विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सिफारिस दैलेखको पुरातात्विक पंचदेवल क्षेत्र आसपास बारीमा छरिएका चक्रहरुलाई संरक्षण गरिएको छ । नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा बारीमा वषौंदेखि रहेका ढुंङ्गाका ठुला चक्रहरु देवलमाथि पुरानै अवस्थामा राखिएको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अगुवाईमा पंचदेवल संरक्षण तथा सरसफाई गरिएको हो । पंचदेवल क्षेत्रमा एकै ठाउँमा पच्चिस वटा देवलहरु रहेका छन् । देवलको टुप्पोमा रहेका केही ढुंगाका ठुला चक्रहरु आसपास बाँसीका कुनामा रहेका थिए । पहिलोपटक त्यस्ता चक्रहरु पुरानै स्थलमा डोजरको सहायताले राख्ने कामहरु भएको हो ।
‘पुरातात्विक क्षेत्र पंचदेवलको संरक्षण गर्ने कार्यहरु विभिन्न निकायहरुको सहयोगमा सफल भयो,’ दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले भने, ढुंगाका ठुला चक्रहरु उठाउन र देवलमा राख्न गाह्रो भएपनि सेना र प्रहरीहरुको सहयोगमा राखियो ।’
नारायण नगरपालिका –६ मा रहेको पंचदेवल क्षेत्रमा स्थानीय सरकार, प्रदेशदेखि केन्द्र सरकारले समेत संरक्षण र प्रर्वधनमा बेवास्ता गरेको स्थानीय अगुवा प्रकाश न्यौपानेले बताए । स्थानीय सरकारदेखि केन्द्रसम्मले चासो दिएमा पंचदेवल क्षेत्र खोज अनुसन्धान र पर्यटकीय क्षेत्र हुने स्थानीय अगुवा न्यौपानेको भनाई छ । पंचदेवल पुरै ढुंगा जोडेर बनाईएको छ ।
देवलहरु पाँच भाइ पाण्डवले एकै रातमा बनाएको कथन रहेको छ । पंचदेवल क्षेत्रमा १० वर्ष पहिले सामान्य घेरबार भएपनि अहिले जहाँबाट पनि भित्र छिर्न मिल्ने अवस्था भएको स्थानीयहरुको भनाई छ । दैलेख आउनेहरु पंचदेवल हेर्न आएपनि प्रचारप्रसार नहुँदा पर्यटकहरु आउँदैनन् । नारायण नगरपालिकाले यस क्षेत्रको संरक्षण गर्न नसक्दा फोहोर बढी हुने गरेको छ ।