सकको दरबन्दी एक हजार १ सय १२ जना थियो। २०४८ यता अहिलेसम्म पनि चिकित्सको दरबन्दी उत्ति नै छ। संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७ सय ४ जना चिकित्सकको दरबन्दी थपेका छन्।  




२०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो।  पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुग्यो। पछिल्लो चारवर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६ सय २४ हो। तीनैमध्यका ६ हजार ३ सय ६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्।

स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको रुपरेखा प्रस्तुत गर्दैै पोखरामा जारी १२ औं संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर  फेस्टिभलमा ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ अन्तरसंवादमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र  मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्य  बहसमा जुटे।

अन्तरसंवादको सहजीकरण गरेका पत्रकार योगेश ढकालले स्वास्थ्य मन्त्री पौडेललाई प्रश्न गरे, ‘२ सय २५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट के–के डायग्नोष्टिक गर्नुभयो? पेन किलर नै खाएरै ठीक हुनुपर्ने रहेछ की सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुभयो?’

स्वास्थ्यमन्त्री पौडेलको जवाफ थियो, ‘सर्जरी नै गर्नुपर्छ।’ सेवा विस्तार गर्ने सन्दर्भमा केही न केही सुधार भएको उनको दाबी छ। 

‘अनुभूति दिलाउन केही समय लाग्छ। सिटामोल दिएर हुन्छ या सर्जरी गर्नुपर्छ भन्ने सन्दर्भमा धेरै ठाउँमा सर्जरी गर्नुपर्छ। नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा सर्जरी नै गर्नुपर्ने स्थिति देखिन्छ,’ पौडेलले भने । उनले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाएपनि स्वास्थ्य क्षेत्रमा छुटाएको बताए।  
‘राज्यले यो बीचमा सबैलाई बढायो। तर, स्वास्थ्यलाई छुटायो। छुटाउनै नहुने पक्षलाई छुटायो। त्यसलाई करेक्सन गर्नुपर्छ,’ उनले भने, ‘अहिले भने मन्त्रालयमा जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गराइसकिएको छ। अबको केही समयमा ५ सय  चिकित्सकको विज्ञापन लोकसेवा आयोगले गर्ने स्थिति बनाउँछौं।’

सरकारले पाँचसय जना चिकित्सको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले जिकिर गरे। त्यसका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने उनले सुझाए। ‘पाँचसय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन। स्रोतको हिसाबले सरकारी पोर्टफोलियोबाट यो दरबन्दी सिर्जना गर्न सकिदैन। त्यसो हुँदा विकल्प खोज्नुपर्‍यो’, उनले थपे।  

सार्वजनिक नीजि साझेदारी किन महत्वपूर्ण छ भने अहिले नेपालमा सफलतापूर्वक चलेका संस्थाहरु यही मोडलमा चलेको उनले उदाहरण दिए। नेपाल सरकारले कागजमा भएको कुरा व्यवहारमा उतार्न नसकेको यो नीतिलाई कार्यन्वयनको पहल थाल्नुपर्ने डा. कोइरालाले बताए।  

मन्त्री पौडेलले जनशक्तिसँगै उपकरण र पूर्वाधारको सन्दर्भमा पनि सुधार जरुरी रहेको बताए। उनको आग्रह थियो, ‘निराशा नबाँडौं धेरै पूर्ण भएको छैन। व्यवस्थित भएको छैन।’ उनले जनसंख्या र सहर बढेपनि अस्पताल भने बढ्न नसकेको सुनाए। ‘अब शहर धेरै बने। पहिलेका शहरमा मानिस पनि थपिए। तर, अस्पताल र अस्पताललाई चाहिने अरु पक्ष थप्न नसकेको कुरा सत्य हो’, उनको तर्क छ, ‘जनसंख्याको अनुपातमा अस्पताल थपिनुपर्नेमा थपिन सकेनन।’  

मन्त्री पौडेल आवश्यकताको आधारमा सरकारले पहिलो प्राथमिकतामा अस्पताल थप्नुपर्ने बताउछन्। उनी भन्छन्, ‘हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीं पनि भेटिदैन। नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ त्यो पूरा हुन सकेन भने संविधान लागू भएको मान्न सकिदैन। त्यसो हुनाले स्वास्थ्य क्षेत्र एकदमै अपूर्ण छ।’

स्वास्थ्यमा जनताको पहुँच बढाउन अर्थ व्यवस्थापनमा जोड दिन डा. कोईरालाको आग्रह छ। ‘स्वास्थ्यमा पहुँचको परिभाषाभित्र बहुतत्व पर्छन। पहिलो प्राविधिक क्षमता जनशक्तिदेखि लिएर उपकरण, प्रविधि, पूर्वाधारको सुनिश्चितता हो, सँगसँगै आर्थिक व्यवस्थापन पनि,’ उनले भने, ‘उपचारसँगसँगै मूल्य कस्ले व्यहोर्छ। आजको दिनमा स्वास्थ्यमा कति खर्च हुन्छ? त्यसको ५४ प्रतिशत खर्च जनताले उपचारको बेला खल्ती वा पटुका कताबाट निकाल्न सकिन्छ त्यताबाट निकालेर बुझाउछन्।’  

जनताले खल्तीबाट तिर्ने भन्ने बाध्यता हटाउन चुनौति रहेको उनको भनाइ छ। ‘स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार पनि आर्थिक व्यवस्थापनकै कारण हो। आर्थिक व्यवस्थापन गर्न नसकेमा जनतामा स्वास्थ्यको पहुँच अभिवृद्धि हुन सक्दैन’, उनले भने। पहुँच पुर्‍याउने ठाउँमा अस्पताल बनाउने र अर्थ व्यवस्थापन गर्न उनको सुझाव छ। 

नेपालमा विदेशबाट उपकरणसँगै औषधि आयत हुने कारण निजी अस्पतालको सेवा महंगो पर्ने अर्का चिकित्सक डा. सन्तोष शाक्यले बताए। ‘संविधानमा आधारभूत स्वास्थ्य राज्यले व्यवस्था गर्नुपर्ने उल्लेख। त्यस्तै स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्छ भनेर भनेको हो’, उनी भन्छन्, ‘त्यस्तो भन्दै गर्दा हाम्रो निजी अस्पतालमा समान स्वास्थ्य सेवा, सहुलियत, तिर्नसक्ने दरमा र सहज पहुँच हुन आवश्यक  छ।’

स्वास्थ्यमा निजी क्षेत्रले धेरै लगानी गरेको उनले दाबी थियो। ‘समान स्वास्थ्य दिनका लागि निजी अस्पताल सेवामूलक भएकाले ठूलो शहरमा बढी पाउँछौ। पूर्वाधारदेखि जग्गाको मूल्यका कारणले पनि निजी अस्पताल धेरै मंहगो भए’, कारण पेश गर्दै उनले भने, ‘त्यहाँको लगानी धेरै भयो। आधुनिक उपकरणहरु आयतमा आधारित छन्। झन्डै ४५ प्रतिशत मात्रै औषधि नेपालमा उत्पादन हुन्छ। बाँकी विदेशबाट आयात हुन्छ। बाहिरबाट आयत गर्दा लाग्ने करले गर्दा पनि निजि अस्पतालहरु मंहगो हुन गएको हो।’

जनताले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने भएकाले विदेशका तुलनामा मंहगो भएको डा. शाक्यले उल्लेख गरे । स्वास्थ्य सेवामा गुणस्तरसँगै सहज पहुँच पुुर्‍याउन आवश्यक रहेको उनले बताए। ‘गुणस्तरमा हामीले विचार गर्नुपर्छ, सँगै सहज पहुँच पनि हुनुपर्छ। हामीले हेर्छौं लामो लाइनमा बसेर उपचार गर्नुपर्ने, शल्यक्रियाको लागि धेरै महिना कुर्नुपर्नेमा पनि हामीले विचार गर्नुपर्ने देखिन्छ।’
अर्को समाचार
स्वास्थ्यमा ४.८ प्रतिशत मात्र बजेट
१६ जेष्ठ २०८०
•
४ मिनेट पाठ
स्वास्थ्यमा ४.८ प्रतिशत मात्र बजेट
नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ। तर सरकारले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमा ४.८ प्रतिशत मात्र विनियोजन गरेको छ। सरकारले स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट छुट्याएकामा कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रहेको छ। बजेट चालु आवको भन्दा पनि कम हो।




चालु आवमा कुल बजेटको ५.७५ प्रतिशत स्वास्थ्यका लागि छुट्याएको थियो भने गत आव २०७७ /७८ का लागि कुल बजेटको ७.४५ प्रतिशत छुट्याएको थियो। आव २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको थियो।

नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ।
यो हिसाबले चालु आवको भन्दा करिब १ प्रतिशत कम हो। चालु आवमा पनि स्वास्थ्य तर्फको बजेट लक्षित बजेटभन्दा ५० प्रतिशत कम थियो। अघिल्लो आवको भन्दा २ दशमलव ६५ प्रतिशत कम रहेको छ। गत आवमा कोभिड–१९ लाई व्यवस्थापन गर्नका लागि केही बजेट बढी विनियोजन गरिएको थियो।

स्वास्थ्य क्षेत्रले आफ्नो काममा प्रगति हासिल गरिरहेकै बेला स्वास्थ्यको बजेट कटौती हुनुले सरकारले संविधान र स्वास्थ्य नीतिविपरीत कदम चालेको भन्दै स्वास्थ्य विज्ञहरूले आलोचना गरेका छन्। जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले भने, ‘मन्त्रीले नै स्वास्थ्य क्षेत्रमा प्रगति हासिल गरेको बताउँदै स्वास्थ्यकै बजेट कटौती गर्नु उचित व्यवहार भएन।’

‘नेपालको स्वास्थ्य क्षेत्रमा मातृ तथा शिशु मृत्युदरमा कमी आएको स्वयं मन्त्रीहरूले भन्दै हिँड्ने अनि व्यावहारिक रूपमा यही क्षेत्रमा उपेक्षा गर्नु कतिसम्मको न्यायोचित कार्य हो,’ मरासिनीले भने। उनले बजेट पाएर पनि काम नगर्ने क्षेत्रको बजेट कटौती गरेर स्वास्थ्य क्षेत्रमा थप्नुपर्नेमा स्वास्थ्यकै बजेट कटौती भएको बताए। अहिलेको बजेटले क्रमिक रूपमा अघि बढिरहेको स्वास्थ्य क्षेत्रको सुधारमा अवरोध आउने बताए।

स्वास्थ्य क्षेत्रले आफ्नो काममा प्रगति हासिल गरिरहेकै बेला स्वास्थ्यको बजेट कटौती हुनुले सरकारले संविधान र स्वास्थ्य नीतिविपरीत कदम चालेको भन्दै स्वास्थ्य विज्ञहरूले आलोचना गरेका छन्।
लक्षित बजेटभन्दा ५० प्रतिशत कम भएर बजेट आउनुले संविधानको मौलिक हकविपरीत कदम भएको जनस्वास्थ्य विज्ञ डा. झलक गौतमले बताए। सरकारको ‘गुणस्तरीय स्वास्थ्य सेवा जनताको अधिकार, विशिष्टीकृत सेवामा जनताको पहुँच’ नारा कार्यान्वयन गर्न अहिलेको बजेट चुनौती बनेको बताए। कम बजेट हुनुले यी दुवै सेवा लागु हुन कठिन पर्ने गौतमले बताए।

गत वर्ष र चालु आवमा स्वास्थ्यमा विनियोजित ५० प्रतिशत बजेट पनि कार्यान्वयन हुन नसक्नुले गुणस्तरीय स्वास्थ्य सेवाको नारा चुनौती बनेको उनको आरोप छ। ‘उच्च तहका नेतृत्वमा रहेको कमजोरीले पुरै बजेट खर्च हुन नसकेको देखिन्छ,’ उनले भने।

त्यसको साथै स्वास्थ्यका कर्मचारीको सुविधा कटौतीको कार्यक्रमले पनि गुणस्तरीय स्वास्थ्य सेवामा कमजोरी हुने देखिएको गौतमले औंल्याए। तर कतिपय कार्यक्रम आधारभूत अस्पतालहरूको स्तरवृद्धिका लागि छुट्याएको हुनाले विगतका कार्यक्रम सुधारका लागि बजेट आएकाले कतिपय सकारात्मक कार्यक्रम रहेको उनले बताए।

लक्षित बजेटभन्दा ५० प्रतिशत कम भएर बजेट आउनुले संविधानको मौलिक हकविपरीत कदम भएको जनस्वास्थ्य विज्ञ डा. झलक गौतमले बताए।
बजेट भाषणमा स्वास्थ्य संस्थाको पूर्वाधार विकासतर्फ ३ सय शड्ढयाको सरुवा रोग अस्पताल निर्माण, स्थानीय तहमा निर्माणाधीन ३ सय ३२ वटा अस्पताल निर्माणका लागि ८ अर्ब विनियोजन गरेको छ। देशभरका आधारभूत स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधिका लागि १ अर्ब २८ करोड विनियोजन गरिएको छ।

पाठेघरको मुख र स्तन क्यान्सरका लागि निःशुल्क परीक्षण र एचपिभी भाइरसविरुद्धको खोप दिने, व्यवस्था, सहिद गंगालाल हृदय केन्द्रमा रगत बैंकको स्थापना गर्ने, ज्येष्ठ नागरिकका लागि जिरियाटिक वार्डको स्तरोन्नति गर्ने, सुरेश वाग्ने क्यान्सर सेन्टर, जिपी कोइराला प्रखर क्यान्सर अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मामनव अंग प्रत्यारोेपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालका लागि बजेट विनियोजन गरेको छ।

बजेट भाषणमा स्वास्थ्य संस्थाको पूर्वाधार विकासतर्फ ३ सय शड्ढयाको सरुवा रोग अस्पताल निर्माण, स्थानीय तहमा निर्माणाधीन ३ सय ३२ वटा अस्पताल निर्माणका लागि ८ अर्ब विनियोजन गरेको छ।
वीर अस्पतालमा विशिष्ट प्रकारको बर्नवार्ड सञ्चालनका लागि बजेटको व्यवस्था, भरतपुर क्यान्सर अस्पतालमा पेटस्क्यान र साइक्लोटोन मेसिन खरिदका लागि बजेट विनियोजन गरेको छ। त्यसैगरी स्वस्थ जीवनशैलीका लागि आवश्यक व्यायाम तथा योगशालाको स्थापना गर्ने कार्यक्रम रहेको छ।

गेटा मेडिकल कलेजलाई १ सय शय्याको सहिद दशरथचन्द मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने, निजामती कर्मचारी अस्पताललाई विशिष्टीकृत सेवाको अस्पतालको रूपमा विकास गर्नेलगायत कार्यक्रम नयाँ छन् भने अन्य कार्र्यक्रम निरन्तरता पाएका छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस